Khasskhass.com

Khasskhass.com खसखस डट कम - साहित्यिक अनलाइन थलो

श्रष्टा तथा पाठकवृन्द
यहि जुलाई ४, २०११ देखि खसखस डट कम पाँचौ वर्षमा प्रवेश गर्दैछ । तपाईहरुको लेख, रचना, विचार, सल्लाह अनि सुझावले यहाँसम्मको यो यात्रा सम्भव भएको हो । अनि प्राप्त सल्लाह र सुझावको आधारमा सिमित साधन र श्रोतलाई मध्यनजर राख्दै अलिकता नयाँ मुहारमा प्रस्तुत गरेका छौँ । तपाईका सल्लाह र सुझावको अपेक्षा भने निरन्तर रहि नै रहनेछ र तिनलाई कार्यान्वयन गर्ने जमर्को जारी नै रहनेछ ।
नयाँ पुरान

ा साहित्यकार तथा कलाकारहरुलाई एकै थलोमा जम्का भेट गराउने उदेश्यले प्रवासबाट सँचालित यो वेब साईट कत्तिको सफल भयो या नेपाली साहित्यमा के कति योगदान दिन सक्यो भन्ने कुराको विषयमा चर्चा चलाउने जिम्मा चाहिँ तपाईहरुकै । वरिष्ठ साहित्यकार तथा कलाकारका अमूल्य तथा अनुभवी विचारहरु पस्केर आगामी पुस्ताकोलागी केहि मार्गदर्शनकोलागी सहयोग पुगोस् भन्ने उदेश्य बोकेको वेब साईट कत्तिको सफल भयो भन्ने कुराको मूल्याँकन गर्ने जिम्मापनि तपाईहरुकै । तर हाम्रो भन्नु के छ भने गर्न सकिने र गर्नुपर्ने अझै थुप्रै छन् । र यसलाई पुरा गर्न हामी विस्तारै विस्तारै लागी परेका छौँ ।
एक व्यक्ति, सिमित साधन, श्रोत र समयको परिवेशमा सँचालित यस वेब साईटले अहिलेसम्म दिँदै आएको साहित्यिक खुराकको बारेमा प्राप्त प्रतिक्रियाहरु हाम्रोलागी हौसला प्रदायक रहेको छ । तर माथि नै भनिए झै गर्नुपर्ने या गर्न सकिने अझ थुप्रै छन् । मात्र साधन, श्रोत, समय र सहयोगको खाँचो छ । त्यस्तै यस वेबसाईटका अक्षम्य गल्तीहरु नभएपनि गल्ति नभएको पक्कै होईन होलान् । तिनलाई सुधार गर्दै लैजानुपनि हाम्रो ध्येयमध्येको एक रहेको छ ।
अन्य नेपाली साहित्यिक पत्रिका या सँस्थासँग हातेमालो गरेर नेपाली साहित्यको उत्थानमा होस्टेमा हैँसे गर्ने उदेश्यले गत वर्षदेखि कुबेतबाट प्रकाशन हुने मासिक पत्रिका 'स्पन्दन'लाई पिडिएफमा खसखस डट कममार्फत सार्वजनिक गर्दै आएका छौँ । यो शुरुवात हो । आगामी दिनहरुमा यसैगरि नेपाली भाषाका अन्य साहित्यिक पत्रिकाहरुलाई यस वेबसाईट मार्फत सार्वजनिक गर्दै जाने जमर्को गर्नेछौँ । यस बारेमा तपाईहरुको सल्लाह, सुझाव र सहयोग पाईने नै छ । यसैगरि समाचार मूलक 'साहित्यिक गतिविधि' तथा साहित्यिक 'सूचना/विज्ञप्ति'पनि आरम्भ गरेका छौँ | यस्ता साहित्य सम्बन्धि सूचना/विज्ञप्ति प्रत्यक्ष रुपले हामीलाई उपलब्ध गराउनु पर्छ | 'मास' इमेलमा आएका सूचनालाई 'मास' नै भन्ने ठानेर उचित ध्यान दिन असमर्थ रहने छ | यसमा तपाईंहरुको सक्रिय अनि उपलव्धि मूलक तथा उत्पादक सहभागिता रहने नै छ भन्ने पूर्ण विश्वास लिएका छौँ |

