07/03/2026
हार्दिक बधाई !🇳🇵💐
देश र जनताको लागि ऐतिहासिक दिन! 🎉🇳🇵
पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने आदरणीय श्री जनक सिंह धामी ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना! 💐
हाम्रो बेल्डाँडी गाउँपालिकाबाट पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभएकोमा आदरणीय जनक सिंह धामी ज्यूलाई हार्दिक बधाई व्यक्त गर्दछौँ। यो उपलब्धि बेल्डाँडी गाउँपालिकाका लागि मात्र नभई समग्र क्षेत्रका लागि गौरव र ऐतिहासिक क्षण हो।
कञ्चनपुर निर्वाचन क्षेत्र नं.–०१ अन्तर्गत बेल्डाँडी, बेलौरी, पुनर्वास र लालझाडीका आम जनसमुदायले दिएको मत र विश्वासको उच्च कदर गर्दै यस जितले सम्पूर्ण क्षेत्रमा नयाँ आशा, उत्साह र खुसीको वातावरण सिर्जना गरेको छ।
अल स्टार युवा क्लब, बेल्डाँडी गाउँपालिका–०१ का तर्फबाट हामी विशेष रूपमा यहाँको खेलकुद क्षेत्र, युवाहरूको क्षमता विकास, खेल मैदानको पूर्वाधार निर्माण, तथा युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम हुने विश्वास व्यक्त गर्दछौँ। युवाहरूलाई खेलकुदमार्फत अनुशासित, सक्षम र सकारात्मक दिशातर्फ अग्रसर गराउन तपाईंको महत्वपूर्ण भूमिका रहने अपेक्षा गर्दछौँ। ⚽🏏
यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र समग्र क्षेत्रको समृद्धिका लागि पनि तपाईंको सक्रिय पहल रहनेछ भन्नेमा हामी पूर्ण रूपमा आशावादी छौँ। यो जित केवल एक व्यक्तिको नभई समग्र जनताको जित हो, जुन सधैँ स्मरणीय रहनेछ।
यहाँका जनताको विश्वास, आशा र अपेक्षालाई आत्मसात् गर्दै समग्र क्षेत्रको विकास, समृद्धि र सकारात्मक परिवर्तनका लागि तपाईंको भूमिका अझ प्रभावकारी रहोस् भन्ने कामना गर्दछौँ।
पुनः एकपटक हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना! 💐🇳🇵
– अल स्टार युवा क्लब
सह-परिवार बेल्डाँडी गाउँपालिका–०१
कञ्चनपुर