10/10/2017
मिति:- 10/09/2017
धन्यवाद ज्ञापन !
कनेक्टिकटवासी सम्पुर्ण आमाबुवा , दाजुभाइ , दिदीबहिनी एवं पत्रकार साथीहरुमा
एन आर एन कनेक्टिकट स्टेट च्याप्टरले यहि अक्टोबर ८, 2017 मा आयोजना गरेको शपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सहभागी भैइ कार्यक्रमको शोभा बढाईदिनु भएकोमा सि टि च्याप्टरको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
यहाँहरु सबैलाई पहिल्यै पनि जानकारी गराईसकेको छौ कि एन आर एन, एन सि सि , यु एस ए को गत सेप्टेम्बर ५/६ मा भएको आम चुनावबाट केन्द्रिय र स्थानिय राज्य तहको कार्यसमितिको पदाधिकारीहरुको चयन भैइसकेको छ र साथै सेप्टेम्बर १६ मा बाल्टिमोरमा भएको एन आर एन ए , एन सि सि अफ यु एस ए को छैटौं बार्षिक साधारण सभासहितको कन्भेन्सनमा अधिकाङ्ग्स केन्द्रिय र स्थानिय तहका निर्वाचित पदाधिकारीहरुले प्रमुख निर्वाचन आयुक्तबाट सामुहिक सपथ खाईसकेका छौ । उक्त कार्यक्रममा अनुपस्थित हुनुहुने कनेक्टिकट च्याप्टरका बाकी पदाधिकारीहरुलाई यहाँहरुको उपस्थिति र रोहवरमा पदिय आचरण, मर्यादा र कर्तब्यको सपथ गराइएको छ साथै निर्वाचन आयोगबाट उपलब्ध गराइएको ओहोदाको प्रमाणपत्रहरु पनि हस्तान्तरण तथा बितरण गरिएको जानकारी गराइन्छ।
एन आर एन ए , कनेक्टिकट च्याप्टरको उक्त कार्यक्रममा उपस्थिति जनाई आतिथ्य ग्रहण गर्नुहुने एन आर एन, एन सि सि का केन्द्रिय उपाध्यक्ष श्री राम कुमार सुवेदी , केन्द्रिय सचिब श्री होमनाथ गौतम , एस एन ए , ब्रान्फोर्डका अध्यक्ष श्री रामचन्द्र श्रेष्ठ , नेकोनका का. मु .अध्यक्ष श्री हरि प्रसाद जोशी , एभरेस्ट सेन्टेनियल लाएन्स क्लब का चार्टर्ड प्रेसिडेन्ट श्री राजकुमार श्रेष्ठ, मेधेसी एसिसोयसन अफ न्युईङ्ग्ल्यान्डका उपाध्यक्ष देबनाथ महतो , एन आर एन ए अमेरिकाको पुर्व उपाध्यक्ष तथा सल्लाहकार श्रीमती डा. बिद्या रन्जित , नुन चिनी पानी अमेरिकाका अभियन्ता एवं चर्चित हास्यब्यङ्ग्य कलाकार श्री अर्जुन दहाल, एन आर एन ए अमेरिकाका पुर्व केन्द्रिय बोर्ड अफ डाइरेक्टर श्री लक्ष्मी बजगाई, नेकोनका प्रमुख सल्लाहकार श्री कृष्ण अधिकारीज्युहरुबाट 2017-2019 का लागि नबनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनु भएकोमा बिशेष धन्यवाद दिन चाहन्छौ ।
साथै यसो भन्दै गर्दा , एन आर एन कनेक्टिकट च्याप्टरले कनेक्टिकट राज्यभित्र दरिलोसङ्ग स्थापित दुई सामाजिक सस्थाहरु नेपालिज असोसियन अफ कनेक्टिकट ( नेकोन) र सोसाइटी अफ नेपालिज ईन अमेरिका ( एस एन ए) का लागि सामुदायिक भवन तथा सास्कृतिक केन्द्र स्थापनाको लागि आवस्यक पर्ने पुर्वाधारहरु तयार गर्न कनेक्टिकट राज्यभित्र स्थापित संघ सस्थाहरु र केन्द्र सङ्ग समन्वय गरि सहयोग पुरयाउने प्रतिबद्धता गरिएको जानकारी गरिन्छ भने चाडै नै एन आर एन आईडि कार्ड सम्पुर्ण सदस्यहरुलाई उपलब्ध गराईन पहल गर्ने प्रतिबद्धता जाहेर गरिएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ।
कार्यक्रम गर्नको लागि कार्यक्रम स्थल" टेस्ट अफ ईन्डिया" वेस्ट हार्टफोर्डको हल र पाहुनालाई चिया कफि उपलब्ध गराईदिनु भएकोमा वरिष्ठ समाजसेवीहरु श्री गणेश अर्यालज्यु , श्री गोपाल पोख्रेलज्यु र श्री राम चौधरीज्युलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौं ।साथै पाहुनालाई लन्चको ब्यबस्था गरिदिनु भएकोमा बाम्बे ओलिभ रेस्टुरेन्टका प्रोप्राईटर श्री अर्जुन देबकोटा ज्यु , हेम गुरुङ्ग र गङ्गा गुरुङ्ग ज्युहरुलाई धन्यवाद टक्र्याउदछौ।
अन्त्यमा पुनः कार्यक्रममा उपस्थित भैइ कार्यक्रमको महत्त्व र शोभा बढाइदिनु भएकोमा सम्पुर्ण गन्यमान्य सदस्यहरु एवं महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।धन्यवाद ।
घनश्याम खड्का
अध्यक्ष एवम्
कनेक्टिकट स्टेट च्याप्टर परिवार
गैर आवसिय नेपाली संघ , अमेरिका ।