Los Angeles Gurung Society (Tamu Samaj)

Los Angeles Gurung Society (Tamu Samaj) Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Los Angeles Gurung Society (Tamu Samaj), Nonprofit Organization, Los Angeles, CA.

“प्हे म्हस्यां छ्या म्हमु, छ्या म्हस्यां ल्हु म्हमु, ल्हु म्हस्यां म्हि म्हमु (शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव अस्तित्व हराउछ)”

💐भावपूर्ण-श्रद्धाञ्जली💐स्व. श्रीमती चन्द्र कुमारी गुरुङ(जन्म: बि. सं १९९४/०५/२० स्वर्गारोहण: बि.सं २०८२/०९/२४)यस लस् एन्...
01/11/2026

💐भावपूर्ण-श्रद्धाञ्जली💐

स्व. श्रीमती चन्द्र कुमारी गुरुङ
(जन्म: बि. सं १९९४/०५/२० स्वर्गारोहण: बि.सं २०८२/०९/२४)

यस लस् एन्जलस् गुरुङ समाजका वर्तमान बोर्ड सदस्य श्री जित बहादुर गुरुङ (छोरा) साथैं सक्रिय सदस्यहरु श्री लेख ब. गुरुङ, (छोरा), श्रीमती बालिका गुरुङ/ श्रीमती बबिता गुरुङ (बुहारीहरु) ज्यू का ममतामयी आमा/सासु स्व. श्रीमती चन्द्र कु. गुरुङ ज्यू को नेपालमा उपचारका क्रममा
मिति: बि.सं २०८२ पौष २४ गतेका दिन अपरान्ह ३ः४५ बजेको समयमा असामयिक दुखद् निधनको खबरले
हामी सम्पूर्ण सिंगो गुरुङ समुदायलाई नै गहिरो पिडा, अत्यन्त स्तब्ध र मर्माहत महसुस गराएको छ।

स्वर्गीय श्रीमती चन्द्र कु. गुरुङज्यू एक सरल, कर्मशील, ममतामयी र सदा परिवार तथा समाजप्रति समर्पित आदरणीय अभिभावक, समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको स्नेह, संस्कार, मार्गदर्शन र प्रेरणादायी जीवन परिवार, आफन्त तथा समाजको हृदयमा सदैव अमिट रूपमा जीवित रहनेछ।

दिवंगत आत्माको चिरशान्तिको लागि भगवान बुद्द संग प्रार्थना गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं।साथै, यस अत्यन्तै पीडाको घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा इष्टमित्रहरूलाई
धैर्यधारण गर्न सक्ने शक्ति र साहस प्रदान गरुन् भन्दै
भावपूर्ण कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं।

स्वर्गीय आत्माप्रति शत–शत नमन,

ॐ मणि पद्मे हूँ !!!
- लस् एन्जलस् गुरुङ समाज परिवार

01/02/2026

Gurung anthem song by our own brother Himal Gurung Gurung Lhosar 12/28/2025

✨🎉 Happy New Year 2026 🎉✨As we welcome the New Year, we extend our warmest wishes to all respected community members, fa...
01/01/2026

✨🎉 Happy New Year 2026 🎉✨

As we welcome the New Year, we extend our warmest wishes to all respected community members, families, friends, and well-wishers. May 2026 be a year of renewed hope, good health, unity, and meaningful progress for everyone.

In Addition, with deep gratitude and appreciation from the bottom of heart, we sincerely thank all participants, supporters, and well-wishers whose dedication and generosity made the Los Angeles Gurung Lhosar Celebration a truly grand, successful, and memorable event. This celebration stood as a powerful reflection of our culture, unity, and shared values.

Our special thanks and sincere appreciation go to our Chief Guest, Mr. Rishi Dhakal, and our distinguished special guest artists/ Folk singers Milan Lama, Durga Gurung, and Susmita G Biswo, as well as all honored guests and talented local artists. Your presence, artistry, and support elevated the celebration and inspired our community.

Together, let us move forward into 2026 with pride in our heritage, strength in our unity, and commitment to uplifting one another.
Thank you for being part of this remarkable journey.

