इनर्जेटिक यूथ क्लब, वाङ्गे मरोट प्यूठान Energetic Youth Club - EYC

  • Home
  • Nepal
  • Pyuthan
  • इनर्जेटिक यूथ क्लब, वाङ्गे मरोट प्यूठान Energetic Youth Club - EYC

इनर्जेटिक यूथ क्लब, वाङ्गे मरोट प्यूठान Energetic Youth Club - EYC "स्थानिय विकास हाम्रो दायित्व"......... Energetic Youth Club Bangemarrot Pyuthan...........

"स्थानिय विकास हाम्रो दायित्व" भन्ने मुल नाराको साथEnergetic Youth Club को स्थापना गरिएको हो । समाजमा विद्यमान रहेका विकृती, विसङ्गति , सामाजिक भेदभाव को उन्मुलन गरी विकासका कार्यक्रमलाई अझ प्रभावकारी बनाई बेरोजगार तथा खेरा गईरहेको युवा शक्तिलाई सामाजिक उत्तरदायित्व बोध गराउने हाम्रो प्रमुख लक्ष्य हो ।
यसको अलावा समाजमा खेलकुद, मनोरञ्जनको विकास गरी हाम्रा साँस्कृतिक धरोहरहरुको संरक्षण र मौलिक परम

्परालाई जर्गेना गदै वाङ्गेमरोट क्षेत्र आसपासका ति हरेक व्यक्ति लाई समाज प्रति जिम्मेवार बनाई उनीहरुको प्रेरणाको स्रोत बन्ने अभ्रि्राय हो हाम्रो..............।

30/12/2017

🙂🌷😊🙂 इनर्जेटिक युथ क्लब बजार ब्यवस्थापन समितिद्वारा बजार एवम् बिधालय क्षेत्रमा गर्ने सफाई अभियान आज तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा🍒🌷🌼🌴

14/10/2017

🙂🌷😊🙂 इनर्जेटिक युथ क्लब द्वारा आश्विन १० देखी १२ गते सम्म आयोजित बृहत खेलकुद तथा साँस्कृतीक कार्यक्रमका केहि झलकहरु, 🍒🌷🌼🌴

तस्विर सौजन्य: Purna Kc🌷🌼

05/10/2017
प्युठानको सराए नाच लोप हुने अवस्थामा

अब युवाले पनि सोँच्नु पर्ने अवस्था आएको देखीयो......

प्युठान । एक दशक अघि सम्म निकै लोकप्रिय मानिने सराए नाच प्युठानमा पछिल्लो पुस्ताको बेवास्थाका कारण लोप अवस्थामा पुगेको छ । गत वर्ष काठमाण्डौंमा सम्पन्न राष्ट्रिय सराए नाचमा प्युठान प्रथम भएको थियो …

04/10/2017

🙂🌷😊🙂 इनर्जेटिक युथ क्लब द्वारा आश्विन १० देखी १२ गते सम्म आयोजित बृहत खेलकुद तथा साँस्कृतीक कार्यक्रममा , क्लबको जर्सीमा सजिएका हाम्रा खेलाडिहरु..... 🍒🌷🌼🌴
हाम्रा सल्लाहकार, सौजन्य कर्ता, स्यमंसेवक, तथा कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैजना प्रती इनर्जेटिक युथ क्लब हार्दिक आभार ब्यक्त गर्दछ ।।।।।।। 🌼☘️😊🙂🌱

01/07/2017

🌿☘️🌷🌼🌾 हार्दिक बधाई 🌳🌾🌿☘️🌷🌼
साविकको वाङ्गेमरोट गा.वि.स. वडा नं. ३, हाल झिमरुक गाँउपालीका वडा नं. ४ निवासी यस का क्लब वरिष्ठ सल्लाहकार श्री तिलक बहादुर जि. सी. झिम्ररुक गाउँपालिकाको प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा इनर्जेटिक युथ क्लब परिवार यहाँको सफल कार्यकालको शुभ–कामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौं ।

15/04/2017
क्लवको उद्घाटन सम्पन्न | www.SamabeshiOnline.com

हाम्रो खबर अनलाईन पत्रिका सम्म पनि.......

