नेपाल रास्ट्रिय तामाङ घेदुङ पोर्तुगल

Como chegar

नेपाल रास्ट्रिय तामाङ घेदुङ पोर्तुगल हाम्रो भाषा, धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण र सम्वध्र्दन गर्दै सामाजिक, आर्थिक र शैक्षिक प्रगतिका लागि तामाङ घेदुङ विधिवत रुपमा स्थापना भएको संस्था ।

30/06/2026

सार्वजनिक सूचना

राहदानीको अनलाइन अपोइन्टमेन्ट सम्बन्धमा

सम्पूर्ण सेवाग्राही महानुभावहरूमा जानकारी गराइन्छ कि हाल राहदानी विभाग मा राहदानी सम्बन्धी Data Transfer कार्य भइरहेको कारण मागअनुसार अनलाइन अपोइन्टमेन्ट नियमित रूपमा खुला गर्न सम्भव भएको छैन। तथापि, विभागसँगको समन्वयमा २०२६ जुलाई १ र २ का लागि राहदानीको अनलाइन अपोइन्टमेन्ट खुला गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

राहदानीको अनलाइन अपोइन्टमेन्टका लागि: https://emrtds.nepalpassport.gov.np/

स्रोत: लिस्बनस्थित नेपाली राजदूतावास

भीम लामा
अध्यक्ष
नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगल

सम्बन्धित सबैमा जानकारी !  #जानकारीको  ゚  ゚viralシ  ゚viralシfypシ゚  ゚viralシfypシ゚viralシalシfollowerfypシviral  ゚viralシfypシ゚vir...
27/06/2026

सम्बन्धित सबैमा जानकारी !

#जानकारीको ゚ ゚viralシ ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシfollowerfypシviral ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシalシfollower

नेपाल तामाङ घेदुङको मिति २०८३ जेठ १-३ सम्म काठमाडौको स्वयम्भूमा सम्पन्न दशौ संघीय महाधिवेशनबाट अध्यक्ष श्री रामकृष्ण ब्ल...
18/05/2026

नेपाल तामाङ घेदुङको मिति २०८३ जेठ १-३ सम्म काठमाडौको स्वयम्भूमा सम्पन्न दशौ संघीय महाधिवेशनबाट अध्यक्ष श्री रामकृष्ण ब्लोन तामाङ लगायत सम्पुर्ण निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ ।

अध्यक्ष
भिम छ्युमि लामा
राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल परिवार

11/05/2026

पोर्चुगलमा बसोबास गर्नुहुने सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराइन्छ कि Sintra मा Sushi Man आवश्यक रहेको छ। बसोबास (Accommodation) को व्यवस्था उपलब्ध छ।

इच्छुक व्यक्तिहरूले कृपया यस नम्बरमा सम्पर्क गर्नुहोस्:
📞 938 016 254
वा महासचिवज्यूसँग सम्पर्क गर्नुहोस्।

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगल परिवार रोजगारको अवसर प्राप्त गर्न आवश्यक सहयोग गर्न सदैव तयार रहेको जानकारी समेत गराइन्छ।

धन्यवाद।
नेपाल रास्ट्रिय तामाङ घेदुङ पोर्तुगल

हार्दिक धन्यवाद 🙏🏻💐
11/05/2026

हार्दिक धन्यवाद 🙏🏻💐

10/05/2026

हिजो, मिति २०२६-०५-०९ का दिन नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगलका अध्यक्ष श्री भिम लामा ज्युको अध्यक्षतामा लिस्बोनस्थित मण्डला रेस्टुरेन्टमा बसेको पहिलो बैठकमा निम्न विषयहरूमाथि छलफल तथा निर्णय गरियो।

बैठकका विषय / प्रस्ताव

१. संस्थामार्फत धन्यवाद ज्ञापन सम्बन्धमा।
२. नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगलले आधिकारिक मान्यता प्राप्त गरिसकेको हुँदा संस्थाको नाम दुरुपयोग नगर्न सम्बन्धित सबैमा विज्ञप्तिमार्फत जानकारी गराउने तथा कुनै व्यक्ति वा संस्थाले संस्थाको नाम प्रयोग गरी अनधिकृत गतिविधि गरेको पाइएमा सार्वजनिक रूपमा कारबाही गरिने सम्बन्धमा।
३. केन्द्रीय कार्यालय, काठमाडौं, नेपालबाट प्राप्त आधिकारिक पत्रमाथि छलफल।
४. बाँकी पदाधिकारी पदपूर्ति सम्बन्धमा।
५. सदस्यता वितरण तथा लेबी शुल्क सम्बन्धमा।
६. अन्य विविध।

छलफल तथा निर्णय

निर्णय नं. १
नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ, काठमाडौं, नेपाल केन्द्रबाट प्राप्त बधाई तथा आधिकारिक पत्रप्रति बैठकले स्वागत तथा धन्यवाद व्यक्त गरेको छ। साथै, नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगल पोर्तुगलमा आधिकारिक रूपमा रहेको एकमात्र संस्था भएको स्पष्ट पार्दै, कुनै व्यक्ति वा संस्थाले संस्थाको नाम प्रयोग गरी चन्दा उठाउने, कार्यक्रम सञ्चालन गर्ने वा संस्थालाई बदनाम हुने गतिविधि गरेको पाइएमा आवश्यक कारबाही गरिने निर्णय गरियो। आवश्यक परे सार्वजनिक रूपमा तामाङ समुदायको भेला आयोजना गरी नामसहित जानकारी सार्वजनिक गरिनेछ।

