11/23/2014
नेजस अमेरिकाको निर्वाचनमा संस्थापन र देउवा समर्थित समूहको पूरै प्यानलमा उम्मेदवारी घोषणा
० स्वतन्त्रबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता
० कांग्रेस उपसभापति पौडेलद्वारा अधिवेशन उद्घाटन
डलास, टेक्सास, मंसिर ७ । कांग्रेस अमेरिकी प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाको दोस्रो एकताको अधिवेशन एक भव्य कार्यक्रमका बीच पार्टी उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । अमेरिकाभरिबाट पश्चिम तटीय क्षेत्र टेक्सासको डलासमा जम्मा भएका झण्डै १ हजार कांग्रेस कार्यकर्ताबीच अधिवेशन उद्घाटन गरिएको हो । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, डा. प्रकाशशरण महत र कांग्रेस जनसम्पर्क विभागका अध्यक्ष तथा केन्द्रीय सदस्य अर्जुन जोशीलगायतले अतिथिका रुपमा अधिवेशनमा भाग लिएका थिए । त्यसैगरी सभासद् धु्रव वाग्ले तथा दीपक गिरीले समेत अधिवेशन सहभागी जनाएका थिए ।
झण्डै ५ घण्टा चलेको अधिवेशन उद्घाटन समारोहमा अमेरिकाभरिका च्याप्टर सभापतिहरुको सहभागिता रहेको थियो । ७ वर्षपछि गरिएको दोस्रो एकताको अधिवेशनको सभापतित्व वर्तमान संयोजक विष्णु सुवेदीले गरेका थिए । अधिवेशन उद्घाटन समारोहपछिको बन्दसत्रले संस्थाको विधानसमेत संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष १ पद, सचिव १ पद र सदस्य ५ गरी ७ पद थप गरेको छ ।
आजै प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार आगामी ३ वर्षे कार्यकालका लागि २९ वटा पदमा निर्वाचन हुने भएको छ । निर्वाचनमा संस्थापन पक्ष तथा देउवाको समर्थन भएको भनिएको दुवै पक्षले २९ वटै पदको पूरै प्यानलमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षको अध्यक्ष पदमा वर्तमान संयोजक विष्णु सुवेदीले उम्मेदवारी दिएका छन् भने देउवाको समर्थन पाएको भनिएको समूहको अध्यक्ष पदमा आनन्द विष्टले उम्मेदवारी दिएका छन् । साथै, डा. अर्जुन बन्जाडेले अध्यक्ष र अर्थराज कोइरालाले वरिष्ठ उपाध्यक्ष स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसअगाडि अध्यक्ष पदमा उम्मेदवारी दाबी गर्दै आएका टेक्सासबासी कृष्ण लामिछानेले संस्थापनका उम्मेदवार विष्णु सुवेदीलाई आफ्नो समर्थन रहेको एक कार्यक्रमबीच सार्वजनिक गरेका छन् । उनले संस्थाको हितका लागि र संस्थाको प्रगतिका लागि जनसम्पर्कलाई यो अधिवेशनसम्म ल्याई पुर्याउने विष्णु सुवेदीलाई नै आफूले पुनः समर्थन गरेको बताएका छन् । उम्मेदवारी मनोनयनका क्रम दुवै पक्षबीच सामान्य झडपसमेत भएको थियो । आगामी २३ तारिख २९ वटै पदमा मतदान हुनेछ ।
संस्थापन समूह
अध्यक्षः विष्णु सुवेदी
वरिष्ठ उपाध्यक्षः धनन्जयनरसिंह केसी
उपाध्यक्षः अमृत सापकोटा, अरुण धिताल, नारायण थापा
महासचिवः मुनेन्द्र नेम्वाङ
सचिवः ईश्वर सापकोटा, लाल काफ्ले
कोषाध्यक्षः देशराज संयोग
सदस्यहरुः
अनन्तराज सुवेदी, बिपिनराज उप्रेती, धनवीर महर्जन, दुर्गाप्रसाद श्रेष्ठ, दुर्गेश कार्की। ज्ञानेन्द्रराज कार्की, हरिबोल भण्डारी, जगन्नाथ गौतम, खेमराज पन्थी, कृष्णजीवी पन्थ, पविता परियार, प्रभात सापकोटा, प्रमोद सिटौला, प्रतिक पाण्डे, प्रियरञ्जन दाहाल, राजन त्रिपाठी, राजेश थापा, रामकुमार मिश्र, ऋषिराज गैरे, सन्तोषकुमार विष्ट
देउवा समूहको समर्थन पाएको भनिएको समूह
अध्यक्षः आनन्द विष्ट
वरिष्ठ उपाध्यक्षः वेदप्रसाद खरेल
उपाध्यक्षः भगवानप्रसाद मैनाली, चेतप्रसाद पौडेल, धर्मराज श्रेष्ठ
महासचिवः विनोद भट्ट
सचिवः भोजराज थोकर, सुवास घिमिरे
कोषाध्यक्षः विजय थुलुङ
सदस्यहरुः
अमृतराज भट्टराई, बाबुराम दवाडी, गोकुल ढकाल, गोपाल विश्वकर्मा, हरिप्रसाद शर्मा, केशव बराल, किलन सी. राई, लोकबहादुर लामा, मन्तीकुमारी शाह, माया कडायत पौडेल, मुकुन्दराज दाहाल, ओम भट्टराई, पिताम्बर भुसाल, परमानन्द खनाल, रविनकुमार बस्नेत, सन्तोष पहारी, सुवेन्द्र रानाभाट, सुब्बा लामा (सुवास), सुरेन्द्रकुमार गुरुङ, थमबहादुर बस्नेत
स्वतन्त्र
अध्यक्षः डा. अर्जुन बन्जाडे
वरिष्ठ उपाध्यक्षः अर्थराज कोइराला