नया वर्षको अवसर पारेर आज ईनर्जेटिक युथ क्लवको कार्यालयको स्थापना गरिएको छ । सभ्य र सुमुन्नत समाज निर्माण हाम्रो अभियान भन्ने नारासगै स्थापना भएको क्लवले समाजलाई समुन्नत र समृद्धिमा लैजान पहल गर्ने भन्दै क्लवको स्थापना गरिएको जनाएको छ ।

15/04/2017

इनर्जेटिक यूथ क्लव को कार्यालय उद्घाटन २०७४ बैशाख १ का केहि तस्विर हरु...... ..... आजको यो पल सम्म, हाम्रो कदम मा कदम मिलाउने सबै जनालाई विशेष धन्यावाद..... भोलीका दिन सम्म पनि यहाँको साथ यसरी रहिरहने छ भन्ने आशा लिएका छौं ।

13/04/2017

तयार भयाे है हाम्रो कार्यालय काे बाेर्ड :) :) :)

12/04/2017

नयाँ वर्ष २०७४ काे अवसर पारी यस क्लबको कार्यालय स्थापना तथा शुभकामना अादान पर्दान साथै चियापान कार्यक्रम अायाेजना हुँदैछ । साे कार्यक्रममा तपाईकाे उपस्थिती काे लागि अनुराेध गर्दछाैं ।
मिती २०७३ बैशाख १ गते शुक्रबार
स्थान : वाङ्गेमराेट ३ वाङ्गेफेदि, हाल झिमरुक गाँउपालीका वडा नं ४
समय ः विहान ९:३० बजे

अाउनुस् है........... :) :) :)

06/04/2017

भाेली चैत्र २५ गते यस कल्ब काे कार्यालय स्थापना तथा नयाँ वर्ष २०७४ को अवसरमा अायाेजना गरिने कार्यक्रमका बारेमा छलफल गर्नु पर्ने भएकाेले यस कल्बमा अाबद्ध रहेका सम्पुर्ण सदस्यहरु, सल्लाहकार लगायत सम्बन्धित सबै लाई विहान ७:३० बजे बाङ्गेफेदीमा उपस्थित हुनकाे लागि अनुराेध गरिन्छ। साथै देश परदेशमा रहनुहुने तपाई बाट पनि सुझाव अनि सल्लाह काे अपेक्षा गर्दछाैं ।

30/03/2017

........................ हार्दिक श्रद्घाञ्जली .........................

यस संस्थाका सदस्य वाङ्गेमरोट –२ सानापोखरी निवासी श्री राजेश जि.सी. अनि प्रदिप जि.सी काे पुजनीय पिता श्री भोटमान जि.सी.को निधनको खबरले हामी अत्यन्त मर्माहित भएका छौं । दुःख को यस घडिमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दे हार्दिक श्रद्घाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परीवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

इनर्जेटिक युथ क्लब परीवार
वाङ्गेमरोट प्यूठान

14/03/2017

झिम्रुक गाउँपालिकाको सम्पुर्ण वडाहरु.......हेर्नुहोस कुन वडामा पर्नु भयो ।

02/03/2017

अब चाँडैनै सबै दर्ता प्रक्रिया सकेर औपचारीक रुपमा नै कार्यालयको शुभारम्भ गर्नेछौं । :) :)

15/02/2017

आगामी फागुन १३ को शिवरात्रीका लागी तयार पारीएको ब्यानर....... :) :)

13/02/2017

आउदो फागुन १३ गते महाशिवरात्रीको अवसरमा श्री भुल्के महादेव मन्दिर परिसरमा हुने मेलामा, तपाई पनि स्यंमसेवक को रुपमा उपस्थित हुन विशेष अनुरोध गर्दछौं ।

