11/09/2025
नेपाली राजनीतिक को दुखद पक्ष !००७ साल देखि वर्तमान सम्म ।
नेपाल को इतिहास मा नेपाली जनता ले राजनीतिक परिवर्तनका नाम मा धेरै दुख कस्ट भोगनु परेको छ । हामी अध्यन गर्न सकछौ । २००७ साल को क्रान्ति जुन राणा शासन हटाउनु थियो । प्रजातन्त्र स्थापना गर्नु थियो । क्रान्ति सफल भयो । जनता रैती बाट नागरिक बने । ००७ साल देखि २०१५ साल सम्म आपसिक मतभेद मैं बित्यों । २०१५ को आम निर्वाचन ले जन निर्वाचित सरकार बन्यो । जन नायक बि पि पहिलो जन निर्वाचित प्रधानमन्त्री बने । साशन सत्ता राम्रो रूपमा नै चलेको थियो । सुधार का काम हुडै गएको थियो । तर राजा महेन्द्र ले यो सरकार लाई अपदस्थ गरे । यो दुखद पक्ष रहेको छ ।
जनता पुन आंदोलित बन्नु पर्यों । विकास ले गति लिन पाएन । ०३६ मा जनमत सग्रह गरियो । जनता को आग्रह लाई त्यो बेला को साशक वर्ग ले कुलचिन पूग्यों बहुदल पक्ष लाई हराइयो । ०४२ मा सत्याह ग्रह गरियो । त्यस्लाई पनि तुहाइयो । ०४६ साल मा दोश्रो जन आंदोलन गरियो । पुन प्रजातन्त्र स्थापना भयो । दलहरू फुकुवा भए । ०४८ मा आम निर्वाचन भयो । दोश्रो जन निर्वाचित प्रधानमंत्री गिरिजा प्रसाद कोइराला बने । यो सरकार पनि ३ बर्ष मा आफ्नै कारण ले ढल्यो । यो दुखद पक्ष नै थियो । ०५२ मा मावबादी बिद्रोह सुरु भयो । जनता मा अशांति छायो । यसै क्रम मा ०५८ मा राजा बीरेन्द्र को बंश नास भयो । राजा ज्ञानेंद्र ले शक्ति आफ़्नो हात मा लिए । ०६३ मा विद्रोही मावबादी र सात राजनीतिक दलहरु ले तेश्रो जन आंदोलन को घोषणा गरे । आंदोलन ले लोकतन्त्र को स्थापना गर्यों । ०६५ मा गणतन्त्र नेपाल को स्थापना स्मेत भयो । २३८ वर्ष को राजतन्त्र समाप्त भयो । जनता का छोरा राष्ट्रपति बन्न थाले । जनता को सरकार पनि भैरहेकै स्थिति थियो । तर जनता ख़ुशी हुन सकेनन । विकास को गति जुन रूपमा हुनु प्रथ्यो त्यो हुन सकेको आम जनता ले महसुश गर्न सकेनन । सु शाशन को प्रत्याभूति भएन । गणतन्त्र को १५ ब र्ष को शासन पनि उत्साप्रदक हुन नसकेकों भन्ने कुरा जनता मा रही रयो । दलहरु मिलीजुली सरकार बनाउने आफ़ना मानिस नियुक्त गर्ने, भ्रस्टाचार का ठुला ठुला काण्ड ले युबाहरु पनि आक्रोशित बने । जुन गत भाद्र २३, २४ को जेंजी आंदोलन चरम आक्रोश को केंद्र बिन्दु बन्यो । जस्ले शक्ति शाली भनिएकों सरकार लाई बिस्तापित गरी दियो ।
यसरी दलहरु को रवैया नेपाली नागरिक ले मन पराएनन । दल तथा तिनका नेताहरु सुधृण बारम्बार सजग गराउदा पनि नसुधृनुले वर्तमान को स्थिति पैदा भएको हो भन्न मा कुनै द्विविधा रहेंन । अझै सुधृने कुरा मा दलहरू ले छाटकाट देखाएका छैनन । यो विडंबना दुखद पक्ष नै हो भन्नु परेको छ ।
यस प्रकारका परिस्थितिले नेपाली जनता र देश ले दुख पाइरहेको विद्धमान अबस्था छ । अब जेंजी पुस्ता ले कसरी यो डामाडोल को अवस्था लाई पार लगाउछ भविष्य ले बताउला । फ़ाल्गुन २१ मा चुनाव गर्ने भनियेको छ । चुनाव हुन सकने कुनै ग्यारेंटी छैन । भैहाले मा पनि आउने परिणाम कस्तो हुने हो! पुन खिचड़ी सरकार बन्ने स्थिति छ । संसद विघटन गरियेकों छ । चुनाव बाट पनि पुरानै संसद को ढांचा मा आउने हो । केही नया अनुहार आउलान तर पनि परिवर्तन खासै आउने देखिडैन । यसरी नेपाल को राजनीति को स्थायी समाधान हुने कहिले? दुखद पक्ष ज्यू का त्यू छ ।