चितवन उद्योग संघ राप्ती समिति

  • Home
  • चितवन उद्योग संघ राप्ती समिति
Directions Website

चितवन उद्योग संघ राप्ती समिति Building Chitwan's Industries, Fostering Unity and Progress
An Umbrella Organization of Industries

14/08/2026
चितवन औद्योगिक विकास साकोसको १३ औं बार्षिक साधारण–सभा सम्पन्नभरतपुर/चितवन उद्योग संघमा आवद्ध सदस्य उद्योग र उद्योगका सञ्...
25/10/2024

चितवन औद्योगिक विकास साकोसको १३ औं बार्षिक साधारण–सभा सम्पन्न
भरतपुर/चितवन उद्योग संघमा आवद्ध सदस्य उद्योग र उद्योगका सञ्चालकहरु शेयर सदस्य बन्न पाउने गरी सञ्चालन भएको चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्यवहाक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि दवाडीले सहकारीप्रति मानिसहरुको विश्वास घट्दै गएपनि सहकारीको मापदण्डमा रही सञ्चालनमा रहेका सहकारीहरुले गर्ने उदाहरणीय कार्यहरुले अझैपनि शेयर सदस्यहरुको विश्वास जितिरहेको बताउनुभयो । समाजमा रहेका केही त्यस्ता मापदण्ड विपरित सञ्चालनमा रहेका सहकारीहरुलाई जरैदेखि निमूल पार्दै आफ्ना सदस्यहरुको हकहितका लागि काम गर्ने सहकारीहरुले नमूनायोग्य कामहरु गर्दै समाजमा उदाहरणीय अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारी, अतिथिहरु चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष विद्या कोइराला, चितवन जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य बिष्णु पौडेल लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित अध्यक्षको बार्षिक प्रतिवेदन सचिव सरिता खनाल पौडेलले आ.व.०८०/०८१ को सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रमेश्वर भण्डारीले आ.व.०८०/०८१ को कोषाध्यक्ष एवम् ऋण उपसमितिको प्रतिवेदन तथा आ.व.०८१/०८२ को लागि प्रस्तावित बजेट प्रस्तुत, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मण पोखरेलले आ.व.०८०/०८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा धितो जमानतको ऋण कारोबारमा आदर्श ऋणिको रुपमा आइरन रट डिजाइनिङ्ग एण्ड प्रोडक्सन वर्कशप (सदस्यता नं.३३३) का रमा पन्त, सेवक गु्रप प्रा.लि. (सदस्यता नं. ३५२) का विनोद पन्त, समूह जमानतको ऋण कारोबारमा आदर्श ऋणी विनायक कृषि औजार उद्योग (सदस्यता नं.३४४) का शिव खनाल, बानियाँ ब्लक एण्ड कंक्रिट उद्योग (सदस्यता नं. ५१) का नवराज बानियाँ, नेपाल कृषि तथा पशुपंक्षी फर्म (सदस्यता नं. ५३२) का सीता नेपाल, आदर्श वचतकर्तातर्फ चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति (सदस्यता नं.१६२), आशा अस्पताल प्रा.लि. (सदस्यता नं. ४२) का नारायण सिंह कुँबर, निलकमल इन्जिनिरिङ्ग (सदस्यता नं.८१) का ऋषिराम तिमिल्सिना, ज्येष्ठ शेयर सदस्यतर्फ पुरुषतर्फ कुशल पोल्ट्री उद्योग (सदस्यता नं. ५२) का मधुकर घिमिरे, महिलातर्फ नारायणी स्टेशनरी उद्योग (सदस्यता नं.५६७) का कृष्ण कुमारी माडवारनी, उत्कृष्ट वाल वचतकर्ता ईश्वर कुमार श्रेष्ठ (सदस्यता नं.२९६) र प्रतिक्षा श्रेष्ठ (सदस्यता नं.२३०) का सुपुत्र प्रनिशमान श्रेष्ठ र कर्मचारीतर्फ कार्यालय सहयोगी तेजिया थापा मगरलाई सम्मान गरिएको थियो ।
साधारणसभा प्रस्तुत अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा आ.व.०८१/०८२ को लागि प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनहरु माथि छलफल तथा अनुमोदन गरिएको थियो । साथै, साधारणसभाको अवसरमा प्रस्तुत आ.व.०८०/०८१ को लाभांश वितरण, संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण, आ.व.०८१/०८२ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, नियमित मासिक वचत फिर्ता सम्बन्धि कार्यविधि पेश लगायतका थप प्रस्तावहरु पेश गरिनुका साथै निर्णय समेत गरिएको थियो ।
चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको साधारणसभा कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसका कार्यवहाक अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

अमर बहादुर गोले प्रति भावपूर्ण श्रद्धाञ्जलीराप्ती/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष, चितवन औद्योगिक विकास साक...
02/10/2024