22/11/2016

Timeline Photos

10/11/2016

प्यूठानको स्थानिय संरचना ९ इकाईमा, कुन गाविस कहाँ परे ? (विवरण सहित)

कात्तिक १४, प्यूठान | नेपालको संविधानले संघिय राज्य संरचनाको निर्धारण गरेपछि गाउँपालिका तथा नगरपालिका संरचना निर्माण गर्ने प्रक्रिया अनुसार प्यूठानमा स्थानिय संरचना सम्बन्धी प्रस्ताव पारित भएको छ । जिल्ला स्थित राजनितिक दलहरुको शुक्रवार सम्पन्न बैठकले स्थानीय तह सरचंना सम्बन्धी प्रस्ताव पा

07/11/2016

हामी सहयोगी र सहृदयी मनहरु खोजीरहेका छाै........
सभ्य ,समुन्नत र विकसित सम्पन्न समाज निमार्णमा अग्रसर इनरजेटिक यूथ क्लब बाङ्गेमरोट प्युठान लाई क्लबले चालेको कदमको सराहना गर्दै प्युठान बाङ्गेमरोट 4 टिमिलडाँडा निवासी श्री प्रदिप कुमार के सी Kumar Pkc (हाल जापान )ज्यू बाट रु ५०००। सहयोग प्रदान गर्नु भएकोमा क्लब परिवार उहाँ पर्तिर हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

03/11/2016

कोहि यसै छुट्यौ, कसैलाई समयले छुटायो..... , त्यसैले त ६ वटा बज्ने मादल २ वटाको संख्यामा झरे.... आँगन भरिनै भरिने भैले भाई... एउटा कुनामा थन्किय..... मारुनी र पुर्सुङ्गे खै कता हराए–हराए.... तै पनि तिम्रै अभावमै भएनी बाँसुरी फेरी गुञ्जियो, मादल फेरी घन्किय अनि मजौरा फेरी बजे तिम्रो गाँउमा.... आगौं तिमिलाई भेट्ने आशामा................................. ए परदेशी........

22/10/2016

इनर्जेटिक यूथ क्लब, वाङ्गे मरोट प्यूठान Energetic Youth Club - EYC

13/10/2016

इनरर्जेटिक युवा क्लब द्धारा आश्विन २४ मा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम का केहि झलकहरु, धन्यवाद हामी संगै पाईला मिसाउने तपाईमा.....
इनरर्जेटिक युवा क्लब परिवार......

23/09/2016

आगामी असोज २४ गते आयोजना हुन गईरहेको Energetic Youth Club Bange Marrot Pyuthan (EYCBP) को कार्यक्रममा यहाँको गरिमामय उपस्थितीको कामना गर्दछौं । साथै उक्त कार्यक्रकमा सहभागी हुँदा आफ्ना अमुल्य सुझाव, संगै लिएर आउनुहोला किनकि हामी वाङ्गेमरोट संग सरोकार राख्ने हरेक ब्यक्तीको विचार समेट्न चाहान्छौं र सम्भव भएसम्म आफ्नो घरमा रहेका वाल-वालीका हरुलाई पनि उपस्थित गराउनु होला, जसले गर्दा उनिहरु भोलीको दिनमा यो कामको साँक्षी बन्न सकुन, हाम्रो उपस्थिती महशुस गर्न सकुन् । उनिहरुमा पनि गाँउको निम्ती केहि गर्नुपर्छ भन्ने भावनाको जन्म होस् ।

