20/07/2026
सेवा, सेमुना, हौवा, नमस्कार 🙏🙏🙏 किरातीहरुको मुन्दुम अनुसार साल्पा-सिलिचुङ/सिलिछो एक पवित्र मुन्दुमी स्थल किरात धार्मिक/सांस्कृतिक स्थल हो। मुन्दुम अनुसार सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा-पारुहाङको यहि साल्पा सिलिचुङमा नै भेट भएकोले साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको मुन्दुमी जनविश्वास रहेको छ। त्यस्तै किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा, छेम्सी-माप्य,साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ। त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ, माङ्पा, नागिरे, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, धामी बिजुवाहरु बर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नको लागि (Mundumi Ritual Journey) मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ/सिलिछो जाने गर्दछन। यस अर्थमा (साल्पा सिलिचुङ/सिलिछो) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिम हरुको मक्का-मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा (Kirat Cultural Heritage) होl तसर्थ किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा-सिलिचुङ/सिलिछोलाई संरक्षण प्रबर्द्धन गर्न पहिलो चरणको सिलिचुङ/सिलिछोमा (सुम्निमा-पारुहाङ र साल्पामा नाक्छोङ/माङ्पाको प्रतिमा निर्माण, त्यसै गरेर दोश्रो चरणमा साल्पामा (३ चुला सुप्तुलुङ मुन्दुमी माङथान सहितको सुम्निमा पारुहाङको) प्रतिमा स्थापना गरीसके पश्चात अन्तिम चरणमा साल्पा जाने प्रवेशद्वार (वाबुक/सोलोन्वा चिण्डो आकारको मुन्दुमी गेट) लगायत विभिन्न मुन्दुमी पात्रहरुको सांस्कृतिक सरंचनाहरु निर्माण गरेर साल्पा सिलिचुङ/सिलिछो लाई किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नको लागि किरात राई सोसाइटी अफ पोर्तुगल बाट रु.१०१,७००/-(अक्षेरिपि एक लाख एक हजार सात सय रुपैयाँ)आर्थिक सहयोग हस्तान्तरण गरे सगै सम्पूर्ण किरात राई दाजु भाई,अभिभावक साथै सदस्य ज्यु हरु प्रति जानकारी गर्दछौ,