स्पन्दनका सम्पादक तथा साहित्यकार होमबहादुर क्षेत्रीसँग सम्पर्क गराईदिने व्यक्ति हुनुहुन्छ वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष श्री कमलमणी दिक्षित । हाम्रो एकार्काको विचार एउटै एउटै लागेकोले कमलदाईले चिनाईदिनुभएको हो । यो हाम्रो स्व-सुकर्मको प्रतिफलको रुपमा लिएको छुँ ।
साहित्यलाई पुट दिने उदेश्य हुँदा हुँदैपनि थप रचना राख्ने रहरमा अन्य वेब साईटबाट कपि पेष्ट भने हामी गर्दैनौँ । फेरि एउटै रचना सर्वत्र पठाइएकोलाई पनि हामी टेर्दैनौँ । खसखस डट कमलाईमात्र पठाईएको रचनामात्र प्रकाशित गरिने हुँदा यो साईट छिटो छिटो अद्यावधिक हुन पाएको छैन । आफ्नोपन कायम राख्न हामीले यसो गर्नुपरेको हो । फेरी प्रत्यक्ष राजनैतिक या यससंग सम्बन्धित लेख रचनाहरुलाईपनि हामीले समावेश गर्न उचित ठानेका छैनौं |

अनि अर्को अनुरोध के भने खसखस डट कममा प्रकाशित लेख रचनाहरु तपाईंहरुले प्रकाशन गर्न चाहेमा पूर्व स्वीकृति लिनु भए पत्रकारिताको धर्म निर्वाह हुने थियो | इमेलको आधारमा संसार सानो भइ सकेको छ | सम्पर्क जहाँबाट जहाँ पनि गर्न सकिन्छ | तै पनि यदि त्यो सम्भव नभए 'खसखस डट कम बाट साभार' भन्न नछुटाउने भए गुनासोको कुनै स्थान रहने छैन |
यति हुँदाहुँदै पनि चार वर्षको यात्रा पुरागरि पाँचौ वर्षमा प्रवेश गर्नलागेको यस वेब साईटलाई तपाईहरुको साथ सदा झैँ रहने छ भन्ने विश्वासकासाथ यो भनाई यत्ति नै ।
धन्यवाद !

बासु श्रेष्ठ
www.khasskhass.com
Email: [email protected]

10/09/2024

फरक धारबाट:

२०७२ सालमा गणतान्त्रिक संविधान जारी भएपछि अब देशको चौतर्फबाट राजधानी सर्ने क्रम कम हुँदै बन्द नै हुनेछ भन्ने मेरो आँकलन झन्डै दशबर्षपछि गलत साबित भएको अनुभूत गरेको छु |

किनभने, संविधान अनुसार गठित स्थानीय सरकार, प्रदेश सरकारबाटै सम्पूर्ण सेवा प्रवाह भएपछि राजधानी किन धाउलान् भन्ने लागेको थियो | तर, तीनै सरकारको अकर्मन्यताले राजधानी धाउनेमात्र होइन बसाईं सराईंमा नै झन् वृद्धि भएको छ | काठमाडौँले यो भीड थेग्न नसक्ने भएको छ | यही भीड थेग्न नसकेर उपत्यकाले बाढीको रुपमा अलिकति भएपनि बिसाउन खोजेको हो भन्ने लाग्छ |

उसो त स्थानीय सरकारले केहि नगरेको भन्ने पनि होइन | त्यो हो जथाभावी डाँडा खोस्रेर बाटो बनाउनु | तर, न कुनै अध्ययन, न कुनै परिक्षण, न कुनै विज्ञता | जसोतसो लाइसेन्स लिएका डोजरधनीलाई विज्ञको रुपमा जिम्मा दिएर आँधो पाराले खोस्रिएका डाँडा पहाडले कति धान्नु? आखिर पहिरोको प्रकोप आएरै छोड्यो | आएको बजेट उपयोग गर्ने नाममा मनलागी सार्वजनिक खर्च गरेको पनि देखिन्छ र त्यस खर्चको स्वरूप हेर्ने हो भने उपयोग नभई दुरुपयोग भएको यकिन हुन्छ | कतिपय बाटाका अन्त्य बिना गन्तव्यका, बेठगान टुंग्याईएका हुन्छन् | यी अपूर्ण बाटोले पूर्णता कहिले पाउँछ, गर्भमै छ |

