04/08/2026
लायन बर्ष 2026/027 6th Program,
सेवा भनेको केवल दान होइन, हरेक जीवप्रति करुणा, सम्मान र जिम्मेवारीको अभिव्यक्ति पनि हो।
आज लायन्स क्लब अफ भरतपुर उज्यालोले यस वर्षको छैटौं कार्यक्रम योगी नरहरिनाथ गौ संरक्षण केन्द्र, बागेश्वरी भरतपुर -१मा संरक्षित गौमाताहरूका लागि आहार तथा त्यहाँ अध्ययनरत विद्यार्थी र गुरुहरूका लागि सहभोज (भोजन सेवा) कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर PMJF ला.प्रभाकर पाण्डितज्यू, अतिथि मोहन केसीज्यू, रामु ओस्तीज्यू लगायत सम्पूर्ण लायन्स क्लब अफ भरतपुर उज्यालोका साथीहरू, गौ संरक्षण केन्द्र परिवार तथा विद्यार्थीहरूको आत्मीय उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
गौसेवा र शिक्षासेवालाई एउटै भावनामा जोड्ने यस्ता कार्यहरूले मानवताको वास्तविक अर्थलाई उजागर गर्छन्। एउटा पेटभरि भोजनले केवल भोक मेटाउँदैन, यसले माया, अपनत्व र सेवाको संस्कार पनि बाँड्दछ। यस्ता साना देखिने कार्यहरूले नै समाजमा ठूलो परिवर्तनको आधार तयार गर्नसक्छ।
"जहाँ करुणा हुन्छ, त्यहीँ सेवा हुल्छ; जहाँ सेवा हुन्छ, त्यहीँ मानवता मुस्कुराउँछ।"
यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता।🙏🙏