14/04/2026
सुदूरपश्चिम विद्यार्थी समाजको तर्फबाट नयाँ वर्षको हार्दिक शुभकामना
नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुदूरपश्चिम विद्यार्थी समाज हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यो नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको उज्यालो किरण लिएर आओस् भन्ने हाम्रो कामना छ। बितेका वर्षका अनुभवहरूलाई आत्मसात् गर्दै नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्न सकौँ।
शिक्षा, एकता, सहयोग र सद्भावनालाई अझ सुदृढ बनाउँदै समाज तथा राष्ट्र निर्माणमा सबैको सक्रिय सहभागिता रहोस् भन्ने अपेक्षा गर्दछौँ।
नयाँ वर्ष २०८३ यहाँहरू सबैका लागि सफल, सुखद् र उपलब्धिमूलक बनोस्।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
सुदूरपश्चिम विद्यार्थी समाज