Namsaling Community Development Center

Namsaling Community Development Center NCDC is a non governmental, non-profit making organization founded in 1984 to facilitate initiatives in community self-reliance.

भावपूर्ण श्रद्दाञ्जली एवम् समवेदना ।यस केन्द्रका बर्तमान कार्यकारिणी समिति सदस्य एवम् केन्द्रकै पूर्व कर्मचारी श्री ध्रु...
18/03/2026

भावपूर्ण श्रद्दाञ्जली एवम् समवेदना ।
यस केन्द्रका बर्तमान कार्यकारिणी समिति सदस्य एवम् केन्द्रकै पूर्व कर्मचारी श्री ध्रुबकुमार प्रधानका पूजनीय पिता साथै हाम्रा अविभावक टेकबहादुर प्रधानको मिति २०८२ फागुन २८ गते ८५ वर्षको उमेरमा निजी निवास माईजोगमाई ४ नामसालिङ इलाममा भएको अप्रत्यासित निधनले सिङ्गो नामसालिङ सामुदायिक विकास केन्द्र स्तब्ध र मर्माहत भएको छ ।
दुःखको यस घडीमा स्व. बुबा टेकबहादुर प्रधानप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।
नामसालिङ सामुदायिक विकास केन्द्र NCDC परिवार

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC ले बिकास कोष नर्वेको सहयोगमा दोलखा र दाङ जिल्लामा सन् २०२१ देखि ३१ डिसेम्बर २०२५ स...
19/02/2026

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC ले बिकास कोष नर्वेको सहयोगमा दोलखा र दाङ जिल्लामा सन् २०२१ देखि ३१ डिसेम्बर २०२५ सम्म संचालन गरेको ICDP -II Project को समग्र प्रभावकारिता मूल्याकंन प्रतिवेदन उपर समाज कल्याण परिषदको विषयगत टोलीको तर्फबाट परिषदकै कार्यालय जाउलाखेल काठमाडौमा छलफल सम्पन्न गरिएको छ।

हार्दिक श्रद्दाञ्जली एवम् समवेदना ।यस केन्द्रका कर्मचारी श्री पोषराज निरौलाका पूजनीय बुबा  एवम् हाम्रा अविभावक बिष्णुप्र...
02/02/2026

हार्दिक श्रद्दाञ्जली एवम् समवेदना ।
यस केन्द्रका कर्मचारी श्री पोषराज निरौलाका पूजनीय बुबा एवम् हाम्रा अविभावक बिष्णुप्रसाद निरौलाको मिति २०८२ माघ १५ गते ८७ वर्षको उमेरमा निजी निवास बराहाक्षेत्र न.पा. २ सुनसरीमा भएको अप्रत्यासित निधनले सिङ्गो नामसालिङ सामुदायिक विकास केन्द्र स्तब्ध र मर्माहत भएको छ ।
दुःखको यस घडीमा स्व. बुबा बिष्णुप्रसाद निरौलाप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।
नामसालिङ सामुदायिक विकास केन्द्र NCDC परिवार

नामसालिङ सामुदायिक बिकास केन्द्रको प्राविधिक समन्वय तथा NCDF/EWB को आर्थिक साझेदारीमा माईजोगमाई गाउपालिका ४ याख्खागांउमा...
22/01/2026

नामसालिङ सामुदायिक बिकास केन्द्रको प्राविधिक समन्वय तथा NCDF/EWB को आर्थिक साझेदारीमा माईजोगमाई गाउपालिका ४ याख्खागांउमा ग्रीन भिलेज गाउयोजना तयारीको लागि स्थानीय समुदाय स्तरको कृयाकलाप छनौट गोष्ठी । (जनवरी २० सन२ २०२६)
Community level focus Group discussion meeting for Green Village inisitaive in Yakkhagaun, Maijogmai Rural Municipality ward 4, Ilam. This programme is jointly implementated by NCDF/EWB with the techinical support form NCDC Ilam. (Jan 20, 2026)

Engineers without borders, Colorado /NCDF को आर्थिक तथा प्राविधिक सहयोगमा माईजोगमाई गाउपालिका वडा न ४ हात्तीटारमा निर्मा...
31/12/2025

Engineers without borders, Colorado /NCDF को आर्थिक तथा प्राविधिक सहयोगमा माईजोगमाई गाउपालिका वडा न ४ हात्तीटारमा निर्माण सम्पन्न भएको बनपाला हात्तीटार खानेपानी योजना एक समारोह विच उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा माईजोगमाई वडा ४ अध्यक्ष डुरन देवान, NCDC पदाधिकारी, EWB प्रतिनिधि तथा स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो । (मिति २०८२ पौष १६ गते) ।
The Banpala Hattitar Water Supply Project, Maijogmai Ward No. 4, has been handed over to the users. The project was financially & technically supported by Engineers without Borders, Colorado. In handover program Maijogmai Ward 4 Chairman Duran Dewan, NCDC officials, EWB representatives and local users were present. (December 31,2025)
frappier

