HURF Nepal

HURF Nepal HURF Nepal is the first Human Rights NGO in Ilam, works on Rights and HR, conflict, peace, mediation, good governance, social inclusion, Caste discrimination

Human Rights Forum Nepal, Ilam (HURF) is a non-governmental and non-profit Human Rights Organization which was established in 1998 as the first Human Rights Organization in Ilam District. It is one of the leading human rights organizations in the Eastern Region of Nepal. In 1998 HURF was registered at DAO in Ilam and in 2006 at the Social Welfare Council in Kathmandu. The main objectives of HURF a

re the protection and promotion of Human Rights and the development of a non-violent and non-discriminating culture. Peace and non-violent conflict resolution, social inclusion, gender equity and the ending of all kind of discrimination are our main focus areas. To reach our objectives, we conduct awareness programs about Human Rights, child rights and women rights, enhance the capacity of human rights defenders who are working at grassroots level, support the peace building process through among other things community mediation and we conduct trainings on the new constitution, democracy and federalism. Our target groups are mainly marginalized people like women, children, Dalit, indigenous groups and minorities.

ेभोजपुर   जिल्ला भोजपुर नगरपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख ३० गतेदेखि जेष्ठ ०२ गते...
17/05/2026

ेभोजपुर जिल्ला भोजपुर नगरपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख ३० गतेदेखि जेष्ठ ०२ गतेसम्म मेलमिलापकर्ताहरूलाई न्याय सम्पादन प्रक्रिया र मेलमिलाप सम्बन्धी ४ दिवसिय पूनर्ताजगि तालिम सम्पन्न भएको छ। तालिममा संस्थाका पारस राई र याम कुमार माबोहाङ लिम्बूले सहजिकरण गर्नु भएको थियो।

पाँचथर  जिल्ला फालेलुङ गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख २४ गतेदेखि ३१ गतेसम्म म...
17/05/2026

पाँचथर जिल्ला फालेलुङ गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख २४ गतेदेखि ३१ गतेसम्म मेलमिलाप सम्बन्धी ८ दिवसिय अाधारभूत तालिम सम्पन्न भएको छ। तालिममा संस्थाका सचिव सर्मिला राई र गायत्री थेगिमले सहजिकरण गर्नु भएक‍ो थियो ।

संखुवासभा   जिल्ला िसलिचोङ गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख २० गतेदेखि २७ गतेसम...
12/05/2026

संखुवासभा जिल्ला िसलिचोङ गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख २० गतेदेखि २७ गतेसम्म मेलमिलाप सम्बन्धी ८ दिवसिय अाधारभूत तालिम सम्पन्न भएको छ। तालिममा संस्थाका पारस राई र याम कुमार माबोहाङ लिम्बूले सहजिकरण गर्नु भएको थियो।

08/05/2026

1 year in 1 minute
Civil peace service जिआईजेड जेडएफडिको आर्थिक सहयोगमा सन्चालित स्थानिय तहमा न्यायिक सबलिकरण तथा मानव अधिकारको संरक्षण परियोजना अन्तर्गत १ वर्ष भित्र गरिएका मुख्य गतिविधिहरु
१ मिनेटमा हेरौ है त्।

प्रेस विज्ञप्ति
01/05/2026

प्रेस विज्ञप्ति

इलाम  जिल्ला सन्दकपुर गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख ९ गतेदेखि १६ गतेसम्म मेल...
29/04/2026

इलाम जिल्ला सन्दकपुर गाँउपालिकाको अायोजना र मानव अधिकार मञ्च नेपालको सहजिकरणमा मिति २०८३ बैसाख ९ गतेदेखि १६ गतेसम्म मेलमिलाप सम्बन्धी ८ दिवसिय अाधारभूत तालिम सम्पन्न भएको छ। तालिममा संस्थाका पारस राई र याम कुमार माबोहाङ लिम्बूले सहजिकरण गर्नु भएको थियो।

दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गर्ने उद्देश्यका साथ ताप्लेजुङ जिल्लामा १३ बैशाख २०८३ एक कार्...
27/04/2026

दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गर्ने उद्देश्यका साथ ताप्लेजुङ जिल्लामा १३ बैशाख २०८३ एक कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्लाभरका दलित अधिकारकर्मी तथा नेतृत्वहरूको सहभागिता रहेको थियो, कार्यक्रममा रणनीतिक पैरवी र सामाजिक न्यायका विषयमा सघन छलफल गरिएको थियो।कार्यक्रमको अध्यक्षता मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता र जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिमकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यशाला मानवअधिकार मञ्च नेपालकाे जानकारी दिदै सम्पूर्ण सहभागी हरूलाई स्वागत गर्नु भएकाे थियाे । त्यसै गरि परियाेजनाकाे विस्तृत जानकारी कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले प्रस्तुती गर्नुभएकाे थियाे । कार्यक्रममा सहजीकरण कार्यक्रम संयाेजक मनकुमार बराईलीले गर्नुभएको थियो र कार्यक्रम सञ्चालन सुरेश पाेर्तेलले गर्नु भएकाे थियाे । कार्यक्रममा ३० जना ताप्लेजुङमा क्रियाशील दलित समुदायहरूकाे सहभागीता रहेकाे थियाे । यो कार्यक्रम मिजेरिएर जर्मनी (Miserer Germany) को सहयोग र जिल्ला समन्वय समिति ताप्लेजुङसँगको समन्वयमा मानव अधिकार मञ्च नेपाल द्वारा आयोजना गरिएको हो। यो कार्यशाला "मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत जातीय विभेद विरुद्धको सामूहिक प्रयास" नामक परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। सन् २०२६ जनवरीदेखि कोशी प्रदेशका चार जिल्लाहरू—इलाम, झापा, पाँचथर र ताप्लेजुङमा यो अभियान विशेष रूपमा सञ्चालित छ।

