08/28/2026
📌 हरितालिका तीज कार्यक्रम स्थगित सम्बन्धी जरुरी सूचना / Important Notice Regarding Teej Celebration Cancellation
🙏 आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
हाल नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण सयौँ नेपाली दाजुभाइ-दिदीबहिनीहरूले ज्यान गुमाउनुभएको छ भने हजारौँ मानिसहरू बेपत्ता र घरबारविहीन भएका छन्। आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरू गहिरो शोक, पीडा र संकटमा परेको यस दुःखी परिस्थितिमा खुसी मनाउनु र सांगीतिक/सांस्कृतिक उत्सव आयोजना गर्नु हाम्रो मानवीय भावना र संवेदना विपरीत हुन जान्छ।
तसर्थ, नेपाली सोसाइटी अफ क्यालिफोर्निया (NSC) को बैठकको निर्णय अनुसार आगामी बुधबार, सेप्टेम्बर ९, २०२६ (Wednesday, September 09, 2026) का दिन Veterans Memorial Hall, Davis मा आयोजना गर्न लागिएको "Haritalika Teej Festival 2026" कार्यक्रम पुर्ण रूपमा रद्द (Cancel) गरिएको जानकारी गराउँदछौँ।
🎟️ टिकट फिर्ता (Ticket Refund):
जति पनि महानुभावहरूले अगाडि नै टिकट खरिद गरिसक्नुभएको छ, उहाँहरू सबैको टिकटको रकम NSC का प्रतिनिधिहरूमार्फत छिट्टै शतप्रतिशत फिर्ता (Full Refund) गरिनेछ।
यस दुःखद क्षणमा हामी सम्पूर्ण पीडित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। यो कठिन समयमा मनोरञ्जनभन्दा पनि मातृभूमिको राहत र पुनरुत्थानमा एकजुट हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ।
तपाईंहरूको बुझाइ, साथ र सहयोगको लागि हार्दिक धन्यवाद।
— नेपाली सोसाइटी अफ क्यालिफोर्निया (NSC) परिवार
🕊️ IMPORTANT ANNOUNCEMENT: CANCELLATION OF TEEJ FESTIVAL 2026
Dear Community Members,
In light of the recent devastating floods and landslides in Nepal, which have tragically claimed hundreds of lives, left thousands missing, and displaced countless families, our hearts go out to everyone affected by this massive disaster.
During this painful time for our homeland, the Nepalese Society of California (NSC) believes it is appropriate to stand in solidarity and grief with our brothers and sisters in Nepal rather than hosting a festive celebration.
Therefore, we regret to inform you that our Haritalika Teej Special Event, originally scheduled for Wednesday, September 09, 2026, at Veterans Memorial Hall, Davis, has been OFFICIALLY CANCELED.
🎟️ Ticket Refunds:
For everyone who has already purchased entry tickets, 100% of your ticket amount will be refunded promptly. Our team will contact you directly to process the refunds.
We express our deepest condolences to the families who lost their loved ones and pray for the safety and swift recovery of those impacted. At this time, our focus shifts toward supporting disaster relief efforts for Nepal.
Thank you for your understanding, compassion, and continued support during this difficult period.
Sincerely,
Nepalese Society of California (NSC)