Namsaling Community Development Center

नामसालिङ सामुदायिक विकास केन्द्रले NCDF/EWB को सहयोगमा माईजोगमाई ४ मा संचालित स्वास्थ्य तथा सरसफाई परियोजनामा आउनुभएका स...
25/12/2025

नामसालिङ सामुदायिक विकास केन्द्रले NCDF/EWB को सहयोगमा माईजोगमाई ४ मा संचालित स्वास्थ्य तथा सरसफाई परियोजनामा आउनुभएका स्वयंमसेवक प्राविधिक विधार्थीहरूलाई NCDC कार्यालयमा गरिएको स्वागत ।

Namsaling Community Development Center welcomed volunteer students team from NCDF/EWB, related to health and sanitation project in Maijogmai 4. Ilam.

NCDF/EWB परियोजना अन्तर्गत माईजोगमाई ४ इलामको याक्खागाउमा ड्रोन मार्फत लाईडर सर्भे तयारी तथा  ग्राउण्ड कन्ट्रोल पोइन्ट छ...
23/12/2025

NCDF/EWB परियोजना अन्तर्गत माईजोगमाई ४ इलामको याक्खागाउमा ड्रोन मार्फत लाईडर सर्भे तयारी तथा ग्राउण्ड कन्ट्रोल पोइन्ट छनौट सम्बन्धमा उपभोक्ताहरुसगको छलफल।

Discussion with users of Yakha Gaun regarding the preparation for drone mapping & lidar survey and selection of ground control points under the NCDF/EWB project.

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले संचालन गरिरहेको ICDP परियोजनाको उपलब्धी एवम् प्रगति समिक्षा सम्बन्धमा आयोजित पाल...
17/12/2025

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले संचालन गरिरहेको ICDP परियोजनाको उपलब्धी एवम् प्रगति समिक्षा सम्बन्धमा आयोजित पालिकास्तरीय समन्वय वैठक मिति २०८२ पौष २ गते राप्ती गाउपालिका लुम्बिनी प्रदेश दाङमा सम्पन्न भएको छ ।
Rural Municipality level Progress review & coordination meeting, Rapti Rural Municipality Lumbini provience Dang.
December 17, 2025

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC तथा माईजोगमाई गाउपालिकाको संयुक्त आयोजनामा यहि २०८२ पौष ३ र ४ गते माईजोगमाई ४ ईलाम...
16/12/2025

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC तथा माईजोगमाई गाउपालिकाको संयुक्त आयोजनामा यहि २०८२ पौष ३ र ४ गते माईजोगमाई ४ ईलाममा संचालन हुने नि:शुल्क दन्त उपचार शिविर बारे सूचना ।

Public Notice about free dental treatment camp (Dec 19&20, 2025) in Maijogmai 4 Namsaling, jointly organized by Rural Municipality and Namsaling Community Development Center NCDC.

नामसालिङ सामुदायिक विकास केन्द्रले दाङ जिल्लाको राप्ती तथा गढवा गाउंपालिकामा The Devlopment Fund को सहयोगमा संचालित ५ बर...
16/12/2025

नामसालिङ सामुदायिक विकास केन्द्रले दाङ जिल्लाको राप्ती तथा गढवा गाउंपालिकामा The Devlopment Fund को सहयोगमा संचालित ५ बर्षे परियोजनाको समाज कल्याण परिषद बाट कार्यक्रम प्रभावकारिता सम्बन्धमा गरिएको अन्तिम मूल्याङ्कन फिल्ड अनुगमन सम्मपन्न भएको छ ।
(२०८२ मंसिर २८)
The final evaluation of DF funded 5 year project's effectiveness implemented by the Namsaling Community Development Center in Rapti and Gadhawa rural municipalities of Dang was conducted by the Social Welfare Council. (December 2025)

हार्दिक श्रद्दाञ्जली एवम् समवेदनायस केन्द्रका कर्मचारी श्री शान्तिराम घिमिरे तथा केन्द्रकै पूर्वकार्यकारणी समिति सदस्य श...
12/12/2025

हार्दिक श्रद्दाञ्जली एवम् समवेदना
यस केन्द्रका कर्मचारी श्री शान्तिराम घिमिरे तथा केन्द्रकै पूर्वकार्यकारणी समिति सदस्य श्री उमाकान्त घिमिरेका पूजनीय बुबा एवम् हाम्रा अविभावक रामचन्द्र घिमिरेको यहि मिति २०८२/०८/२२ गते ८९ वर्षको उमेरमा भएको अप्रत्यासित निधनले सिङ्गो नामसालिङ सामुदायिक विकास केन्द्र स्तब्ध र मर्माहत भएको छ ।
दुःखको यस घडीमा स्व. बुबा रामचन्द्र घिमिरेप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

नामसालिङ सामुदायिक विकास केन्द्र NCDC परिवार

Address

Http://ncdcilam. Wordpress. Com/
Ilam

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97727520411

Alerts

Be the first to know and let us send you an email when Namsaling Community Development Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Namsaling Community Development Center:

Share