24/04/2026

तपाईहरुले अघिल्लो संवादको अंकमा दाजुभाईको विवाद मिलेको हेर्नुभयो नि हैन?
अब विवाद मिलेपश्चात संवाद सम्बन्धि बुझाई के रहेछ त त्यो पनि हेरौ है।



दलित समुदायका समस्या पहिचान सम्बन्धी स्थानीय जनप्रतिनिधिसँगको कार्याशाला सम्पन्न झापा, ०६ वैशाख २०८३झापा  जिल्लाका स्थान...
19/04/2026

दलित समुदायका समस्या पहिचान सम्बन्धी स्थानीय जनप्रतिनिधिसँगको कार्याशाला सम्पन्न
झापा, ०६ वैशाख २०८३
झापा जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग दलित समुदायका समस्या पहिचान सम्बन्धी कार्याशाला सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित श्रृंखलावद्ध कार्यक्रमको समापनका अवसरमा जनप्रतिनिधिहरूले समाजमा गम्भीर समस्याको रुपमा रहेको जातीय छुवाछुतलाई अन्त्य गर्न स्थानीय सरकारको भुमिका महत्त्वपूर्ण हुने महशुस व्यक्त गरेका हुन् ।
जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूसँग भएको विशेष छलफलमा सहभागीहरूले भौतिक विकासले मात्रै सामाजिक न्याय सम्भव नहुने बताएका छन् । सहभागी जनप्रतिनिधिहरूले आगामी दिनमा आफ्ना नीति तथा कार्यक्रममा दलित समुदायको सवाललाई प्राथमिकता दिने गरी कार्ययोजना निर्माण गरेका छन् ।

मिजेरियो जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपालको आयोजना र जिल्ला समन्वय समिति झापाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। "मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत विभेद विरुद्धको सामूहिक प्रयास" परियोजना अन्तर्गत यी कार्यक्रमहरू सञ्चालन भएका हुन्। कार्यक्रम मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्माको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख विश्वराज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको आवश्यकता र औचित्यबारे मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले प्रकाश पार्नुभएको थियो भने विषयवस्तुको प्रस्तुतीकरण कर्ण बहादुर नेपालीले गर्नुभएको थियो।

समाजमा अझै पनि जरो गाडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि व्यक्तिको दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउनु पर्न...
18/04/2026

समाजमा अझै पनि जरो गाडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि व्यक्तिको दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गरी रणनीतिक पैरवी र सामाजिक न्यायका विषयमा सघन छलफल गर्ने उद्देश्यले झापामा आज एक विशेष कार्यशाला सम्पन्न भएको छ।मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा लगायतका दलका जिल्ला नेतृत्वको उपस्थिति थियो।यसैगरि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकील कार्यालय, जिल्ला बार एशोसिएसन र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूले जातीय छुवाछुत दण्डनीय अपराध भएको र यसको अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए। छलफलका क्रममा उनीहरूले कानुनको प्रभावकारी कार्यान्वयनका लागि राज्यका जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको तदारुकता अपरिहार्य हुने धारणा राखेका थिए। विशेषगरी धार्मिक नेतृत्वहरूले छुवाछुत विरुद्ध धार्मिक र सार्वजनिक कार्यक्रमहरुमा प्रचारप्रसार गर्नु महत्वपूर्ण रहेको र समाजका हरेक तहमा दलित समुदायले भोग्नुपरेको विभेदकारी अवस्थालाई शून्यमा झार्न सामूहिक पहल हुनुपर्नेमा जोड दिइएको थियो। विषय विज्ञ कर्ण बहादुर नेपालीले सहजीकरण गर्नुभएको उक्त कार्यशालाले झापामा जातीय विभेद विरुद्धको लडाइँमा सबै सरोकारवालाहरूलाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको छ।मिजेरिएर जर्मनीको सहयोग, मानव अधिकार मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति झापासँगको समन्वयमा सञ्चालित कार्यक्रम"मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत जातीय विभेद विरुद्धको सामूहिक प्रयास" नामक परियोजना अन्तर्गत सम्पन्न भएको हो ।

Address

Ilam

Alerts

Be the first to know and let us send you an email when HURF Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HURF Nepal:

Share