स्थानीय सरकारमा अर्को चरम विकृति भनेको राजनैतिक दलकाबिच हुने मतभेदले कार्ययोजना हुन नपाउनु, सफलता नपाउनु पनि हो | यी तहमा मिश्रित दलको कार्यकारी गठन भएका छन् भने जनमुखी कार्य कसले गर्ने, कसले रोक्ने, कसले जस लिने भन्नेजस्ता कुत्सित मनोभावपूर्ण द्वन्दले स्थानीय जनता मारमा परेका छन् | यो रोग केन्द्रबाट सरेको रोग हो | स्थानीय तहमै बसउठ गर्नुपर्ने यी जनप्रतिनिधिहरु दलीय स्वार्थमा जनहितका जनसेवा बिर्सन पुग्छन् | अपितु हुनुपर्ने त, दलीय मतभेदलाई अलग राखेर एकजुट भई चुनावमा गरेका वाचा पुरा गर्न दत्तचित्त हुनुपर्ने हो |

मतदातामा अहिले देखिएको टड्कारो परिवर्तन के हो भने, जसले विकासको काम गर्छ, उसलाई भोट दिने | अब दलवादी होइन, व्यक्तिवादी भएका छन् | अर्थात न्यूनलाई छोडेर अधिकाँश मतदाता व्यक्ति हेर्ने भएका छन् | क उम्मेदवार कुन दलसँग सम्बन्ध राख्छ भन्ने सोच नराखी क ले केकति काम गर्यो वा गर्छको आधारमा मत दिने भएका छन् | तसर्थ, यी जनप्रतिनिधिहरुले यही कुरा मनन गरेर, दलीय विचारलाई छेउमा राखेर, जनता र सेवालाई सर्वोपरी राखेर काम गरे यिनकै विजय अवश्यम्भावी छ | होइन भने, वर्तमान परिस्थिति झैँ, न हाँसको चाल, न कुखुराको चाल मै देश घस्रीईरहने छ | के देशले चाहेको यही हो त?

दशैँको शुभकामना सहित |

काठमाडौँमा तीन दिन अविरल परेको बर्षातपछि अहिले राती  दशबजेसम्मकोलागी रोकिएको छ | त्यसपछि हुने भारी बर्षाको अवस्था तलको च...
09/28/2024

काठमाडौँमा तीन दिन अविरल परेको बर्षातपछि अहिले राती दशबजेसम्मकोलागी रोकिएको छ | त्यसपछि हुने भारी बर्षाको अवस्था तलको चित्रले चित्रण गर्दछ |
सबैजना सजग र सुरक्षित रहौं | नदी खोला अतिक्रमण नगरौँ | उसको हक उसैलाई फिर्ता दिउँ र आफु ढुक्कले सुरक्षित बसौँ |

09/28/2024

तीन दिनदेखिको अतिवृष्टिले काठमाडौँका खाल्डाखुल्डीले सिंगारिएका सडक विभागअधिनस्थ सडकहरु नदीमा परिणत भएको छ भने गुमेको आफ्नो बाटो खोज्दै हिंडेका नदी पनि घरघर पस्नेमात्र नभएर बाटो सडक जलमग्न बनाएको छ |

यसले गर्दा आवागमनमा व्यापक कठिनाई परेको अनुभूत गर्दै बेला न कुबेला बिदा दिने सरकारले उपत्यकावासीलाई आज विदा दिए हुन्नथियो भन्ने हाम्लाई लाइ रा'छ |

सरकारलाई लाउँछ?

