Nepal Press Union Portugal

Nepal Press Union Portugal Community Organization

नयाँ बर्ष बि .सं. २०८१ सालको हार्दिक मंगलमय शुभकामना ! Happy New Year 2080 B.S.
12/04/2024

नयाँ बर्ष बि .सं. २०८१ सालको हार्दिक मंगलमय शुभकामना !
Happy New Year 2080 B.S.

पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना !पोर्चुगलमा नेपाली रहादानीको समस्या समाधानका ...
22/03/2023

पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना !

पोर्चुगलमा नेपाली रहादानीको समस्या समाधानका लागि यही २९ मार्च २०२३ देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैमा जानकारी गराइन्छ । यसका लागि राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासले एपोइन्टमेन्ट फारम https://fr.nepalembassy.gov.np/epassport/ खुला गरेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । फारम खुला भइसकेकोले राजदूतावासले तोकेको कार्यविधीमा रहेर फारम भर्न अवैतनिक नेपाली महाबाणिज्य दूतको कार्यालय लिस्वन हार्दिक अनुरोध गर्दछ ।

१.जैविक तथ्याङ्क दिन लिस्वनस्थित संकलन केन्द्रमा आउदा निम्नानुसारका कागजात साथमा ल्याउनुपर्नेछः

(क) दरखास्त फाराम भरेपछि प्राप्त हुने बारकोड तथा QR कोड सहितको फारामको प्रिन्ट एक प्रति;
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति;
(ग) नाबालिगको हकमा जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचयपत्रको सक्कल र सोको फोटोकपी एक प्रति र आमाबाबु दुबैको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू;
(घ) पुरानो राहदानीको सक्कल र फोटोकपी एक प्रति; र
(ङ) राहदानी हराएको भए प्रहरी प्रतिवेदनको एक प्रति ।

पोर्चुगलमा जन्मिएका नेपाली बालबालिकाहरूको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
(क) अस्थायी नम्बर लिनुपर्नेः
नेपालीआमा–बाबुबाट पोर्चुगलमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्रलाई मुख्य आधार मानी राजदूतावासले दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भनेको महलमा उल्लेख गर्नु पर्दछ । यसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्दछन्ः

(अ) आमा बाबुको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू एक÷एक प्रति,
(आ) आमा बाबुको राहदानीका प्रतिलिपिहरू एक/एक प्रति,
(इ) आमा बाबुको विवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति, र
(ई) नाबालिकको जन्म दर्ताको सक्कल र सोको प्रतिलिपि एक प्रति,
(उ) नाबालिकको हालै खिचेको पासपोर्ट आकारको फोटाहरू दुई प्रति ।

२. एपोइन्टमेन्ट लिइसकेपछि दरखास्त फाराम र कागजपत्रको ब्यहोरा अग्रिम रूजु गर्न त्तच् कोड सहितको दरखास्त फाराम, नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिक परिचयपत्र र पुरानो राहदानीको कलर स्क्यान गरी [email protected] मा इमेल गरी पठाउनु पर्नेछ । नावालिकहरूको हकमा बाबुआमाको नागरिकता समेत स्क्यान गरी पठाउनु पर्नेछ ।
क. दरखास्त फाराम भर्ने र एपोइन्टमेन्ट लिने तरिका बारेका अधिकांश जानकारी नेपाली राजदूतावास, पेरिसको वेब साइटमा उल्लेख भएसरह नै हुनेछ ।
ख. दरखास्त फाराम भर्न शुरू गरेको आधा घण्टा भित्र भरिसक्नु पर्ने भएकोले फाराम भर्न शुरू गर्नु अघि नागरिकताको प्रमाणपत्र/नावालिक परिचयपत्र, पुरानो राहदानी र राहदानी हराएको भए प्रहरी प्रतिवेदनमा PDF वा JPG फरम्याटमा कलरस्क्यान गरी तयारी अवस्थामा राख्नुहोला । नावालिक परिचयपत्र नभएका बालबालिकाहरूको हकमा पोर्चुगिज सरकारले जारी गरेको जन्मदर्ताको कागज, बाबुआमाको बिबाहदर्ता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत स्क्यान गर्नुपर्नेछ । एउटा कागजको फाइल साईज 300 kB भन्दा बढी हुनुहुँदैन ।

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन

Passport/(राहदानी) यस राजदूतावासबाट मिति २०७९ साउन ११ गते बाट विद्युतीय राहदानी (e-Passport) जारी गर्न शुरू गरिएको छ । यस राजदूत...

Endereço

Lisbon

Website

Notificações

Seja o primeiro a saber: enviamos-lhe um e-mail quando Nepal Press Union Portugal publicar novidades e promoções. O seu endereço de e-mail não será utilizado para nenhum outro fim e pode cancelar a subscrição a qualquer momento.

Atalhos

Em destaque

Partilhar