Madhesi around the world

Madhesi around the world Welcome to the Madhesi Around the world (MAW) Association. The MAW is a global non-political organiza

मतदान सुरु भइसकेको छ । आफ्नो बच्चाको अनुहार हेर्नुहोस् अनि हलोमा भोट दिनुहोस् । 🇳🇵
03/05/2026

मतदान सुरु भइसकेको छ । आफ्नो बच्चाको अनुहार हेर्नुहोस् अनि हलोमा भोट दिनुहोस् । 🇳🇵

03/04/2026
सप्तरी-३ को समृद्धिका लागि पूर्वाधार विकासमा उमदेश्वर प्रसाद साहको जोडराजविराज, सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नं. ३ ब...
03/03/2026

सप्तरी-३ को समृद्धिका लागि पूर्वाधार विकासमा उमदेश्वर प्रसाद साहको जोड
राजविराज, सप्तरी – सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमदेश्वर प्रसाद साह ले आफ्नो चुनावी एजेण्डामा भौतिक पूर्वाधार र सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राख्नुभएको छ। "समृद्धि र पूर्वाधारयुक्त सप्तरी ३" को नारासहित उहाँले आफ्ना स्पष्ट योजनाहरू सार्वजनिक गर्नुभएको छ।
उम्मेदवार साहले यस क्षेत्रको आर्थिक र सामाजिक रुपान्तरणका लागि सडक कनेक्टिभिटी अनिवार्य रहेको बताउँदै निम्न तीन ठूला सडक आयोजनाहरूलाई आफ्नो मुख्य प्रतिवद्धतामा समावेश गर्नुभएको छ:
मुख्य प्राथमिकताका सडक आयोजनाहरू:
• शम्भुनाथ–बनेनियाँ सडक: यस सडकको निर्माण र स्तरोन्नति गरी यातायातलाई सहज बनाउने।
• पातो–कठौना सडक: व्यापारिक र कृषि मार्गको रुपमा यस सडकलाई व्यवस्थित गर्ने।
• रुपनी–छिन्नमस्ता सडक: धार्मिक पर्यटकीय स्थल छिन्नमस्ता शक्तिपीठसम्मको यात्रालाई सुलभ र सुरक्षित बनाउन उच्च प्राथमिकता दिने।
"म नष्ट हुन सक्छु, तर भ्रष्ट हुन सक्दिन"
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति बोक्नुभएका साहले इमान, संघर्ष र सेवाको मार्गबाटै सप्तरीको मुहार फेर्ने संकल्प गर्नुभएको छ। उहाँले भन्नुभयो, "सप्तरी ३ को समृद्धिको आधार नै पूर्वाधार हो। यी सडकहरूको निर्माणले यहाँको व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति ल्याउनेछ।"
मतदानको अपिल
उहाँले क्षेत्र नं. ३ का सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आगामी निर्वाचनमा आफ्नो अमूल्य मत चुनाव चिन्ह 'हलो' मा प्रदान गरी आफूलाई अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ।

यो राष्ट्र बचाउनु छ भन्ने,रा प्र पा जिताउनु पर्छ।हलो छाप मा मतदान गर्नुपर्छ।।
03/02/2026

यो राष्ट्र बचाउनु छ भन्ने,
रा प्र पा जिताउनु पर्छ।
हलो छाप मा मतदान गर्नुपर्छ।।

आदर्णीय उपेन्द्र यादव ले अहिले शिक्षा ध्वस्त भयो, मधेश बर्बाद पारियो भनेर रोइरहनु निर्लज्ज राजनीतिक नाटक बाहेक केही होइन...
02/18/2026

आदर्णीय उपेन्द्र यादव ले अहिले शिक्षा ध्वस्त भयो, मधेश बर्बाद पारियो भनेर रोइरहनु निर्लज्ज राजनीतिक नाटक बाहेक केही होइन।
दशकौँदेखि सत्ता, मन्त्री पद र निर्णायक राजनीतिमा बसेका व्यक्ति आज चुनावी मञ्चमा उभिएर आफू नै पीडित जस्तो देखिन खोज्नु जनतालाई मूर्ख ठान्ने दुस्साहस हो।
मधेशका विद्यालयमा शिक्षक नहुनु, कलेजको गुणस्तर खस्किनु, युवा लोकसेवा–शिक्षक सेवा पास गर्न नसक्नु—यी सबै समस्या हिजो उनी सत्ता चलाइरहँदा किन समाधान भएनन्?
शिक्षा नीति बनाउने, बजेट ल्याउने, शिक्षक दरबन्दी मिलाउने अधिकार उनैसँग थियो, तर काम शून्य, भाषण अनन्त भयो।
आज चुनाव नजिकिँदा “रणनीतिपूर्वक मधेशको शिक्षा ध्वस्त पारियो” भन्नु भनेको आफ्नै असफलताको दोष अरूको टाउकोमा थोपर्ने कायरता हो।
यदि साँच्चै मधेशको पक्षमा हुन्थे भने, मधेश आज शिक्षकविहीन, गुणस्तरविहीन र अवसरविहीन हुने थिएन।
मधेश अब भावनात्मक भाषण, जातीय कार्ड र पीडाको नाटकबाट अघि बढ्दैन।
जनताले बुझिसकेका छन्— आदर्णीय उपेन्द्र यादव समस्या होइन भन्ने देखाउन खोज्छन्, तर वास्तवमै समस्या बनेका छन्।
अब मधेशलाई बहाना होइन, जवाफदेह, परिणाममुखी र इमानदार नेतृत्व चाहिएको छ।

राप्रपा सप्तरीकाे जिल्ला अध्यक्षमा श्री उमदेश्वर साह निर्वाचित हार्दिक बधाई छ अध्यक्ष ज्यूलाई💐
01/13/2026

राप्रपा सप्तरीकाे जिल्ला अध्यक्षमा श्री उमदेश्वर साह निर्वाचित हार्दिक बधाई छ अध्यक्ष ज्यूलाई💐

Address

Newyork
New York, NY

Website

Alerts

Be the first to know and let us send you an email when Madhesi around the world posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share