09/11/2026
बाढीपीडित सहयोग अभियान सफलतापूर्वक सम्पन्न 🙏
सम्पूर्ण आदरणीय सदस्यज्यूहरूमा हार्दिक नमस्कार।
हालै नेपालमा आएको विनाशकारी आकस्मिक बाढी–पहिरोबाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि सञ्चालन गरिएको हाम्रो LA Tamu Samaj द्वारा संचालित राहत तथा सहयोग संकलन अभियान आधिकारिक रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी खुसी छौँ।
यस अभियानमार्फत संकलित सम्पूर्ण (३१००$) सहयोग रकम नेपाल सरकारद्वारा उपलब्ध गराइएको आधिकारिक लिंक/खातामार्फत सम्बन्धित सरकारी राहत कोषमा प्रत्यक्ष रूपमा सफलतापूर्वक हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छौँ। यससँगै हाम्रो समुदायको तर्फबाट सञ्चालन गरिएको उक्त सहयोग अभियान औपचारिक रूपमा सम्पन्न भएको छ।
यस अभियानलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दाताज्यूहरू, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सदस्यज्यूहरू तथा अभियानलाई साथ, सुझाव र हौसला प्रदान गर्नुहुने सम्पूर्ण समुदायप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। 🙏
प्राकृतिक विपत्तिको यस कठिन समयमा आफ्नो व्यस्तता र व्यक्तिगत परिस्थितिका बाबजुद पनि समुदायका सदस्यहरूले देखाउनुभएको एकता, मानवीय भावना, सहयोग र सामाजिक उत्तरदायित्व वास्तवमै प्रशंसनीय छ। सानो–ठूलो सहयोगको मूल्य रकममा मात्र नभई त्यसमा रहेको मानवीय भावना र सद्भावमा हुन्छ।
यस अभियानलाई सफल बनाउन यहाँहरूको साथ र सहयोग बिना सम्भव हुने थिएन। हाम्रो सामूहिक प्रयासबाट संकलित सहयोग रकम बाढीपीडित तथा प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहतमा योगदान पुग्ने विश्वास लिएका छौँ।
अन्त्यमा, यस अभियानमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण दाताज्यूहरू तथा सहयोगी हातहरूप्रति पुनः हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यस्तै मानवीय तथा सामाजिक कार्यहरूमा हाम्रो समुदायबीचको एकता, सहकार्य र सद्भाव निरन्तर कायम रहने अपेक्षा गर्दछौँ।
धन्यवाद। 🙏
एकता नै हाम्रो शक्ति, सहयोग नै हाम्रो पहिचान। ❤️🇳🇵
लस् एन्जलस गुरुंग समाज परिवार ।