निर्णय नं. २
नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगलको सचिव पदमा श्रीमती सवि लोप्चन ज्युलाई नियुक्त गर्ने निर्णय गरियो।

निर्णय नं. ३
नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगलका सम्पूर्ण पदाधिकारीज्यूहरूसँग सदस्यता शुल्क तथा लेबी शुल्क आगामी जुन महिनाको पहिलो हप्तादेखि अनिवार्य रूपमा संकलन तथा कार्यान्वयन गर्ने निर्णय गरियो।

निर्णय नं. ४
संस्थाको आगामी गतिविधि, सदस्यता विस्तार, संगठन सुदृढीकरण तथा समुदाय हितका कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गरिएको छ।

बैठक सफलतापूर्वक सम्पन्न भएको घोषणा अध्यक्षज्यूबाट गरियो।

अध्यक्ष
श्री भिम लामा

महासचिव
राजु मोक्तान

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्तुगल
मिति: २०२६-०५-०९

ल्हासो,नेपाल राष्ट्रिय तामाङ घेदुङ लाई थप क्रियाशील, सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले चियापान कार्यक्रम ...
06/05/2026

ल्हासो,

नेपाल राष्ट्रिय तामाङ घेदुङ लाई थप क्रियाशील, सुदृढ र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले चियापान कार्यक्रम साथै सदस्यता विस्तार तथा वितरण सम्बन्धी भेला आयोजना गरिएको हुँदा सम्पूर्ण पदाधिकारीज्यूहरूलाई तल उल्लेखित मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

मिति: शनिबार, मे ९, २०२६
समय: दिउँसो ठिक २:०० बजे
स्थान: मन्डला हाउस

धन्यवाद।

अध्यक्ष
भीम लामा
नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगल

महासचिव
राजु मोक्तान
नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगल

नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय अध्यक्ष श्री वीर बहादुर योञ्जन तामाङ ज्यू, महासचिव प्रबिन तामाङ ज्यू, संगठन प्रमुख...
05/05/2026

नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय अध्यक्ष श्री वीर बहादुर योञ्जन तामाङ ज्यू, महासचिव प्रबिन तामाङ ज्यू, संगठन प्रमुख विकाश ब्लोन ज्यू लगायत सम्पूर्ण केन्द्रीय कार्यसमितिज्यूहरू प्रति संस्था अझ मजबुद बनाउनको लागि प्रथम अधिवेशनबाट नव–निर्वाचित पोर्चुगलको कार्यसमितिप्रति प्रकट गर्नुभएको बधाई तथा शुभकामना पत्रको लागि हामी आभारी तथा कृतज्ञ छौं ।
तपाईंहरूको शुभेच्छा, मार्गदर्शन तथा साथले पोर्चुगललाई अझ सशक्त, एकताबद्ध र संस्थागत रूपमा अघि बढ्न थप ऊर्जा तथा प्रेरणा विगत देखि नै मिलेको छ । आगामी दिनहरूमा पनि यसै किसिमको साथ सहयोग र शुभेच्छाको अपेक्षा गरेका छौ । साथै जहाँ र जसरी रहे पनि सस्थाको हितका लागि सधै समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।

फुर्पा तामाङ
संस्थापक अध्यक्ष
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल

05/05/2026

नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रीय अध्यक्ष श्री वीर बहादुर योञ्जन तामाङ ज्यू, संगठन प्रमुख ज्यू लगायत सम्पूर्ण कार्यसमिति ज्यूहरू प्रति संस्था अझ मजबुद बनाउनको लागि प्रथम अधिवेशनबाट नव-निर्वाचित पोर्चुगल शाखाको कार्यसमितिप्रति प्रकट गर्नुभएको बधाई तथा शुभकामना पत्रको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको शुभेच्छा, मार्गदर्शन तथा साथले पोर्चुगल शाखालाई अझ सशक्त, एकताबद्ध र संस्थागत रूपमा अघि बढ्न थप ऊर्जा तथा प्रेरणा मिलेको छ। आगामी दिनहरूमा पनि संस्थाको उद्देश्य, मूल्य र समुदायको हितलाई केन्द्रमा राखी जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
....................
अध्यक्ष
भिम छ्युमि लामा
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल शाखा
....................
महासचिव
राजु मोक्तान
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल शाखा

लमजुङ समाज पोर्चुगलको ५औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सुश्री देवी घिमिरेज्यू तथा सम्पूर्ण कार्यसमिति पदाधिकारीज्यूहरूला...
05/05/2026

लमजुङ समाज पोर्चुगलको ५औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष सुश्री देवी घिमिरेज्यू तथा सम्पूर्ण कार्यसमिति पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।

अध्यक्ष
भीम लामा
नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगल शाखा
नेपाल रास्ट्रिय तामाङ घेदुङ पोर्तुगल

Endereço

Lisbon

Website

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando नेपाल रास्ट्रिय तामाङ घेदुङ पोर्तुगल publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Patrocinado

Partilhar