02/15/2022

प्रखर समालोचक, गहन नियात्राकार तर कमलो मनका वरिष्ठ साहित्यकार डा. ताना शर्माले फेब्रुअरी १५, २०२२ कादिन आफ्नो देहत्याग गरेका छन् | लामो समयदेखि मधुमेह तथा रक्तचापका बिरामी डा. शर्मालाई जीवनको उत्तरार्धमा बिर्सने रोग डिमेन्सियाले समेत च्याप्दै लगेको थियो |
ईलामको बरबोटेमा जुन २३, १९३४ का दिन जन्मिएका शर्माको 'बेलायततिर बरालिंदा' नामक कृतिले २०२७ सालको मदन पुरस्कार प्राप्त गरेको छ भने उनका अन्य कृतिहरुमा पाताल प्रवास, सम र समका कृति, घनघस्याको उकालो काट्दा, नमस्ते निबन्ध सङ्ग्रह, मेरो कथा, जमर्काहरू लगायत झन्डै १०० भन्दा बढि कृतिहरु प्रकाशित छन् | यसैगरि सम र समका कृतिले साझा पुरस्कार प्राप्त गरेको छ |
झर्रोवादका अभियन्तामध्येका एक डा. शर्माले अमेरिकाको विस्कन्सन म्याडिसन विश्वविद्यालयबाट भाषा शास्त्रमा विद्ध्यावारिधि गरेका थिए | मबिबिशाहको 'उसैकोलागी' कृतिको समीक्षा गरे बापत जेलसजाय भोग्न पुगेका शर्माले सोहि अवधिमा 'ओझेल पर्दा' पहिलो कृतिको रुपमा प्रकाशित गरेका थिए |
उनका श्रीमती तथा दुई छोरा रहेका छन् |

वरिष्ठ साहित्यकार स्व. रमेश विकलको आवरण चित्रसहित रचनाको १७३ अङ्क सदाको झैं गीत/गजल, कथा/लघुकथा, संस्मरण/समीक्षाकासाथ प्...
12/12/2021

वरिष्ठ साहित्यकार स्व. रमेश विकलको आवरण चित्रसहित रचनाको १७३ अङ्क सदाको झैं गीत/गजल, कथा/लघुकथा, संस्मरण/समीक्षाकासाथ प्रस्तुत छ |

http://www.khasskhass.com/new/main.php?action=view_other&id=633

12/09/2019

आज राष्ट्रपति भवन, शीतल निवासमा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाल प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार अर्पण समारोहमा सम्पन्न भयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनेहरु निम्न बमोजिम थिए ।
प्रज्ञा पुरस्कार:
सत्यमोहन जोशी- प्रज्ञा पृथ्वी पुरस्कार (२०७५-२०७८)
प्राडा त्रिरत्ननारायण मानन्धर- नेपाल प्रज्ञा सामाजिक शास्त्र/सॅस्कृति/दर्शन पुरस्कार (२०७५-२०७६)
प्राडा टङ्कप्रसाद न्यौपाने- नेपाल प्रज्ञा भाषा पुरस्कार (२०७५-२०७६)
मदन रेग्मी- नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५ )
भागिरथी श्रेष्ठ- नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६)
अमर तुम्याहाङ्ग- नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५)-पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यकालागी
अयोध्यानाथ चौधरी- नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५)- तराई-मधेसमा बोलिने मातृभाषा साहित्यकालागी
अमृत योञ्जन तमाङ्ग- नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६ )-पहाडी/हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यकालागी
अशोक थारु- नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६ )- तराई-मधेसमा बोलिने मातृभाषा साहित्यकालागी ।

त्यसैगरि राष्ट्रिय कविता महोत्सव २०७६ पुरस्कारकालागी पुरस्कृत हुनेहरुमा
प्रथम: हेम प्रभास (धादिङ्ग)- परदेश गएका पतिका नाममा कविताकालागी
दोश्रो: सुभाषचन्द्र भण्डारी (डोटी)- किनारका अलिखित संवेगहरु कविताकालागी
१) तेश्रो: प्रज्वल अधिकारी (लम्जुङ्ग)- पाठशाला कविताकालागी
२) तेश्रो: शान्ति शर्मा (सोलुखुम्बु)- उज्यालोको गीत कविताकालागी
३) तेश्रो: प्रकाश बस्नेत (काठमाडौँ)- इन्द्रधनुष कविताकालागी थिए ।
राष्ट्रपतिले नेपाल सरकारले नेपाली भाषा, संस्कृतिको समुन्नतिकोलागि अझ प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने आशा व्यक्त गरिन् । संस्कृती तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेपालभित्र बोलिने सम्पूर्ण भाषा नेपालको सम्पदा रहेको र यसको संरक्षण सम्बर्धन गर्नु सबैको कर्तव्य रहेको बताए । पृथ्वी प्रज्ञा पुरस्कारबाट पुरस्कृत सत्यमोहन जोशीले आफुले पाएको पुरस्कारको नाम पृथ्वीमाथि प्रकाश पर्दै नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे । यसैगरी राष्ट्रिय कविता महोत्सवका पाँचै विजयीहरुले आआफ्ना कविता वाचन गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य उपकुलपति डा. जगमान गुरुङ तथा धन्यवाद तथा समापन मन्तव्य कुलपति गङ्गाप्रसाद उप्रेतीबाट व्यक्त गरिएको थियो ।