"तपाईले चालेको हरेक कदम संगै, तपाईको गाँउ पनि अघि बढ्ने छ..........." ।

21/09/2016

"स्थानिय विकास हाम्रो दायीत्व" भन्ने मुल आदर्शका साथ स्थापितर् इनर्रर्जेटिक युथ क्लब बाङ्गे मरोट प्यूठानको यस अघि गत जेष्ठ २९ गते को दिनमा विशेष कारणले स्थगित गरिएको सम्मेलन निम्न मिति र स्थानमा पुनः आयोजना हुन गइरहेको हुदा उपस्थितीको लागी स्थानिय सम्पुर्ण युवा, बुद्दिजीवी, पत्रकार, व्यापारी, विद्यार्थी, पेशागत कर्मचारी तथा र्सवसाधारण प्रति हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति ः २०७३/०६/२४ गते सोमबार
समय ः विहान ११ बजे
स्थानः श्री लक्ष्मी माध्यमीक विद्यालय,
बाङ्गेफेदी प्यूठान ।
आयोजकः
इनर्रर्जेटिक युथ क्लब
बाङ्गे मरोट प्यूठान

आउनुहोस् एक पटक फेरी संगै हातेमालो गरौं, आफ्नै गाँउ, चिनाउनको लागी.........।

14/09/2016

सानो अनि केहि भिरालो ठाँउ, छेवैमा बगीरहेको गतङ्गखोला, जो आज सम्म पनि उसैगरी बगीरहेको छ, आफ्नै रफ्तारमा । पारी पट्टकिो एउटा सानो बजार अनि माथी-माथी देखीने केहि बस्ति, टाढा मा चुँधाराको गाँउ सम्म देख्न सकिन्छ यहाँ बाट । त्यहि ठाँउमा उभिएको छु म अनि त्यहि ठाँउ हो हाम्रा भाईहरु खेल्ने क्रिकेट मैदान.........।
पारी पट्टकिो बजार छेवैबाट केटाहरुको एउटा जमात म भएतिरै आईरहेको देख्दैछु, उमेरको हिसाबले भन्दा ८ देखी १४ सम्मका हुनर्ुपर्छ । खेतको आली हुदै गतङ्गखोलाको किनारामा आएर उभिन्छन् उनिहरु अनि खोला पार गर्नको लागी आफ्ना पाईलाहरु गतङ्गको पानीमा मिसाउछन् , कोहि एकले अर्कोलाई बोकेर खोला पार गराउँछन् । जब पहिलोले खोला पार गर्छ, उ युद्धनै जिते जस्तैगरी दौडिन्छ मैदान तर्फअनि बाँकि पनि उसैगरि क्रमै संग दौडन्छन् । मैदानमा पुग्नासाथ एउटा पुरानो २-३ ठाँउमा ठोकेर अढ्याईएको ब्याट छोपेको भाई, बल छोपेको भाई लाई बलिङ्ग गर्न भन्छ, अनि बल छोप्नेले चाँहि आफुले पहिले ब्याटिङ्ग गर्ने शर्त अगाडि सार्छ, यस्मा उनिहरुको कुरा मिल्दैन अनि ब्याट छोप्नेले बल छोप्नेलाई ब्याट दिदै भन्छ "तँ पछि म ब्याटिङ्ग गर्छु नि है -", "हुन्छ" भन्ने सहमति जनाउदै बल छोप्ने चाँहि ब्याटिङ्ग गर्न तर्फलाग्छ । पहिलो बलिङ्गमा नै बल खोला सम्म पुग्छ । दौडदै तेस्रो भाई बल लिन पुग्छ अनि सुरुहुन्छ दोस्रो बलिङ्ग तर त्यो बल ब्याटिङ्ग गर्ने सम्म पुग्नै पाउँदैन, बिचमानै चौथो आएर छोपिदिन्छ अनि मिलेर खेलौँ भन्छ । यतिन्जेल बाँकि रहेकाहरु चाँहि घरबाट ल्याएको तिजु अनि लिङ्गेबाँसको किला गाड्नमै ब्यस्त रहन्छन् विकेटको लागी । यसरी केहि समयमा नै उनिहरु ४-४ जनाको समुह बिभाजन गरि खेल सुरु हुन्छ बिचमा जो थपिएपनि खेल्न पाउने शर्तमा । खेलले गति लिन थाल्छ, बल कहिले धान खेतमा पुग्छ, त कहिले बगरको ढुङ्गामा पछारिदै खोलासम्म पुग्छ........., उनिहरु यस्मा नै रमाउदछन्......।
