Nepali American News

Nepali American News News & Media

https://hollywoodkhabar.com/archives/4100
08/13/2026

https://hollywoodkhabar.com/archives/4100

नेपाली कांग्रेसका पूर्वसभापति तथा नेपालका पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिसोधले होइन आपसी मतभेद, व.....

जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कार्की उम्मेदवारनेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक...
08/13/2026

जनसम्पर्क समिति अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कार्की उम्मेदवार

नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक्सस निवासी ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने कुरा एक कार्यक्रम गर्दै घोषणा गरेका छन्। अगष्ट १०, २०२६ सोमबार उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दै कार्कीले आगामी अगस्ट १४, १५ र १६, २०२६ भर्जिनिया राज्यमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए। नेपालमा ट्रेड युनियन कांग्रेसका रूपमा पहिचान बनाएका कार्कीले उम्मेदवारी घोषणा गर्दै आफ्ना विभिन्न प्रतिबद्धता समेत सार्वजनिक गरेका छन्। उनका प्रतिबद्धतामा सशक्त संगठन निर्माण, आर्थिक पारदर्शिता र मितव्ययिता, समावेशी प्रतिनिधित्व, नेतृत्वमा अवसरको न्यायोचित वितरण, अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता वृद्धि, नेपाली कांग्रेससँग बौद्धिक तथा प्राविधिक सम्बन्ध विस्तार, सहमति–सहकार्य र संस्थागत विकास तथा प्रवासी नेपालीको सुखदुःखको सारथीका रूपमा नेपाली जनसम्पर्क समितिलाई स्थापित गर्ने विषय रहेका छन्।...

नेपाली कांग्रेसको राजनीतिमा पारिवारिक पृष्ठभूमी रहेक्का टेक्सस निवासी ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्प....

08/11/2026
कांग्रेसको नियमित महाधिवेशन पक्षले बिशेषवालालाइ साउन २८ पहिले नै बाटो तताउन निर्देशननेपाली कांग्रेस नियमित महाधिवेशन पक्...
08/10/2026

कांग्रेसको नियमित महाधिवेशन पक्षले बिशेषवालालाइ साउन २८ पहिले नै बाटो तताउन निर्देशन

नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षका नेताहरूले बिशेष महाधिवेशन पक्षलाइ साउन २८ पूर्व नै पार्टी छोडेर बाटो तताउन निर्देशन दिएका छन्। सोमबार काठमाडौंमा आयोजित युवा भेलामा उनीहरूले पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउने प्रयास गरिरहेको जनाएका हुन्। कार्यक्रममा नेता डा. शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गाली-गलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ भएको बताए। पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको छ। सबैको हातमा हात मिलाएर अघि बढ्न सहयोगको खाँचो रहेको छ। संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस पनि झन् निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने कुरा उल्लेख गरे।कार्यक्रममा नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, मोहन बस्नेत लगायत थिए।

नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षका नेताहरूले बिशेष महाधिवेशन पक्षलाइ साउन २८ पूर्व नै पार्टी छोडेर बाटो त.....

कांग्रेसको नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला सभापति, सबै वर्तमान र पूर्व जिम्मेवारलाई निम्तिन...
08/10/2026

कांग्रेसको नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला सभापति, सबै वर्तमान र पूर्व जिम्मेवारलाई निम्ति

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको यहि साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सातै (७) प्रदेशका सभापति, ७७ वटा जिल्लाका सभापति र १६५ जना जना प्रतिनिधि सभा क्षेत्रीय समिति सभापतिहरुलाई सहभागिताका लागि निमन्त्रणा पत्र पठाएको छ । भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार उनीहरूलाई आफू सहभागी हुन र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिए। पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूको राय लिने उद्देश्यले भेला आयोजना गरिएकोले उनीहरूलाई बोलाइएको जानकारी दिए । भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पूर्वमन्त्री, सांसद, प्रदेश सभा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई समेत सहभागी गराइने विश्वकर्माले बताए । त्यसैगरी, महानगरपालिका, नगरपालिका र गाउँपालिका समितिका सभापतिहरूलाई समेत उपस्थित हुने वातावरण बनाइदिन सम्बन्धित क्षेत्रका नेतृत्वलाई पठाएको पत्रमा आग्रह गरिएको छ ।

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको यहि साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्र...

पुनरवलोकन आदेश र डा. कोइरालाको राष्ट्रिय भेलाले अमेरिकाको जनसम्पर्क अधिवेशन प्रभावितबिशेष महाधिवेशनको नाममा नेपाली कांग्...
08/08/2026

पुनरवलोकन आदेश र डा. कोइरालाको राष्ट्रिय भेलाले अमेरिकाको जनसम्पर्क अधिवेशन प्रभावित

बिशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसको नेतृत्व अबैधानिक रुपमा लुटियो त्यसैले यसलाई न्याय पुगेन भन्ने कुरा नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षको छ। त्यहि लुटेको नेतृत्वलाइ निर्वाचन आयोगले एकातर्फ सदर गर्यो अनि सर्वोच्च अदालतले पनि त्यसैलाई सदर गरिदियो। त्यसैले अब पुनारावेशन गरिपाउन भनि दिएको मुद्धामा फुल कोर्टले त्यसलाई पुनरवलोकन गर्न आदेश दियो। उता डा. शशांक कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेला तयारीले नेतृत्व लुटेको पक्ष बिचलित भएको छ। मरिहत्य गर्दा पनि पार्टीको सदस्यता नबढेपछि उनीहरु अतालिएका छन्। ठुलो शक्ति अझै पनि बिशेषवालाको पक्षमा गएन। यसैबीच २०१४ पछि अहिले १२ बर्षपछि हुन लागेको भनिएको सो दलको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन पनि पूर्ण रुपमा प्रभावित भएको छ। नियमित महाधिवेशन पक्षका ठुलो संख्या बिलख-बन्दमा थिए। यो पुनरावेदन र राष्ट्रिय भेलाको तयारीले त्यो पक्ष उतै लागेको छ। धेरैजना अधिवेशनमा नजाने भएका छन्।...

बिशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसको नेतृत्व अबैधानिक रुपमा लुटियो त्यसैले यसलाई न्याय पुगेन भन्ने कुरा न...

जनसम्पर्ककेको रत्यौलीमा बरफ बर्सनेजनसम्पर्ककेको रत्यौलीमा बरफ बर्सने Podcast : Youtube:
08/07/2026

जनसम्पर्ककेको रत्यौलीमा बरफ बर्सने

जनसम्पर्ककेको रत्यौलीमा बरफ बर्सने Podcast : Youtube:

जनसम्पर्ककेको रत्यौलीमा बरफ बर्सने Podcast :   Youtube:  

कांग्रेसको लुटेको नेतृत्व बिरुद्धको निवेदन फैसला पुनरावलोकनको हुने, इजलास समेत गठननेपाली कांग्रेस करिब २ बर्ष देखि बिशेष...
08/07/2026

कांग्रेसको लुटेको नेतृत्व बिरुद्धको निवेदन फैसला पुनरावलोकनको हुने, इजलास समेत गठन

नेपाली कांग्रेस करिब २ बर्ष देखि बिशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित छ। बिशेषवालाहरुले नेतृत्व लुटेर लिए। बिशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसको नेतृत्व लुटेर लिएपछि त्यस बिरुद्ध सर्वोच्च अदालतमा आवेदन गरियो। त्यसको फैसला पनि लुटेको नेतृत्व अर्थात बिशेषवालालाइ भयो। नेतृत्व लुटेर त लिए तर कांगेस लिन सकेनन। २० हजार पनि सदस्य नबनेपछि अतालिएका बिशेषवालाहरुलाइ अहिले दुइवटा तिर छेक्नुपरेको छ। पहिलो डा. शशांक कोइरालाको संयोजकत्वमा भेला घोषणा भयो। बिशेषवालालाइ फालेर नियमितवालाले दल लिने त्रास फैलिएको छ। दोश्रो आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै नियमित महाधिवेशन पक्षले दिएको निवेदनमा पुनरावलोकन मात्र होइन यहि बिहिबार अध्ययन नै हुने भएको छ।...

नेपाली कांग्रेस करिब २ बर्ष देखि बिशेष महाधिवेशन र नियमित महाधिवेशनमा विभाजित छ। बिशेषवालाहरुले नेतृत्व लुटेर .....

कांग्रेसको नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेला, ३२ उपसमिति, सोहि दिन पार्टी घोषणा हुनेनेपाली कांग्रेसको नियमित महाधिव...
08/07/2026

कांग्रेसको नियमित महाधिवेशन पक्षको राष्ट्रिय भेला, ३२ उपसमिति, सोहि दिन पार्टी घोषणा हुने

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ जनाको साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारी समिति बनाएको थियो। समितिले विभिन्न ३२ वटा उपसमितिहरु पनि बनाएको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’कै दिन नयाँ दल घोषणा हुने तयारी गरिएको कुरा संबद्ध पक्षले बताएको छ। समितिमा र संयोजकको नामा: १ राजनीतिक प्रस्ताव तयारी समिति : विमलेन्द्र निधि (पूर्वउपसभापति) २ साङ्गठनिक प्रस्ताव तयारी समिति : उमाकान्त चौधरी (पूर्वसहमहामन्त्री) ३ समसामयिक प्रस्ताव तयारी समिति : एनपी साउद ४ विधान समिति : रमेश लेखक...

नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ जनाको साउन २९ देखि ३१ गतेसम्म काठ....

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई फर्जी काण्डमा पक्राउनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र...
08/04/2026

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई फर्जी काण्डमा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई फर्जी काण्डमा संलग्न भएका कारण पक्राउ गरेको छ। १७ वर्षअघि पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईविरुद्ध राहदानी कसुरमा मुद्दा दायर भएको छ। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा सहसचिव भट्टराईविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। सोहि मुद्दामा पक्राउ पर्ने डरले उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएका कारण उनलाई पक्राउ गरिएको हो। अब उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई फर्जी क...

Address

San Francisco, CA

Alerts

Be the first to know and let us send you an email when Nepali American News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali American News:

Share