With Sincere,
Joseph Ghale (President)
Los Angeles Gurung Society

(Photo: Social Media)

12/31/2025

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सम्माननीय अतिथिहरू तथा सम्पूर्ण सहभागी महानुभावहरू,

हाम्रो तमु ल्होसार कार्यक्रममा उपस्थित भई समय दिनु भएकोमा, साथ–सहयोग र उत्साहपूर्वक सहभागिता जनाउनु भएकोमा यहाँ उपस्थित सबै सदस्यहरू, अतिथिहरू, पत्रकार ज्युहरु, कलाकारहरू तथा बिभिन्न संघ सम्स्थाका प्रतिनिधिहरुमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

प्रमुख अतिथिका रुपमा क्यालिफोर्निया राज्यका लागि महाबाणिज्य दूत आदर्णिय रिषि ढकाल ज्युको उपस्थिति लगायत प्रमुख कलाकारहरु मिलन लामा, दुर्गा गुरुगं, र सुस्मिता बिश्वको गरिमामय उपस्थिति र उत्कृष्ट प्रस्तुतीले कार्यक्रमलाई अझ गौरवमय बनाएको थियो भने सम्पूर्ण दर्शकहरूलाई अत्यन्तै रमाइलो अनुभूति गरायो ।

तपाईंहरूको साथ, सहयोग र सहभागिताका कारण यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोगको अपेक्षा गर्दै, सबैको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।

आगामि दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै,सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दछौँ।

पुनः एकपटक, तमु ल्होसार कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइदिनु भएकोमा हृदयदेखि नै धन्यवाद।

धन्यबाद,
हिमाल गुरुगं
(महासचिब)
लस एन्जलस गुरुगं सोसाईटि


गुरुङ ल्होसार २०२५ लस् एन्जलस् शहरमा presented by LAGS (धन्यवादः हिमालयनभ्वाईस् डटकम)
12/30/2025

गुरुङ ल्होसार २०२५ लस् एन्जलस् शहरमा presented by LAGS
(धन्यवादः हिमालयनभ्वाईस् डटकम)

लस-एन्जलस। दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने गुरुङ समुदायका सदस्यहरुले आफ्नो जातीय भेष भुषा सहित उपस्थिति ज...

12/28/2025

छ्याजालो 🙏🙏🙏
तान जम्मै लई तमु तल्हो ल्होसार २०२५ र वैं आशिंमला मो !!!

“Warm Invitation – Gurung Lhosar Night 2025”We are delighted to invite you all to celebrate Gurung Lhosar 2025 with us i...
12/28/2025

“Warm Invitation – Gurung Lhosar Night 2025”

We are delighted to invite you all to celebrate Gurung Lhosar 2025 with us in Los Angeles.
We are honored to welcome two renowned legendary Nepali Lok Geet singers, Milan Lama and Durga Gurung, who have arrived in LA to grace this special cultural celebration.

📅 Date: Sunday, December 28, 2025
🎶 Special Guests: Milan Lama, Durga Gurung & Susmita G. Biswa
Let us come together to celebrate our rich Gurung culture, traditions, music, and unity. Your presence will make this celebration more meaningful and memorable.

✨ Special invitation to everyone—family, friends, and community members.
We look forward to celebrating tomorrow night.

With sincere,
LA Gurung Society Family

12/27/2025

चुल्हैं निम्तो छ हैं !!!
भोली आईतबार तमु ल्होसार सांस्कृतिक सांझ २०८२ लस् एन्जलस् शहरमा !!!
विशेष प्रस्तुतिहरुः लोक दोहोरी गायक मिलन लामा, गायिका दु्र्गा गुरुङ, गायिका शुस्मिता जि. विश्व.. साथैं स्वादिस्ट नेपाली परिकारहरु र स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतीहरु

Address

Los Angeles, CA

Website

Alerts

Be the first to know and let us send you an email when Los Angeles Gurung Society (Tamu Samaj) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Los Angeles Gurung Society (Tamu Samaj):

Share