यसैविच मैदानमा १-२ जना केहि नयाँ अनुहार थपिन्छन्, उनिहरु यो मैदानका पुराना खेलाडि हुन् । कुनै दिन उनिहरु पनि यसै गरी खेल्ने गर्थे यहि मैदानमा । त्यस बखत उनिहरु साना थिए र आज भने उनिहरु ठुला भैसकेका छन् भनौं १८-१९ का लक्का जवान । खेललाई बिचमा रोक्दै एक जनाले ती साना भाई संग ब्याट माग्छ "एक पटक मात्र है" भन्दै अनि अर्कोले बल, यस्तैमा घुमेर आहिरहेको बल ब्याटमा ठोकिन्छ, बल आकाशिदै गतङ्गको पानीमा चप्ल्याङ्ग गर्छ, सबैजना हेरीमात्र रहन्छन् एउटा भने बल खोज्न दौडिन्छ तर बल भेटिदैन । दाईहरु भने 'बल खोजेर खेल है' भन्दै मैदान बाट बाहिरिन्छन्, उता बल खोज्न सबैजना फेरी पानीमा पस्छन् । धेरै कोशिस गर्दा पनि बल भेटिदैन, त्यहाँ निराशा उत्पन्न हुन्छ, फेरी बल कसरी किन्ने भन्ने बारेमा अनि निराशाकै बिचमा एउटा ले भन्छ "फेरि ५-५ रुपैया उठाएर बल किनौं है -" दोश्रोले "हुन्छ" भन्छ अनि तस्रो ले "म संग त पैसा छैन" भन्दै खाली गोजि पल्टाउछ अनि नभएको ले पछि उठाउने भन्दै केहि पैसा जम्मा गर्छन् र लाग्छन् भोली भेट्ने भन्दै घर तिर.... भर्खरै हराएको बल पनि उनिहरुले यसरी नै किनेका थिए, बिडम्बना यहि मैदानमा हर्ुर्किएका हरुले यो क्रा ब्झेनन् .....। मैदान छेवैमा रहेको कुलोको डिल बाट नियाल्दै थिए यी गतिविधी । ति साना भाईहरु चारै दिशा छरिएर आ-आफ्नो घर तिर लागे, म भने मनमा कुरा लिएर उनिहरु टाढा पुग्दा सम्म हेरीमात्र रहे ।
जब कुनै आसपासको गाँउमा खेल आयोजना हुन्छ, एउटा कागजमा उनिहरुलाई पनि निमन्त्रणा आँउछ तर त्यो कागजमा कुनै ब्यक्ति विशेषको नाम कोरीएको हुदैन, नाम हुन्छ त गाँउको , जुन गाँउमा तपाई जन्मनु भयो, हर्ुकनु भयो, म हर्ुर्के, र यी भाईहरु पनि । उनिहरु फुरुङ्ग हुन्छन्, परको त्यो गाँउमा हुने खेल जितेरै छाड्ने सपना बोकेर, अनि हौसीन्छन् अझझै धेरै.....।
जब खेल्न जाने दिन आँउछ, त्यस बखत उत्साह संगै फेरी अभाव खड्किन्छ, राम्रो ब्याट अनि बलको, त्यती मात्र कहाँ हो र, परको गाँउसम्म पुग्ने गाडिभाडा सम्म हुदैन, आफुसंग भएको केहि रकम पछि टिम दर्ता गर्न चाहिने हुनाले सबैजना पैदल नै जाने निष्कर्षमा पुग्छन् ,तर काले र साहिलो अझै नआएकोले केहि बेर उनिहरुू लाई कुरीबस्छन् उनिहरु.................., परको त्यो घुम्तिमा काले देखीन्छ, उ दौडदै उनिहरु सम्म आहि पुग्छ र "जाँउ" भन्छ । "अनि र्साईलो खोई त-" भनेर प्रश्न गर्छन् बाँकिले, उसले भन्छ "र्साईलो त आउन नपाउने भयो, उसका बा ले दाउरा काट्न वनमा पठाकाछन्" । यसरी उनिहरुको समुहमा कोहि न कोहि हरेक पल्ट छुटि रहन्छ,। यस्तैमा र्साईलाको बा लाई सराप्दै अगाडि बढ्छन् उनिहरु.. गाँउको नाम संगै जोडेर आफुहरुलाई......।
जब उनिहरुले खेल जित्छन् त्यहा पनि गाँउकै नाम जोडिन्छ, अनि हामी गौरब गर्दछौं, हाम्रा केटाले जितेछन् भनेर तर उनिहरुको यो संर्घष्ाको पाटो केलाउन तर्फकहिल्यै लाग्दैनौ । सोँच्छु, 'यी कलीला हात हरुमा केहि बल थप्न सके सायद गाँउको नाम जिल्ला सम्म पनि पुग्थ्यो कि, अनि ति साना अनुहारमा पनि केहि मुस्कान भर्न सकिन्थ्यो होला' भनेर । स्थानिय स्तरमा कल्ब पनि नखुलेका भने होईनन्, तर संरक्षणको अभावमा खै कता बिलाएर गए कुन्नी....... पत्तै भएन । त्यसैले आउनुहोस् अब सबै मिलेर केहि न केहि त गरौं आफ्नो गाँउको निम्ती होईन भने हाम्रा भोलीका पुस्तालाई सानै देखी परदेशका सपना देखाउदा फरक नर्पला..................................

