24/12/2025
अत्यन्त जरुरी सूचना
शैक्षिक तथा वैदेशिक अध्ययन कर्जा सम्बन्धमा
सहकारी ऐन, २०७४,
सहकारी नियमावली, २०७५ तथा
बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विनियम, आन्तरिक कर्जा नीति एवं कार्यविधिअनुसार,
यस संस्थाका सदस्यहरूलाई शैक्षिक उन्नयन, वैदेशिक अध्ययन तथा सुरक्षित वैदेशिक यात्राका लागि देहायबमोजिमको कर्जा सुविधा उपलब्ध गराइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१. कर्जाको शैक्षिक प्रयोजन
क) स्वदेश तथा वैदेशिक अध्ययन
(कलेज/विश्वविद्यालय शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क, भिसा, हवाई टिकट, बीमा, शैक्षिक सामग्री तथा अध्ययनसँग सम्बन्धित अन्य आवश्यक खर्च)
ख) वैदेशिक रोजगारी (शिक्षा तथा सीपसँग सम्बन्धित)
(सीप अभिमुखीकरण, तालिम, डिमाण्ड लेटर, टिकट, भिसा तथा सुरक्षित वैदेशिक यात्राका लागि आवश्यक खर्च)
२. ब्याजदर सम्बन्धी व्यवस्था
• संस्थाको निर्णयअनुसार वार्षिक अधिकतम ८.५०% ब्याजदरमा
• ब्याजदर १ वर्ष सम्म परिवर्तन नहुने
३. कर्जा स्वीकृतिका आधार
• संस्थाको नियमित सदस्य हुनु पर्ने
• शैक्षिक भर्ना/अध्ययन सम्बन्धी प्रमाणित कागजात पेश गर्नु पर्ने
• आवश्यक धितो वा जमानत पेश गर्नु पर्ने
• कर्जा स्वीकृति कर्जा उप–समितिको सिफारिस तथा
सञ्चालक समितिको निर्णयबमोजिम हुने
४. भुक्तानी तथा कानुनी दायित्व
• तोकिएको समयभित्र सावाँ तथा ब्याज भुक्तानी अनिवार्य
• शैक्षिक प्रयोजनबाहेक अन्य कार्यमा कर्जा प्रयोग गरेमा
प्रचलित कानुनबमोजिम कारवाही हुने
५. अन्य व्यवस्था
• सम्पूर्ण कर्जा प्रवाह संस्था–नियम, विनियम तथा
प्रचलित कानुनको अधीनमा रहने
• कर्जा सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा सुरक्षित रहने