15/02/2025
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्तुगल द्वारा आयोजित तामाङहरुको महान राष्ट्रीय पर्व सोनाम ल्होछार २०२५ भब्य र सभ्य रुपमा मनाउनको लागि गर्नु भएको सहयोग र तपाईहरुको उत्साहजनक उपस्तिथीले तपाई हाम्रो नया वर्ष साचिकै अविस्मरणीय बनाउनु भएको छ। यो कर्म भूमिमा ऐतिहासिक दिनको रुपमा स्थापित गराउनु भएकोमा पोर्तुगलवासी तामाङहरु एकजुट भएको यो संदेश विश्वभर दिनुभएकोमा साथै सस्थाप्रती तपाईहरुको माया , साथ र सहयोग पाएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै पुन एक प्रतिष्ठित रियालिटी शो MERO DANCE UNIVERSE & MERO VOIC UNIVERSE मा तामाङ समुदायबाट नवाङ लामा थोकर र सेखर लामा ज्यु साथै ,
तामाङ समाजबाट ल्होछार पछि भर्खरै तामाङ गेदुङ मा आबद्ध हुनुभएका चेली रोशनी तामाङ ज्यु नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्तुगल द्वारा हशौलाका साथ सहयोग गरि ल्याएका छौ। यसकारण भोलि हुदै गरेको Audition मा पोर्तुगलवासी तामाङहरु उपस्तिथ भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।🙏
✅ ल्होछार पर्व लगतै सक्षम , दक्ष , योग्य तामाङ लगायत गैर तामाङ सम्पूर्णलाई अवसरको खोजि र अध्ययन गरि अगि बढ्न लागेका छौ । बुद्धिजिबी, अग्रज, भद्रभलाद्मी सम्पूर्णलाई मदत र हातेमालो साथै सुझाबको लागि हार्दिक धन्यबाद। 🙏
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्तुगल