10/09/2016

राज्य पुर्नः संरचना गर्ने सन्दर्भमा प्यूठानमा ७ र ९ वटा पालिका रहेको दुई वटा खाका तयार भएको छ ।
७ गाँऊ तथा नगरपालिकाको खाका
१) नाम ः गौमुखी गाँऊपालिका (विशेष क्षेत्र)
केन्द्र ः पुजालिवासे
गाविसहरु ः रजवारा, अर्खा, खुङ्ग, लिवाङ (१–६), नारीकोट, पुँजा
२) नाम ः ओखरकोट गाँऊपालिका
केन्द्र ः मच्छी
गाविसहरु ः ओखरकोट, बाँदिकोट, बाङ्गेमरोठ, तोरवाङ, तुषारा, लिवाङ (७–९)
३) नाम ः नौबहिनी गाँऊपालिका
केन्द्र ः बाहाने
गाविसहरु ः स्याउलिवाङ, खवाङ, लिघा, डामृ, लुङ, फोप्ली
४) नाम ः झिमरुक नगरपालिका
केन्द्र ः खलंगा
गाविसहरु ः मरन्ठाना, खैरा, दाखाक्वाडी, विजयनगर, विजुवार, धर्मावती, खलंगा, धरमपानी, चुँजा, माझकोट, जुम्रिकाँडा, रम्दी
५) नाम ः ऐरावती गाँऊपालिका
केन्द्र ः पुरानो पुरनठाँटी (ददेरीपाटा)
गाविसहरु ः दाङवाङ, बरौंला, पकला, धुवाङ (१–६ र ९), रस्पुरकोट, विजुली
६) नाम ः स्वर्गद्धारी गाँऊपालिका
केन्द्र ः भिंगृ
गाविसहरु ः कोचिवाङ, स्वर्गद्धारी, भिंगृ, सारी, बेलवास, बर्जिवाङ, गोठिवाङ, नयाँगाँऊ (७, ८, ९)
७) सरुमारानी गाँऊपालिका
केन्द्र ः तिराम मोतिपुर
गाविसहरु ः बाङ्गेशाल, हंसपुर, ढुङ्गेगढि, धुवाङ (७ र ८), तिराम, नयाँगाँऊ, (१–६), मर्कावाङ, उदयपुरकोट