10/27/2019

रजनी श्रेष्ठको 'आव्हान' स्वरमा कविता अन्तर्गत सुन्नुहोला |

01/30/2019

नेपालको साहित्य, कला तथा सँस्कृतिको फाँटमा चर्चित व्यक्तिहरुसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौँ जनगीतकार श्याम तमोट । अर्काे अर्थमा लोकप्रिय तथा कालजयी गीत 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ' का रचनाकार हुनुहुन्छ श्याम तमोट जसको रचना बिसँ २०३१ मा भएको हो ।
विसँ २०१० असार १५ गते भोजपुरमा जन्मनुभएका श्याम तमोटले तपाईले कार्यक्रमको शुरुमा सुन्नुभएको गीतका साथै सँघर्ष हो जीवन, जीवन सँघर्ष हो...., अनायासै हुरी चली...,भीरबाट खसे उठ्न होला सजिलो...लगायत झण्डै तीनशय जनगीतको रचना गर्नुभएको छ । नेपालको साँगितिक क्षेत्रमा लोकप्रिय समुह राल्फासँग आबद्ध रहनुभएका श्री तमोट राष्ट्र्यि प्रतिभा पुरस्कार २०६७।२०६८, प्रबल जनसेवाश्री चतुर्थ पदक २०७१ ल्गायत थुप्रै दुई दर्जन मानपदवीबाट सम्मानित हुनुभएको छ ।
आउनोस् यिनै कालजयी जनगीतकार श्याम तमोटलाई कार्यक्रममा स्वागत गरौँ ।

08/12/2018

प्रिय साहित्यप्रेमी मित्रहरु,
अमेरिकाको एकमात्र विशुद्ध नेपाली साहित्यिक वेबसाइट खसखस डट कम सन् २००७ जुलाई ४ देखि नेपाली साहित्यको सेवामा अटूट रुपमा लागेको यहाँहरुलाई विदितै छ |
मेरो व्यक्तिगत समय र आर्थिक खर्चको आधारमा चल्दै आएको यो वेबसाइटको खर्च अब बिस्तारै एक्लैले धान्न नसकिने अवस्थातिर उन्मुख पनि हुँदैछ |
शुरुका केहि वर्ष यसको खर्च भनेको डोमेन नाम, वेब साइट निर्माण र वेबसाइट अपडेट राखिनकोलागी मात्र थियो भने केहि वर्ष यताबाट सर्भर खर्चपनि थपिएको छ | त्यसमाथि, वर्तमान वेबसाइटको स्वरूपमा परिवर्तन गरि आकर्षक र प्रयोगकर्तामैत्री बनाउने विचारले वेब डेभलपरसँग कुराकानी भई रहेको छ | जसमा कम्तिमा ५०० देखि ७०० डलरको अनुमान गरेको छु | यस बाहेक अर्को ५०० डलर हालसालै तिर्नु पर्ने अवस्थामा छु भने दुई हप्ता अगाडी २५० डलर खर्च गरि सकिएको छ |
तसर्थ, खसखस डट कमका हितैषी तथा साहित्यिक मित्रहरुमा म सल्लाह माग्दै सोध्न चाहन्छु:
१) के मैले जे गर्दै आइ रहेको छु त्यो ठिक छ?
२) यसलाई मेरो एक्लो पहलमा नै निरन्तरता दिनु उचित छ?
३) के यसलाई निरन्तरता दिन आर्थिक सहयोगको अपेक्षा गरिनु उचित हुनेछ?
४) यदि ३ उचित छ भने के कसरी आर्थिक सहयोग जुटाउनु बेश होला?
५) या माथिका कुनैपनि उचित नदेखिएकोले खसखस डट कम बन्द गरिनु उचित होला?

Address

Woodbridge, VA
22191

Alerts

Be the first to know and let us send you an email when Khasskhass.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khasskhass.com:

Share