26/08/2026
आदरणीय पोर्चुगल निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हार्दिक नमस्कार।
आज धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले राहत सहयोगका लागि संस्थाको आधिकारिक बैंक खातामार्फत सहयोग संकलन गर्न अनुरोध गर्नुभएको छ। यस विषयमा आज कार्यालय समयभरि प्राप्त सुझाव, जिज्ञासा तथा सल्लाह बारे छलफल गरिएको छ।
नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्प्रेषित पत्र तथा निर्देशनअनुसार कुनै पनि व्यक्ति वा संस्थाको खातामा राहत रकम संकलन गर्न नमिल्ने भएकाले राहत अभियान कसरी अगाडि बढाउने भन्ने विषयमा भोलि सम्बन्धित निकायहरूसँग थप छलफल गरिनेछ।साथै, संस्थाको आधिकारिक खातामार्फत राहत/सहयोग गर्ने विषयमा पनि भोलिको छलफलपछि आवश्यक निर्णय गरी जानकारी गराइनेछ।
सहयोग गर्न इच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सम्बन्धित सरकारद्वारा तोकिएका आधिकारिक बैंक खातामार्फत सहयोग गर्न सक्नुहुनेछ।
सस्थाप्रतिको विश्वास तपाईहरु सबैको सुझाव र सद्भावप्रति हार्दिक धन्यवाद। साथै नमन। 🙏🏻
अध्यक्ष
सुजन लामा मोक्तान
गैरआवासीय नेपाली संघ पोर्चुगल