13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
देवदह व्यापार संघको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण व्यवसायी, उद्यमी, इष्ट मित्रहरू तथा आदरणीय ग्राहकवर्गहरूमा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्ष २०८३ ले देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रको समुन्नत विकासमा सकारात्मक योगदान पुर्याउँदै समग्र व्यवसायिक वातावरणलाई थप सुदृढ, व्यवस्थित र समृद्ध बनाओस् भन्ने कामना व्यक्त गर्दछौं।
यस संघप्रति यहाँसम्म आइपुग्दा प्रदान गर्नुभएको अमूल्य साथ, सहयोग तथा विश्वासप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं। आगामी दिनहरूमा समेत यहाँहरूको निरन्तर सहयोग, सहकार्य तथा सद्भाव प्राप्त हुने विश्वास लिएका छौं।
नयाँ वर्ष २०८३ यहाँहरू सबैका लागि सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिदायक वर्ष बनोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।
माधव ढकाल
अध्यक्ष
देवदह व्यापार संघ