11/07/2020
आदरणीय दाता महानुभाव,
नमस्कार ।
आज समस्त मानव सभ्यतालाई नै कम्पन गराई रहेको कोरोनाको प्रकोपले हाम्रो समाजमा कतिपय सदश्यहरु काम विहिन बन्नु परेको पीडा होस् वा व्यावसाय नै बन्द गर्नु परेको पिडा होस्, यस कहालिलाग्दो परिस्थितिबाट हाम्रो समुदाय पनि अछुतो रहन सकेको छैन । तसर्थ सर्वप्रथम यस कोभिड-१९ को संकटपुर्ण घडिमा यहाँहरुको सु-स्वास्थ्य र दीर्घायुकोलागी प्रार्थना गर्दछौं । यस संकटको घडिमा आफु स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ रहन सहयोग गरौं ।
यस पशुपतिनाथ बौद्ध फ़ाऊण्डेश अफ न्यू ईङ्गल्याण्डले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा देऊसी-भैलो कार्यक्रमको आयोजना गर्दै आएको व्यहोरा सर्वविदितै छ । सोही अनुरुप यस बर्ष पनि यस महामारीको कठिन अवस्थाका बाबजुद तल उल्लेखित मितिमा बोष्टन सुसेली समुह, एभरेष्ट व्याण्ड, तथा अन्य स्थानिय कलाकारहरुका साथमा “भर्चुअल” देऊसी-भैलो कार्यक्रम, २०२० को आयोजना हुन गैरहेको छ ।
भर्चुअल माध्यम (फेसबुक लाईभ तथा युट्युव लाईभ) बाट आ-आफ्नै घरमा बसी सहभागी हुन सकिने तथा देऊसी-भैलो खेली खुशी साटासाट गर्न सकिने देऊसी-भैलो, २०२० कार्यक्रममा यस संस्था तथा नेपाली भाषा संस्कृतिलाई माया गर्ने एवं संरक्षण गर्न चाहने आफुले चिने-जानेका समस्त महानुभावहरुमा यो देऊसी-भैलो कार्यक्रमको जानकारी पुर्यांऊ, आफु स-परिवार सहभागी बनौं र सबैलाई स-परिवार सहभागी हुन अनुरोध गरौं ।
लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गर्न सफल भई हाल उक्त भवन हाम्रो आफ्नै मौलिक रुपमा पुनर्संरचना गर्ने कार्य भई रहेको यस अवसरमा यो बर्षको देऊसी-भैलोको महत्व अझ विशेष हुने कुरामा दुई मत छैन । उक्त पुनर्संरचनाको कार्य सम्पन्न गर्न यहाँहरुको सहयोग अपरिहार्य भएकोले यस अघि वचन बध्दता व्यक्त गर्नुहुने सम्पुर्ण दाताहरुले सोही अनुरुप तथा यस अघि अवसर नमिलेता पनि सहयोग गर्ने अभिलाषा रहेका सम्पुर्ण महानुभावहरुले यस देऊसी-भैलोको अवसरमा आफुले सकेको आर्थिक सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।
यस अवधिमा विविध माध्यमबाट सम्पुर्ण दाताहरुसँग हामीले सम्पर्क गर्न प्रयास गरिरहेका छौं । यदि कुनै प्राविधिक कारणवस पहिले नै यहाँहरु समक्ष हाम्रो पँहुच पुग्न नसकेको भए यसै अनुरोधलाई स्वीकार गरी सम्पर्कमा आई दिनुहुन पनि अनुरोध गर्दछौं ।
अन्तमा कोरोना महामारी बाट प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित समस्त महानुभावहरुमा यसबाट उम्कन सक्ने शक्ति मिलोस् भनि श्री पशुपतिनाथ तथा श्री बुद्ध भगवान संग प्रार्थना गर्दै यस देऊसी-भैलो कार्यक्रममा सहभागी भई यथाशक्य दान दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रमः
मितीः २०२० नोभेम्बर १५, आईतबार
समयः साँझ ५:०० बजे देखि राती ८:०० बजे सम्म
सहभागीताको माध्यमः पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्युईङ्ल्याण्डको फेसबुक पेज तथा संस्थाकै युट्युव च्यानल
Youtube Link for the live event: https://www.youtube.com/channel/UChaNiyQGVTsoY3eLtfq-Ybg?view_as=subscriber
page for Live: https://www.facebook.com/PashupatinathBuddhaFoundationNePabfon
देऊसी-भैलोमा दान गर्न सकिने माध्यमहरुः
Zelle transfer को लागी email address: [email protected],
Zelle transfer को लागी phone no: (857)253-1383
Bank Deposit: Bank of America PABFONE Account No. 4660 0269 7013
http://pabfone.org/finance/
Finance – Pashupatinath Buddha Foundation of New England | PABFONE
Pashupatinath Buddha Foundation of New England | PABFONE पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ...
pabfone.org
सम्पर्कः
सुशील चन्द्र पौडेल – (857)253-1383
विष्णु कुमार कार्की – (857)540-9799
गौरव राज थपलिया – (857)399-5335
धन्यवाद ।
भवदीय,
गौरव राज थपलिया - महासचिव
पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्युईङ्गल्याण्ड
Namaste Pashupatinath Buddha Foundation of New England (PABFONE) is a not-for-profit organization registered under section 501(c)(3) of the Internal Revenue Code. We are a social organization, formed and established by vibrant network of informed, impacted volunteers who dedicate their time, energy....