दियाली बन्धू सेवा समाज, केन्द्रीय कार्य समिति ः
संस्थाको परिचय ः दियाली बन्धू सेवा समाज समिति २०७० साल माघ महिना २९ गते बुधबारका दिन दियाली बन्धुहरुको साथै सामाजिक हितका निमित्त स्थापित राष्ट्रिय स्तरको एक गैस सरकारी संस्था हो । यस संस्थाको स्थापना सुनसरी जिल्लामा भै हाल सम्म बिभिन्न जिल्लाहरुमा जिल्ला स्तरिय समिति गठन गरी सकिएको छ र थप जिल्लाहरुमा समिति गठन गरी सकृय बनाउने प्रयास भैरहेको छ ।
सं
स्थाको उदेश्य ः यो संस्था बिशेषता देश तथा बिदेशमा छरिएर रहेका दियाली बन्धुहरुको बंशावली निमार्ण, दियाली प्रतिस्ठान निमार्ण, शिक्षा, स्वास्थ्य, रोजगारी, ब्यावसाय, सामाजिक सहभागीता, जनसंंख्या संकलन तथा अध्यावधि लगायतका कार्यहरु गरी भाबी सन्ततीहरुका लागी इतिहाँस लेखन तथा दियाली बन्धुहरुको बंश तथा संस्कृति जोगाई राख्नका सथै बंश बिकासका लागी आवस्यक कार्यहरु गर्ने । साथै समाजका बिभिन्न क्षेत्रहरु संग सम्बन्धित रही अशल समाज निमार्णका लागी आवस्यक कार्य गर्ने ।
दियालीको परिचय ः नेपालका बिभिन्न आदिबासी आर्यन जातिहरु मध्ये बिश्वकर्मा जाति भित्रको उप–जातिको रुपमा रहेको यस जातिलाई दियाली ९म्ष्थबष्०ि भनिन्छ । यस उप–जातिको उत्तपत्ती तथा बासस्थानको सुरुवात एसिया महादीप अन्र्तगत नेपालको मध्यपुर्बी क्षेत्रका मध्यपहाडी जिल्लाहरु रहेको अनुमान गर्न सकिन्छ । यस उप–जातिका मानिसहरु नेपाल, भारत र भुटानमा स्थायि रुपमा बसोबास गरेको पाईन्छ साथै यस उप–जातिका मानिसहरु साधाणतया फलामका हातहतियार मेसिन उपकरण निमार्ण, सुन चाँदीका गरगहना निमार्ण, खेतिपाती पशुपालन र अन्य ब्याबसायहरुमा आब्द रहेको पाइन्छ । नेपालमा हाल सम्म यस उप–जातिको जनसंख्या .....रहेको अनुमान गर्न सकिन्छ । यस दियाली उप–जातिहरुको रितिरीवाज, चालचलन, संस्कृतीहरु जस्तैः जन्म संस्कार, बिवाह संस्कार र मृत्यु संस्कार एउटै रहेता पनि कतै कतै फरक रहेको पाईन्छ । यस उप–जातिको बिभिन्न समाजहरुमा मिश्रीत बसोबास रहेको पाईन्छ तर समाजमा कुनै एक ठाउमा यस उप–जातिहरुको बाहुल्यता रहेको पाईन्दैन ।
साथै यस उप–जातिका मानिसहरु अहिले समाजका बिभिन्न क्षेत्र, पेशा, ब्याबसाय तथा रोजगारीमा अब्दता भै देश तथा बिदेशमा रहेको पाईन्छ ।