15/10/2026
सम्पूर्ण नेपाली जनसमुदायमा जानकारी तथा अपिल।
पछिल्लो समय संस्थाका विभिन्न पदाधिकारीहरूलाई लक्षित गरी डर, धम्की तथा त्रास सिर्जना गर्ने गतिविधिहरू भइरहेको भन्ने जानकारी प्राप्त भएको छ। विभिन्न व्यक्तिहरूमार्फत आफूलाई वकिल बताउँदै फोन गर्ने तथा संस्थाका पदाधिकारीहरूलाई दबाबमा पार्ने प्रयास भइरहेको भन्ने विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
यस सन्दर्भमा हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ कि कुनै पनि व्यक्तिलाई धम्की दिने, त्रास सिर्जना गर्ने वा अनुचित गराउन खोज्ने कार्य स्वीकार्य हुन सक्दैन। सम्बन्धित व्यक्तिको भनाइ अनुसार, पूर्व अध्यक्ष ज्यूको कार्यकालमा महासचिवको जिम्मेवारीमा रहनुभएका व्यक्तिले कार्यसमिति नै नभएका नाम परिवर्तित सीता वाफले लाइ लाई 2025–27 कार्यकालको अध्यक्षका रूपमा प्रस्तुत गर्दै ब्रिफिङ गरी माइन्युट लेख्ने प्रयास गरेको प्रमाण हामीले प्राप्त गरेका छौँ। उक्त माइन्युटमा केही अंश लेखिएको भए पनि त्यसलाई अधुरै छाडिएको समेत देखिएको छ।
संस्थाको आधिकारिक अभिलेखमा यस प्रकारले लेख्ने, थप्ने वा परिवर्तन गर्ने कार्य कुन उद्देश्यले र कुन अधिकारका आधारमा गरिएको हो भन्ने विषय गम्भीर छ। यस्ता कार्यहरू , प्रक्रियाविपरीत हुने कुनै पनि कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
पछिल्लो समय विभिन्न व्यक्तिहरूमार्फत आफूलाई फलानो व्यक्तिको वकिल भन्दै संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई फोन गरी धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने र त्रास देखाउने प्रयास भइरहेको भन्ने जानकारी प्राप्त भएको छ। हामी स्पष्ट पार्न चाहन्छौँ कि संस्थाभित्रका विवादहरू धम्की, दबाब वा त्रासको माध्यमबाट नभई संस्थाको विधान, प्रचलित कानुन र विधिसम्मत प्रक्रियामार्फत समाधान गरिनुपर्छ। कुनै पनि व्यक्तिले कानुनी प्रतिनिधित्व गरेको दाबी गरेकै आधारमा अरूलाई धम्क्याउने वा अनुचित दबाब दिने छुट पाउँदैन। त्यसैले, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिन गर्न तथा आवश्यक परे सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया अघि बढाउन हामी जोडदार माग गरेका छौ।
साथै, भविष्यमा संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यमाथि धम्की दिने, दबाब सिर्जना गर्ने, त्रास देखाउने वा अन्य कुनै अप्रिय घटना घटाउने कार्य भएमा, त्यससम्बन्धमा कथित अध्यक्षमण्डलबाट नियुक्त गरिएको भनिएका अध्यक्ष तथा पूर्वमहासचिवको सम्भावित संलग्नताबारे हामीले सम्बन्धित निकायलाई औपचारिक रूपमा जानकारी गराइसकेका छौँ।
यस विषयमा सम्पूर्ण नेपाली जनसमुदायलाई जानकारी गराउँदै, भविष्यमा कुनै पनि अप्रिय घटना घटेमा घटनाको निष्पक्ष छानबिन गरी प्रचलित कानुनअनुसार दोषी देखिएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक अनुरोध गर्दछौँ। साथै, संस्थाका पदाधिकारी तथा सदस्यहरूको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्न सबैले आ–आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य गरिदिनुहुन अपिल गर्दछौँ।
NRNA Portugal-गैरआवासीय नेपाली संघ पोर्चुगल