९ गाँऊ तथा नगरपालिकाको खाका
१) नाम ः गौमुखी गाँऊपालिका (विशेष क्षेत्र)
केन्द्र ः पुजालिवासे
गाविसहरु ः रजवारा, अर्खा, खुङ्ग, लिवाङ (१–६), नारीकोट, पुँजा
२) नाम ः ओखरकोट गाँऊपालिका
केन्द्र ः मच्छी
गाविसहरु ः ओखरकोट, बाँदिकोट, बाङ्गेमरोठ, तोरवाङ, तुषारा, लिवाङ (७–९)
३) नाम ः नौबहिनी गाँऊपालिका
केन्द्र ः बाहाने
गाविसहरु ः स्याउलिवाङ, खवाङ, लिघा, डामृ, लुङ, फोप्ली
४) नाम ः झिमरुक नगरपालिका
केन्द्र ः विजुवार
गाविसहरु ः मरन्ठाना (१–६), खैरा (६–९), दाखाक्वाडी, विजयनगर, विजुवार, धर्मावती, खलंगा (८), धरमपानी, माझकोट, जुम्रिकाँडा
५) मल्लरानी गाँऊपालिका
केन्द्र ः खलंगा
गाविसहरु ः मलंगा, धरमपानी, चुँजा, मरन्ठाना (७–९), खैरा (१–५)
६) नाम ः ऐरावती गाँऊपालिका
केन्द्र ः पुरानो पुरनठाँटी (ददेरीपाटा)
गाविसहरु ः दाङवाङ, बरौंला, पकला, धुवाङ (१–६ र ९), रस्पुरकोट, विजुली
७) नाम ः स्वर्गद्धारी गाँऊपालिका
केन्द्र ः भिंगृ
गाविसहरु ः कोचिवाङ (२ बाहेक), स्वर्गद्धारी, भिंगृ, सारी, बेलवास, बर्जिवाङ, गोठिवाङ,
८) सरुमारानी गाँऊपालिका
केन्द्र ः बड्डाँडा
गाविसहरु ः बाङ्गेशाल, हंसपुर, ढुङ्गेगढि, धुवाङ (७ र ८), तिराम (५–९)
९) माण्डवी गाँऊपालिका
केन्द्र ः देविस्थान
गाविसहरु ः तिराम (१–४), मर्कावाङ, नयाँगाँऊ, रम्दी, उदयपुरकोट, कोचिवाङ (२)

09/06/2016

....हामी क्षमा चाहान्छौ.........
यहि जेष्ठ २९ गते आयोजना गरिने भनिएको बृहत सम्मेलन अन्तत रद्द गरिएको छ । “गाँउ को लागी केहि त गरौं” भन्ने भावनाले एक पटक फेरी हार खाएको छ । आशा गरे अनुरुपको साथको अभाव अझै पनि खड्किरह्यो । आशा देखाउने हरु खुट्टा तान्नमा लागी परे त्यसैले त हामिलाई पछाडि हट्नु पर्यो । आज हामी पछाडि हट्यौं भन्दैमा हाम्रो सोँच नै मरेको भने होईन । हामी फेरी उठ्ने छौ, अझै बुलंद आवाज लिएर, अझै धेरै जोशका साथ, केहि गरेर देखाउने छौं आफु जन्मेको ठाँउको निम्ती ।
आजको दिन सम्म जो–जस्ले हामी लाई प्रोत्साहीत गर्नु भयो, आफ्नो न्यानो साथ प्रदान गर्नुभयो, सब्बै प्रति हामी आभार ब्यक्त गर्दछौं , आशा छ भोलिका दिन सम्म पनि यहाँहरुको साथ यसरी नै पाउने छौं भन्ने ।
Energetic Youth Club Bangemarrot Pyuthan - EYCBP

Address

Bangemarrot Pyuthan
Pyuthan
00977

Website

Alerts

Be the first to know and let us send you an email when इनर्जेटिक यूथ क्लब, वाङ्गे मरोट प्यूठान Energetic Youth Club - EYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby non profit organizations