अमर बहादुर गोले प्रति भावपूर्ण श्रद्धाञ्जली
राप्ती/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष, चितवन औद्योगिक विकास साकोसका शेयर सदस्य (सदस्यता नं.५८८), संघको सदस्य उद्योग गडी सेक्युरिटी सर्भिस टे«निङ्ग सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक अश्विन गोलेज्यूका हजुरबुबा अमर बहादुर गोले ज्यूको ९० बर्षको उमेरमा भएको निधनले चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोस परिवारलाई स्तब्ध बनाएको छ । मृत्यु शोकको यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्ति र सायुज्य प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
समवेदना प्रकट गर्न चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्की, कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, गोविन्द प्रसाद खनाल, सृजना सोती, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

३३ औं बार्षिक साधारणसभा सम्बन्धि जरुरी सूचना..........!
20/09/2024

३३ औं बार्षिक साधारणसभा सम्बन्धि जरुरी सूचना..........!

महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न अस्मिता डल्लाकोटी र प्रकाश पराजुल...
24/08/2024

महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न
अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले दिए दर्शकहरुलाई भरपुर मनोरञ्जन
भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा भाद्र ०७ गतेदेखि सम्पन्न दोश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को दोश्रो दिन महिला उद्यम प्रबद्र्धनमा नविकरणकीय उर्जाको भूमिका विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नविकरणीय उर्जा कार्यक्रमका डेपुटी टिम लिडर प्रेम सागर सुवेदी कार्यक्रममा मोडरेटरको रुपमा रहनुभएको थियो । सुवेदीले नवीकरणीय उर्जा तथा उर्जा दक्षतामा दिगो उर्जा चुनौती कोष सम्बन्धि प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।
कार्यक्रममा प्यानलिष्टको रुपमा बैकिल्पक उर्जा प्रबद्र्धन केन्द्रकी डेपुटी डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, जण्डा देवी नेपाल इनर्जी प्रा.लि.का टेक्निकल डाईरेक्टर कदम मनी नेपाल, एनएमबि बैंकका ब्रान्च म्यानेजर राम बहादुर साउद, अन्नपूर्ण एग्रो फुड्क्सका प्रोपाइटर प्रतिभा श्रेष्ठ रहनु भएको थियो । छलफलमा सहभागीहरुबाट आएका जिज्ञासाहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुले समाधान गर्नुभएको थियो । महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई चितवन उद्योग संघ, पाठशाला अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको थियो ।
यसैबीच मेलाको दोश्रो दिन राष्ट्रिय कलाकारद्वय अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीले प्रस्तुत गरेका साँगीतिक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मेला अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत मेलाको पहिलो दिन कुपन नं. ६५८ का विमला डि.सि. प्रथम, कुपन नं. ८२३ का देवी पौडेल दोश्रो र कुपन नं. १०१२ का जयन्ती पुन मगर तेश्रो हुन सफल भएका छन् । मेलामा उपहार प्रदान गर्ने दाताहरुमा अमरापुरी कोशेली घर, चितवन उड क्राफ्ट, शर्मा एग्रो प्रोडक्स, नमूना हस्तकला, मान्द्रो नेपाल, प्रकति कपास उद्योग, सन्ध्या पोते हाउस, बि.एम.हस्तकला प्रशिक्षण उद्योग, महाकाली फुड्स प्रोडक्स एण्ड एग्रो प्रा.लि.रहेका छन् ।
कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको थियो ।
मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत नयाँ उत्पादनहरूको प्रदर्शन तथा प्रबद्र्धन गरिने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाहरू खोज्ने, महिला उद्यमीहरुलाई उद्यमशिलताको जगतामा थप हौसला प्रदान गर्ने, साथै तीज पर्वलाई उद्यमशिल सम्बन्धि अनुभवहरु साट्दै सामुहिक रुपमा मनाउने लक्ष्य राखिएको छ ।
मेलामा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स, विभिन्न परिकारका खानाका स्टलहरु लगायतका ६० भन्दा बढी स्टलहरु रहेका छन् ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान समेतगरिएको छ । चितवनका सम्पूर्ण पालिकाहरुबाट आउने अवलोकनकर्ताहरुलाई निःशुल्क वस सेवाको समेत व्यवस्था गरिएको छ ।
मेलाको तेश्रो दिन महिला उद्यमशीलता ः सम्भाव्यता, अवसर र चुनौती विषयमा प्यानल छलफल हुनेछ । साथै राष्ट्रिय कलाकार श्याम राना र पार्वती भुजेलको प्रस्तुति समेत रहने छ ।

Address

Bharatpur-10, Exporoad, Chitwan, Bagmati Province

44200

Alerts

Be the first to know and let us send you an email when चितवन उद्योग संघ राप्ती समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share