Nepal Red Cross Society

Nepal Red Cross Society ...the official page of Nepal Red Cross Society, the largest volunteer based humanitarian organization in Nepal
(3)

It was recognized by the International Committee of the Red Cross (ICRC) in 1964 and affiliated to the International Federation of Red Cross and Red Crescent Societies in the same year. NRCS has, over the years, grown to be the largest humanitarian organization in Nepal, with its network of District Chapters (DCs) extended in each of the 75 districts of the country. District Chapters receive organ

izational support from more than 800 Sub-Chapters and Co-operation Committees under them. A significant portion of its activities are also borne by students and youth volunteers of Nepal Junior and Youth Red Cross Circles organized at schools, campuses and communities.

14/06/2026

१४ जुन, विश्व रक्तदाता दिवस । दिवस र रक्तसञ्चार सेवाका बारेमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्तासँग हामीले कुराकानी गरेका छौं । कुराकानी यहाँ सुन्न सक्नुहुनेछ ।

सम्पूर्ण रक्तदाता महानुभावहरूमा विश्व रक्तदाता दिवस (१४ जुन २०२६) कोे हार्दिक शुभकामना।
14/06/2026

सम्पूर्ण रक्तदाता महानुभावहरूमा विश्व रक्तदाता दिवस (१४ जुन २०२६) कोे हार्दिक शुभकामना।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जिल्लाका २१वटा सामुदायिक विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप...
12/06/2026

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले जिल्लाका २१वटा सामुदायिक विद्यालयका २१ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप नगद रू ५ हजारका दरले वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखामार्फत विभिन्न महानुभावहरूले स्थापना गर्नु भएको विद्यालय स्तरीय छात्रवृत्ति कोषमार्फत सहयोग गरिएको हो ।
जुनियर रेडक्रस सर्कल गठन र नविकरण भएका बिद्यालयका बिद्यार्थीको नामलाई जिल्ला शाखाअन्तर्गतका २१ वटा उपशाखाको सिफारिसमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो । शाखाले हरेक वर्ष यसरी छात्रवृत्ति रकम वितरण गदैै आएको छ ।

12/06/2026

अहिले काठमाडौं उपत्यका सहित १० जिल्लामा बर्डफ्लु पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । पशु स्वास्थ्य अधिकारीहरूले किसानहरूलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, जंगली चरासँग सम्पर्क हुन नदिन र कुनै असामान्य मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् । सचेत बनौं ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले नेपाल रेडक्रस सोसाइटी बागमती...
11/06/2026

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका जिल्ला रक्तसञ्चार केन्द्रहरूलाई रेफ्रिजेरेटर प्रदान गरेको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बागमती प्रदेशका ...

11/06/2026

विद्यालयमा विहान लाइनमा बस्दै गर्दा एकजना विद्यार्थी वेहोस् भएर लड्नुभयो । नेपाल रेडक्रस सोसाइटीबाट सिकेको प्राथमिक उपचार तालिम सिप र प्राप्त स्ट्रेचरबाट तत्कालै स्वास्थ्य संस्था पुर्याऔं र साथीको स्वास्थ्य अवस्था विग्रन दिएनौं । नेपाल रेडक्रस सोसाइटीले विद्यालयस्तरमा विपद्का बारेमा दिएको शिक्षा र सिप ज्यादै उपयोगी रहेछ । खापरदेवस्थली मा.वि. खप्तड छेडेदह गाउँपालिका ४, बाजुरा । सुनौं शिक्षक तथा विद्यार्थीको अनुभव ...............

10/06/2026

बर्खा सुरु हुन लाग्यो। बाढी र डुबानबाट जोगिन पूर्वतयारी थालीहालौ हैं।
के कस्ता पूर्वतयारी गर्ने त ?...

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा एकीकृत शत्रुजीब व्यवस्थापन (आइपिएम) १६ हप्ते तालिम गौरीगंगा नगरपालिक...
09/06/2026

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा एकीकृत शत्रुजीब व्यवस्थापन (आइपिएम) १६ हप्ते तालिम गौरीगंगा नगरपालिका वडा नं. ९ र भजनी नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ ।
गौरीगंगा तथा भजनी नगरपालिका कृषि शाखाको समन्वय तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (IFRC) र व्रिटिस रेडक्रससँगको साझेदारीमा सञ्चालित प्रकृतिमा आधारित समाधान कार्यक्रमअन्तर्गत तालिमको आयोजना गरिएको हो ।
सुनौलो बिहानी आइपिएम कृषक पाठशाला गौरीगंगा नगरपालिका तथा हरीयाली कृषक पाठशाला समूह भजनी नगरपालिकामा स्थानीय किसानहरूलाई विषादी रहित उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरीएको हो । विउ विजन छनौट देखि अन्तिम उत्पादन तथा बजार व्यवस्थापन सम्मको चरण १६ हप्तासम्म हप्ताको १ दिन गरेर तालिम सञ्चालन गरिएको थियो ।
गौरीगंगा नगरपालिकामा तालिमको सहजीकरण अर्जुन प्रसाद चौधरी र शर्मीला चौधरीले तथा भजनी नगरपालिकामा तालिमको सहजीकरण राजेश चौधरीले गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रममा गौरीगंगा नगरपालिका प्रमूख देविदत्त कंडेल, भजनी नगरपालिका प्रमूख केवल चौधरी, नेरेसो कैलाली जिल्ला शाखाका मन्त्री राकेश हमाललगायत जिल्ला शाखा सदस्यहरू तथा उपशाखा पदाधिकारीहरू, कृषि ज्ञान केन्द्रका प्रतिनिधि, पालिका विपद् व्यवस्थापन शाखा प्रमुख, सम्वन्धित वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, व्रिटिस रेडक्रसका वरिष्ठ प्राविधिक संयोजक सुरेन्द्र बम तथा रेडक्रसका कर्मचारी, स्थानिय बासिन्दा तथा तालिमका प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।
२ स्थानमा सञ्चालित तालिममा जम्मा ५० जनाको सहभागिता रहेको थियो ।

09/06/2026

सबैजना अघिसरौं, विपद् जोखिम कम गर्नलाई । अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ७ नन्देगडा सामुदायिक व्यवस्थापन समितिको अनुरोध हो यो ।

Address

Red Cross Marg, Kalimati, Post Box No. 217
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share