10/30/2024
धन्यबाद तथा आभार
Oct 27 -24 मा राप्ती समाज अमेरीकाले आयोजना गरेको बिजयादशमी तथा तिहारको उपलक्ष्यमा " भेटघाट तथा सांगीतिक साझ " कार्यक्रमलाई सफलताको उत्सर्गमा पुऱ्याउनको लागी हाम्रो निमन्त्रणा लाई स्वीकार गर्दै संस्था र हामीलाई माया गरेर पाल्नु भई कार्यक्रमको शोभा बढाईदिनु हुने सान फ्रान्सिस्को वे- यरियाका मान्यजन , बुवा- आमा , दाजु- भाई, दिदि बहिनीहरू ,तथा कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा . मिनेन्द्र रिजाल ज्यू , विषेश अतिथी डिकेन्द्र मास्के ज्यू लगायत विभिन्न संघ सस्थाका पदाधीकारी ज्यूहरू , पत्रकार ज्यूहरु सम्पूर्णमा धेरै धन्यवाद तथा आभार प्रकृत गर्दछौ ।
त्यसै गरी बहु चर्चित , ख्याती प्राप्त गायक / गायीका प्रमोद खरेल ज्यू , अन्जु पन्त ज्यू , राप्ती बासीको मुटुको ढुकढुकी चर्चित लोक तथा दोहरी गायक JB वली ज्यू , भाई एक राज डाँगी तगायत स्थानिय कलाकारहरु मिठ्ठो श्वरका धनि वे- यरिका चम्कीला ताराहरु भाई ओस्कार शर्मा, बहिनीहरु Sobe Dhital र प्रविधी क्षेत्रीलाई उच्च सम्मानको साथ धेरै धेरै धन्यवाद तथा आभार प्रकट गर्दछौ ।
यो कार्यक्रमलाई भव्य र सब्य रूपमा सफल बनाउन आवश्यक पर्ने आर्थिक पाटोमा सहयोग गर्ने हाम्रा भगवान रुपी दाताहरु राम श्रेष्ठ ज्यू र राजेश थापा लगायतका अन्य २३ जना दाता ज्यूहरुमा मनै देखी उच्च सम्मान छ हामी हजुरहरु प्रति सधै भरी आभारी छौ
त्यसै गरी संस्था बाहिर रहेर पनि यो कार्यक्रम सफल बनाउन को लागी अहोरात्र खट्नु भएका हाम्रा आदरनिय व्यक्तित्व डिल्ली भट्टराई ( दिप ) ज्यू , प्रतक्ष्य अप्रत्यक्ष्य रूपमा भरपुर सहयोग गर्नु हुने आदरनिय व्यक्तित्व श्रीराम थापा काजीसाव ज्यू र हामी लाई हरपल सल्लाह , सुझाब र सहयोग दिनुहुने प्रीय भाई जनक राज ढुङगाना ज्यू लाई उच्च सम्मान तथा आभार प्रकट गर्दछौ ।
त्यसै गरी टेक्निकल पाटो बलियो बनाउन स - सक्त रहनु भएका डिजाईनर Umesh Gajural ,DJ Finjo भाई , फोटोग्राफर अर्जुन के. सी. , भिडियो ग्राफी भाई अनुप गीरी र Host बहिनी रितु रानाभाट लाई धन्यवाद तथा आभार प्रकट गर्दछौ ।
त्यसै गरी भोकायका हाम्रा दर्शक ज्यूहरु लाई मिठ्ठो भोजन सर्भीस गर्नु हुने MOMO &CURRY लाई धेरै धैर धन्यवाद छ ।
त्यसै गरी कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु भएका कार्यसमितीका पदाधिकारी ज्यू तथा सदस्य ज्यूहरु , सल्लाकार ज्यूहरु लगात प्रबक्ता ज्यूमा मनै देखी धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।
अन्तमा चाहेर पनि विविध कारणले कार्यक्रम स्थल सम्म उपस्थित हुन न सकि हाम्रो कार्यक्रम लाईभ द्वारा हेरेर भरपुर मनोरञ्जन लिनु हुने सम्पूर्णमा धन्यबाद तथा आभार प्रकट गर्दछौ । अन्त्यमा यो व्यहोरा लेख्दै गर्दा न समेटिएका जति पनि अग्रज अनुज हुनुहुन्छ सबै सबैमा उच्च सम्मान गर्दै हार्दिक आभार तथा मनै विच्छाएर धन्यवाद व्यक्त गर्दछौ।