नेपाली साहित्य संसार

Como chegar Website

नेपाली साहित्य संसार साहित्यको बिकासको लागि श्रष्टा र सिर्जनाको सम्मान हरेक दिन साँझ आठ बजे देखि प्रत्यक्ष प्रशारण हुने ।

जन्मदिनको अशेष शुभकामना छ आदरणीय Usha Gurungज्यूलाई
24/08/2026

जन्मदिनको अशेष शुभकामना छ आदरणीय Usha Gurungज्यूलाई

16/08/2026

“संसारभर नेपाली साहित्यको पहिचान
सिर्जनशील हातहरुको नवीन अभियान”
मिति :३१ ,श्रवण ,२०८३ आइतबार
प्रस्तोता :- अम्बिका दाहाल
समयावधी:-१:३०
समय:- ८:०० बजे नेपाली समय
कार्यक्रम :-तपाईको सिर्जना मेरो आवाज
स्थान:- मोरङ्ग
बनोस् साहित्य सन्सार नेपाली सबको प्रिय।
साहित्यसाधनाबाट गरोस् साधकको जय ॥१॥
साहित्यको बगैँचामा रमाऔँ साधना गरी ।
सिर्जना दिलले सुन्दै सुनाऔँ भावना भरी॥२॥
हामी हरेक दिन उपस्थित हुन्छौ आफ्ना सृजना लिएर आउनुहोस् र साहित्यविकासको यस अभियानलाई मन पराएर सबैको माझ बाँडेर(लाईक सेयर )गरेर सहयोग अवश्य गर्नुहुन अनुरोध गर्दछौँ
नयॉं उमंग नयाँ रंग लिएर नेपाली साहित्य संसारले आफ्नै आधिकारीक युटुब च्यानल “NLW चिन्ह भएको नेपाली साहित्य संसार “संचालन गरेर तपाईंहरुको माझ प्रस्तुत भैसकेको छ माया गर्न बाड्न प्रतिक्रिया दिन साथै घण्टी बजाउन नभुल्नु होला
आउनुहोस् स्रष्टाको सम्मान र सृजनाको सम्मान हुने स्थान नेपाली साहित्यसंसारमा हातेमालो गरौँ, सबै मिलीजुली हरेक रात्रीकालीन प्रहरमा तपाईंको सृजना मेरो आवाजमा कार्यक्रम भव्य बनाइदिनुहुन सादर अनुरोध गर्दछौँ ।

14/08/2026

चारु
✍️ दीपा राना

पढेको मान्छेले नपढेको कुरा जान्दैन,
बढेको मान्छेले नबढेको कुरा जान्दैन।

लडेर उठ्नेले पीडाको अर्थ बुझेपछि
मढेको मान्छेले नमढेको कुरा जान्दैन।

पहाड नाघ्नेले सतहको उचाइ बुझेपछि
चढेको मान्छेले नचढेको कुरा जान्दैन ।

शब्द प्रहारले शब्दभित्रको मर्म बुझेपछि
डढेको मान्छेले नडढेको कुरा जान्दैन।

धेरै कुरा बुझ्ने प्रयासमा केहि नबुझेपछि
गढेको मान्छेले नगढेको कुरा जान्दैन ।

म्यान्मा
हाल: थाइल्यान्ड

जन्मदिनको अशेष शुभकामना छ आदरणीय शारदा विसुराल पाण्डेज्यूलाई
11/08/2026

जन्मदिनको अशेष शुभकामना छ आदरणीय शारदा विसुराल पाण्डेज्यूलाई

कवितावैँसालु सन्ध्या          ✍️ प्रदिया राज्य लक्ष्मी शाह               सन्ध्यामा गुलाबी रङ्ग चढेको छ यतिबेला ,वैँसालु ...
16/06/2026

कविता

वैँसालु सन्ध्या
✍️ प्रदिया राज्य लक्ष्मी शाह

सन्ध्यामा गुलाबी रङ्ग चढेको छ
यतिबेला ,
वैँसालु लाग्दैछिन् सन्ध्या
र सम्हालि रहेछ क्षितिजले
उनको पोखिएको बैँस ...

यता भने, मगज
ढाकेको छ
एउटै प्रश्नले..
कसरी सम्हालेको होला
क्षितिजले
त्यसरी छचल्किएको बैँसलाई..

फेरि मन भन्छ...

"अरे बुद्धु मगज
यति पनि बिर्सियौ ?
सम्झ न !

कसरी सम्हालि रहेछौ
तिमीले मलाई ..."

यो साँझको चिसो
सिरेटोमा
थोरै लामो सास तानेर
मुसकुराउदै, मगज भन्छ
धत् ... म पनि 😉

दाङ

Endereço

Lisbon

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando नेपाली साहित्य संसार publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Patrocinado

Partilhar