Baltimore Association of Nepalese in America (BANA)

Baltimore Association of Nepalese in America (BANA) The non-profit organization formed in Baltimore to assist and help all the Nepalese people indeed.

Established in 2005, BANA is a leading nonprofit organization working for the broad welfare of the Nepali-American community.

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार स्वर्गीय खेम शर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समव...
06/23/2026

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार स्वर्गीय खेम शर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। उहाँको स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भई श्रद्धासुमन अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🗓️ जुन २५, २०२६ (बिहीबार)�🕙 बिहान १०:०० बजे�📍 Kaczorowski Funeral Home, Baltimore, MD

विशेष आभारBaltimore Association of Nepalese in America (BANA) लाई निःशुल्क सेवा उपलब्ध गराई संस्थाको कार्यक्रम तथा गतिवि...
06/22/2026

विशेष आभार

Baltimore Association of Nepalese in America (BANA) लाई निःशुल्क सेवा उपलब्ध गराई संस्थाको कार्यक्रम तथा गतिविधिहरूलाई सहयोग पुर्‍याउनुभएकोमा BANA कृषि विभाग प्रमुख तथा Pokhrel Pest Control का सञ्चालक श्री वासुदेव पोखरेलज्यू प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं।

Happy Father’s Day 🙏
06/21/2026

Happy Father’s Day 🙏

06/21/2026
वरिष्ठ हास्यव्यङ्ग्य कलाकार खेम शर्माजीको असामयिक निधनप्रति गहिरो शोक समवेदना व्यक्त गर्दछ साथै, शोक सन्तप्त परिवारजनप्र...
06/21/2026

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार खेम शर्माजीको असामयिक निधनप्रति गहिरो शोक समवेदना व्यक्त गर्दछ साथै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गर्दछौं 💐

06/21/2026

आयव्यय विवरण प्रस्तुत

बधाई तथा शुभकामना सन्देशBaltimore Association of Nepalese in America (BANA) परिवारको तर्फबाट Tamang Society of Greater W...
06/20/2026

बधाई तथा शुभकामना सन्देश

Baltimore Association of Nepalese in America (BANA) परिवारको तर्फबाट Tamang Society of Greater Washington (TSGW) को नवगठित कार्यसमिति (२०२६–२०२८) लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

अध्यक्ष श्री रोजी घिसिङ तामाङज्यूको नेतृत्वमा गठित यस कार्यसमितिले तामाङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र सामुदायिक एकताको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू:

अध्यक्ष: रोजी घिसिङ तामाङ
उपाध्यक्ष: निमा तामाङ
सचिव: देव एन. लामा
कोषाध्यक्ष: डिम्पल लामा मोक्तान
जनसम्पर्क अधिकारी: रीमा गुरुङ ठोकर
प्रविधि अधिकारी: सुभाष तामाङ
कार्यसमिति सदस्य: ऋतु तामाङ

सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सफल, उपलब्धिमूलक तथा प्रभावकारी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यहाँहरूको नेतृत्व, समर्पण र सक्रियताले संस्थालाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउँदै तामाङ समुदायको हित, उत्थान तथा सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दछौं।

साथै, आगामी दिनहरूमा TSGW र BANA बीचको आपसी सहकार्य, सद्भाव, मित्रता तथा साझेदारी अझ सुदृढ हुँदै जाने अपेक्षा गर्दै सम्पूर्ण नवगठित कार्यसमितिलाई पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏Baltimore Association of Nepalese in America (BANA) को आयोजनामा तथा Well Done Creations को स...
06/15/2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
Baltimore Association of Nepalese in America (BANA) को आयोजनामा तथा Well Done Creations को समन्वयमा सम्पन्न पूज्य देवी प्रतिभा जीद्वारा दुईदिने दिव्य कथा वाचन तथा कलश यात्रा कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, हौसला र सहभागिता जनाउनुहुने सम्पूर्ण भक्तजन, दानदाता, स्वयंसेवक, शुभेच्छुक तथा समुदायका सदस्यहरूप्रति BANA परिवार हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

यो पवित्र कथा वाचन कार्यक्रम केवल एउटा धार्मिक कार्यक्रम मात्र नभई क्रियापुत्री भवन निर्माण अभियानको एउटा महत्वपूर्ण सुरुवात हो। हामी विश्वस्त छौं कि यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासका साथ BANA आगामी दिनहरूमा पनि समाजको हित, सेवा र आवश्यकताका क्षेत्रमा अझ सक्रिय रूपमा अगाडि बढिरहनेछ।

यस कार्यक्रमको मुख्य उद्देश्य क्रियापुत्री भवन निर्माणका लागि सहयोग जुटाउने रहेको थियो, र उक्त लक्ष्य पूरा गर्न BANA निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।

विशेष धन्यवाद पूज्य देवी प्रतिभा जी हामी सबैलाई एक सूत्रमा बाँध्ने, जोड्ने र प्रेरणा दिने अवसर प्रदान गर्नुभयो।

फेरि एकपटक सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद।

BANA परिवार

Address

2906 Taylor Avenue
Parkville, MD
21234

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

+14106579373

Alerts

Be the first to know and let us send you an email when Baltimore Association of Nepalese in America (BANA) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share