NRNA USA Colorado Chapter

Directions Website Contact the organization

NRNA USA Colorado Chapter Mission: To inspire Nepali Community members for unity, to promote culture from the motherland, and to connect community members globally.

Vision: A platform to connect the entire Nepali community living in the State of Colorado.

श्रद्धाञ्जली तथा अन्तिम बिदाइ 🙏💐💐💐स्वर्गीय विजय पाण्डेको अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा उपस...
09/29/2026

श्रद्धाञ्जली तथा अन्तिम बिदाइ 🙏💐💐💐

स्वर्गीय विजय पाण्डेको अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति: अक्टोबर ४, २०२६
समय: दिउँसो १२:०० देखि १:०० बजेसम्म
स्थान: 3900 Magnolia St, Denver, CO 80207

गैरआवासीय नेपाली संघ (NRNA)
कोलोराडो च्याप्टर

09/09/2026

कोलोराडो, अमेरिका । मातृभूमि नेपालमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितलाई राहत र पुन...

09/09/2026

enepalese, news portal by Nepalese People who lives on USA

09/09/2026

कोलोराडो, अमेरिका । नेपालमा भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, पहिरो तथा अन्य प्रा.....

प्रेस विज्ञप्तिमिति: ६ सेप्टेम्बर २०२६ कोलोराडो, अमेरिकानेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलीत तथा सहयोग प्रदा...
09/07/2026

प्रेस विज्ञप्ति
मिति: ६ सेप्टेम्बर २०२६ कोलोराडो, अमेरिका

नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलीत तथा सहयोग प्रदान गरिएको सम्बन्धमा

नेपालमा भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, त्यससँगै भएका पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको ठूलो क्षतिप्रति NRNA NCC Colorado Chapter गहिरो दुःख व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक समवेदना एवं ऐक्यबद्धता प्रकट गर्दछ।

नेपाल सरकार, विश्वभर रहेका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आएका छन्। साथै, नेपाल सरकारले विपद् प्रभावितहरूका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोगको आह्वान गरेको छ।

यसै क्रममा, कोलोराडोमा रहेका विभिन्न व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूले आफ्नै पहलमा विपद् प्रभावितहरूका लागि आर्थिक तथा भौतिक सहयोग संकलन तथा प्रदान गरिरहेको जानकारी प्राप्त भएको छ।

विगतका अनुभवहरूलाई समेत ध्यानमा राख्दै सहयोग संकलन तथा परिचालन प्रक्रियामा पारदर्शिता, जवाफदेहिता, विश्वसनीयता र उचित अभिलेखीकरण कायम गर्ने उद्देश्यले, NRNA NCC Colorado Chapter ले कोलोराडोबाट नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलन तथा प्रदान गरिएको सहयोगको व्यवस्थित अभिलेख राख्ने र आवश्यक विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।

यसका लागि कोलोराडोमा सहयोग संकलन वा प्रदान गर्नुभएका सम्पूर्ण व्यक्ति, व्यवसाय, संघसंस्था तथा सामुदायिक समूहहरूलाई निम्न विवरण September 30 2026 भित्र उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

- संकलन वा प्रदान गरिएको कुल आर्थिक सहयोगको विवरण
- सहयोग संकलन वा प्रदान गर्ने व्यक्ति, व्यवसाय वा संघसंस्थाको नाम
- सहयोग प्राप्त गर्ने व्यक्ति, परिवार, संस्था वा सम्बन्धित निकायको विवरण
- रकम हस्तान्तरण वा राहत सामग्री प्रदान गरिएको प्रमाण सम्बन्धित रसिद तथा अन्य आवश्यक प्रमाणपत्र/कागजातहरू

हाम्रो सहयोग, हाम्रो एकता र हाम्रो पारदर्शिता नै विपद् प्रभावितहरू प्रतिको सच्चा मानवीय दायित्व हो। सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछौं ।

सम्पर्क तथा विवरण पठाउनको लागी Email: [email protected]

Nima Sherpa 917-864-3974
Chandra Gurung 720-984-0311
Sushanta Poudel 303-494-1195

NRNA NCC Colorado Chapter
Colorado, USA

हार्दिक श्रद्धाञ्जली तथा सहयोगको अपिल https://gofund.me/138fdbc9eगत अगस्ट २९, २०२६ का दिन घर फर्किने क्रममा १८ वर्षीय बि...
09/03/2026

हार्दिक श्रद्धाञ्जली तथा सहयोगको अपिल
https://gofund.me/138fdbc9e

गत अगस्ट २९, २०२६ का दिन घर फर्किने क्रममा १८ वर्षीय बिजय पाण्डेको डेनभर कोलोराडोमा सवारी दुर्घटनामा भएको दुःखद निधनले हामी सबैलाई मर्माहत बनाएको छ।

यस कठिन घडीमा पाण्डे परिवारलाई साथ दिऔँ।
आफ्नो क्षमता अनुसार सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
यस कठिन र पीडादायी घडीमा शोकसन्तप्त परिवारलाई भावनात्मक तथा आर्थिक रूपमा साथ दिनु हामी सबैको मानवीय दायित्व हो। परिवारले भोगिरहेको अपूरणीय क्षति त कुनै सहयोगले पूरा गर्न सक्दैन, तर हाम्रो सानो सहयोगले यो कठिन समयमा केही राहत र सहारा प्रदान गर्न सक्छ।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
परिवारजनमा गहिरो समवेदना।

https://gofund.me/138fdbc9e

हार्दिक श्रद्धाञ्जली तथा सहयोगको भावुक अपिल ️ एउटा जवान सपना, एउटा परिवारको आशा र एउटा उज्ज्वल भ… SANTOSH PANDEY needs your support for ब....

आउनुहोस्, हामी सबै एकजुट भई नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि एक दीप बालौं र एक साथ प्रार्थना गरौं।      1st...
09/01/2026

आउनुहोस्, हामी सबै एकजुट भई नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि एक दीप बालौं र एक साथ प्रार्थना गरौं।
1st September
Address : 4001 W 76th Ave Westminister Co, 80030

गैरआवासीय नेपाली संघ (NRNA), कोलोराडो च्याप्टरको अनुरोधमा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूलाई...
08/31/2026

गैरआवासीय नेपाली संघ (NRNA), कोलोराडो च्याप्टरको अनुरोधमा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूलाई दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण प्रभावित समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपालमा शान्ति, सुरक्षा तथा समृद्धिको कामनासहित दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

मिति / Date: September 1, 2026, Tuesday
समय / Time: 6:00 PM
स्थान / Venue: Nepali Ghar
4001 W 76th Ave, Westminster, CO 80030

नोट: कार्यक्रममा मैनबत्तीको व्यवस्था हामीले गरेका छौँ। आफैँ मैनबत्ती ल्याउन चाहनुहुन्छ भने कृपया Tealight Candles मात्र ल्याइदिनुहुन अनुरोध गर्दछौँ।

Address

Denver, CO

Alerts

Be the first to know and let us send you an email when NRNA USA Colorado Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NRNA USA Colorado Chapter:

Shortcuts

Sponsored

Share