07/01/2026
नमस्ते छ्याजलो,
सबप्रथम तमु (गुरुङ) समुदायको महान राष्ट्रिय पर्व तमु ल्होसार-२०८२ को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण तमु तथा गैर-तमु दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
चु तिरवै ल्होसारै छ्यावै, त्हेरी खबै प्रेमै म्हिथेवा म्हिथेवास्योमैलाई तमु ल्होसार पुसे पन्ध्र स्यों कैँ कार्यक्रमको हार्दिक नमस्कार ।
तमु (गुरुङ) समाज, कतार तथा तमु प्ये ल्हु संघ शाखा, कतारका प्रमुख संरक्षकज्यूहरू, संरक्षक सदस्यज्यूहरू, निर्देशक तथा प्रमुख सल्लाहकारज्यू, सल्लाहकारज्यूहरू, संस्थापकज्यूहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू, मानार्थ सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, कलाकारज्यूहरू, खेलाडीज्यूहरू, साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तमु (गुरुङ) समाज, कतार र तमु प्ये ल्हु संघ शाखा, कतारसँग जोडिनु भएका सम्पूर्ण चिरपरिचित मित्रहरू, शुभचिन्तकहरूमा छ्याजलो तथा हार्दिक नमस्कार व्यक्त गर्दछु ।
तमु ल्होसार मूल आयोजक समिति–२०८२, कतार
“तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएका दुई प्रतिष्ठित संस्था-तमु (गुरुङ) समाज, कतार र तमु प्ये ल्हु संघ शाखा, कतारको संयुक्त आयोजनामा यस वर्षको त-ल्हो ल्होसार-२०८२ भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा अत्यन्तै गर्व र हर्षको अनुभूति भएको छ ।
तमु (गुरुङ) समुदायको परम्परागत संस्कार अनुसार शुभकार्य प्रारम्भ गर्न गुरुङ संस्कार विधिअनुसार क्यब्री गुरु नवीन टु गुरुङ तथा पच्यु गुरु अशोक सर्बुजा गुरुङज्यूद्वारा आशिमाला वाचन गरी सिमिभुमि सिल्दो नाल्दो तथा कुलपित्रीहरूको स्मरण गर्दै कार्यक्रमको विधिवत् शुभारम्भ गरिएको थियो। साथै गुरुङहरूको ल्हो आउने-जाने परम्पराअनुसार सप्र्हि ल्होको बिदाइ तथा त-ल्होको स्वागत गर्दै त–ल्हो वर्गलाई रोग-व्याधा नलागोस् भन्ने कामनासहित रिपा लगाई स्याइ-स्याइसमेत गरिएको थियो ।
उत्साह, उमङ्ग र सांस्कृतिक गौरवका साथ तमु तमुस्योहरू आफ्नो मौलिक भेषभूषामा सजिएर सहभागी भएको यस ल्होसार कार्यक्रममा करिब १०००-१२०० दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कतारको अल वकिरस्थित DPS Monarch International School को सभाहलमा सम्पन्न उक्त कार्यक्रम त-ल्हो ल्होसार मूल आयोजक समिति