Hong Kong Integrated Nepalese Society Limited

Hong Kong Integrated Nepalese Society Limited A brief about Hong Kong Integrated Nepalese Society Limited (HINS) social activities.

प्रिय अभिभावकज्यूहरू,हाम्रो टिनएजर बालबालिकाको भविष्य उज्यालो बनाउन भाषा, संस्कृति र अन्तर्राष्ट्रिय मित्रता जति महत्वपू...
12/06/2026

प्रिय अभिभावकज्यूहरू,
हाम्रो टिनएजर बालबालिकाको भविष्य उज्यालो बनाउन भाषा, संस्कृति र अन्तर्राष्ट्रिय मित्रता जति महत्वपूर्ण हुन्छ, त्यो हामी सबैले राम्रोसँग बुझ्छौँ। यही उद्देश्यका साथ “Teenager Summer Connect: Language, Culture & Friendship” कार्यक्रम सुरु हुँदैछ । जहाँ हाम्रा छोराछोरीहरूले सिक्नेछन्, बुझ्नेछन्, र आत्मविश्वासका साथ अघि बढ्नेछन्।
१७–१८ वर्षका अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थीहरू स्वयंसेवकका रूपमा सहभागी हुँदै, हाम्रा टिनएजरहरूलाई अंग्रेजी अभ्यास, सांस्कृतिक आदान–प्रदान, र अन्तर्राष्ट्रिय सोच विकासमा सहयोग गर्नेछन्।
🗓 मिति: ७ जुलाई – ३ अगस्ट २०२६
🕒 समय: प्रत्येक मंगलबार र शुक्रबार, दिउँसो २:३० – ४:००
📍 स्थान: Unit 1805, Ocean Building, 80 Shanghai Street, Jordan, Kowloon
हामी सबै अभिभावकज्यूहरूलाई अनुरोध छः
आफ्ना टिनएजर बालबालिकालाई यो कार्यक्रममा सहभागी गराउन प्रोत्साहित गर्नुहोस्। यो उनीहरूको आत्मविश्वास, भाषा सीप, सामाजिक कौशल र भविष्यको नेतृत्व क्षमतामा ठूलो लगानी हुनेछ।
हामीले सँगै बनाएको समुदाय अझै बलियो होस्, हाम्रा बालबालिकाहरू अझै सक्षम बनून् , यही हाम्रो चाहना।
धन्यवाद।

07/06/2026
हङकङ एकिकृत नेपाली समाज (HINS) द्वारा सञ्चालन हुँदै आएको मासिक स्वास्थ्य चेतना कार्यक्रम अन्तर्गत यस जून महिनाको प्रथम आ...
02/06/2026

हङकङ एकिकृत नेपाली समाज (HINS) द्वारा सञ्चालन हुँदै आएको मासिक स्वास्थ्य चेतना कार्यक्रम अन्तर्गत यस जून महिनाको प्रथम आइतबार, ६ जून २०२६ का दिन नियमित स्वास्थ्य सत्र आयोजना हुने जानकारी गराइन्छ।

यस महिनाको स्वास्थ्य विषय “लू (Heat Stroke)” रहनेछ।
गर्मी बढ्दै गएको अवस्थामा लूबाट बच्ने उपाय, लक्षण पहिचान र प्राथमिक उपचारबारे संक्षिप्त जानकारी तथा परामर्श प्रदान गरिनेछ।

समय: दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म
स्थान: 1/F, 390 Shanghai Street, Yau Ma Tei, Kowloon (MTR Exit A)

समुदायका सबै सदस्यहरूलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य सम्बन्धी जानकारी लिन हार्दिक अनुरोध गर्दछौं।

— हङकङ एकिकृत नेपाली समाज (HINS)

Thank you for your active participation.We would like to inform you that the quota for the “Disneyland Visit” has now be...
25/05/2026

Thank you for your active participation.
We would like to inform you that the quota for the “Disneyland Visit” has now been fully filled.
Thank you.

हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापना दिवसको अवसरमा, हङकङ डिस्नेल्याण्डबाट प्राप्त निशुल्क प्रवेश टिकटहरू नेपाली समुदायका...
24/05/2026

हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापना दिवसको अवसरमा, हङकङ डिस्नेल्याण्डबाट प्राप्त निशुल्क प्रवेश टिकटहरू नेपाली समुदायका लागि वितरण गरिँदैछ। यस विशेष दिनको खुशीयालीमा, समुदायलाई खुशी र एकता सँगै बाँड्ने हाम्रो सानो प्रयास हो।
निशुल्क टिकट प्राप्त गर्नका लागि कृपया हिन्सको वेबसाइट www.hinslimited.org मा गई Event Participants Form भर्नुहोस्।
यस्तै अन्य आकर्षक कार्यक्रमहरूको जानकारी नियमित रूपमा पाउन, फेसबुकमार्फत हामीसँग जोडिनुहोस्।

यो फोटो सन् 2015 मा हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) ले आयोजना गरेको डिस्नेल्याण्ड भ्रमणको अविस्मरणीय क्षण हो, आज...
24/05/2026

यो फोटो सन् 2015 मा हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) ले आयोजना गरेको डिस्नेल्याण्ड भ्रमणको अविस्मरणीय क्षण हो, आजभन्दा ठीक 11 वर्षअघि। त्यतिबेला यस तस्वीरमा देखिएका स–साना बालबालिका आज 17–18 वर्षका भइसकेका छन्, र उनीहरू हाम्रा समुदायका उज्ज्वल कर्णधार बनेका छन्।
यसै स्मृतिलाई पुनः जीवित राख्दै, हिन्सले यस वर्षको हङकङ स्थापना दिवसको अवसरमा फेरि एकपटक डिस्नेल्याण्ड भ्रमण आयोजना गर्दैछ।
हाम्रो चाहना छ, ११ वर्षअघि यो यात्रामा सहभागी भएका बालबालिका र अभिभावकहरू फेरि एउटै दिन, एउटै स्थानमा भेटिऔँ, पुराना सम्झनाहरू ताजा गरौँ, र आज उनीहरू कहाँ पुगेका छन् भन्ने कुरा एक–अर्कासँग बाँडौँ।
फोटोमा देखिएका सबैका लागि हिन्सले यसपटक निःशुल्क टिकटको व्यवस्था गरेको छ। यदि तपाईं वा तपाईंका परिवारका सदस्यहरू यस तस्वीरमा हुनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
साथै, हङकङमा बसोबास गर्ने नेपाली समुदायका सबैलाई विनम्र अनुरोध छ कि
यदि तपाईंले यो तस्वीरमा रहेका बालबालिका वा अभिभावकहरूलाई चिन्नुहुन्छ भने, कृपया ट्याग/सन्देशमार्फत् जानकारी गराइदिनुहोस्।
हाम्रो समुदायलाई फेरि एकपटक जोड्ने यो अवसरलाई सफल बनाउन तपाईंको सहयोग अमूल्य हुनेछ।
हामी हङकङेली नेपाली - हाम्रो सुन्दर, सभ्य र एकताबद्ध समाज।

हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स)ले Teenage Density Association of FLU संगको सहकार्यमा मुख्यभूमी चीनको Jiangxi Pro...
20/05/2026

हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स)ले Teenage Density Association of FLU संगको सहकार्यमा मुख्यभूमी चीनको Jiangxi Province – Nanchang City र Jingdezhen City को 7 दिन 6 रातको टूरको व्यबश्था गरेको छ । ईच्छूक महानुभावहरूले सम्पर्क गर्नुहोस

Explore amazing opportunities and limitless potential in aviation—visit HKIA Expo & Career Fair 2026. With over 4,400 jo...
17/05/2026

Explore amazing opportunities and limitless potential in aviation—visit HKIA Expo & Career Fair 2026. With over 4,400 job openings, the event caters to job seekers with diverse educational backgrounds and levels of experience. Beyond recruitment, visitors can discover interactive exhibition zones showcasing the latest airport services, facilities and developments—providing a closer look at what’s new at Hong Kong International Airport and helping you envision your future in aviation.

हिन्समा UCN द्वारा सॅचालित डायबेटिज सम्बन्धि १ वर्षे कार्यक्रम सॅचालन भैरहेको छ ।
10/05/2026

हिन्समा UCN द्वारा सॅचालित डायबेटिज सम्बन्धि १ वर्षे कार्यक्रम सॅचालन भैरहेको छ ।

Address

1/F. , 396 Shanghai Street
Yau Ma Tei
00852

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+85226669671

Alerts

Be the first to know and let us send you an email when Hong Kong Integrated Nepalese Society Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share