Mhendo Maya Society of America

Mhendo Maya Society of America Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mhendo Maya Society of America, Nonprofit Organization, Woodside, New York, NY.

https://www.facebook.com/share/p/1929UcAC6R/?mibextid=wwXIfr
07/16/2026

https://www.facebook.com/share/p/1929UcAC6R/?mibextid=wwXIfr

रुवी भ्यालीको राजनीतिक मोड: विरासत, विकास र नयाँ ध्रुवीकरणको शीतयुद्ध

-मानछिरिङ तामाङ
धादिङको उत्तरी भेगमा अवस्थित रुवी भ्याली गाउँपालिका केवल हिमाली भूगोलले मात्र परिचित क्षेत्र होइन, यो लामो राजनीतिक इतिहास, प्रभावशाली नेतृत्व र परिवर्तनशील जनमतको प्रयोगशाला पनि हो।

पञ्चायती व्यवस्थादेखि बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा यहाँको राजनीति मुख्यतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वगृहमन्त्री बुद्धिमान तामाङको राजनीतिक प्रभाव वरिपरि घुम्दै आएको देखिन्छ। स्थानीय राजनीतिक संस्कार, चुनावी परिणाम र संगठन निर्माणमा उनको प्रभाव दशकौँसम्म निर्णायक रह्यो।

तामाङ समुदायबाट राष्ट्रिय राजनीतिमा उल्लेखनीय उचाइ हासिल गरेका बुद्धिमान तामाङले पटक–पटक जनप्रतिनिधिको रूपमा जनताको विश्वास जिते। गृहमन्त्रीसम्मको जिम्मेवारी सम्हाल्दै उनले राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाए। त्यसको प्रत्यक्ष प्रभाव रुवी भ्यालीमा पनि देखियो, जहाँ साविकका अधिकांश गाविसहरूमा लामो समयसम्म राप्रपाको प्रभाव कायम रह्यो। धेरैका लागि रुवी भ्याली भन्नासाथ “बुद्धिमान तामाङ” र राप्रपाको राजनीतिक आधारक्षेत्र सम्झिने अवस्था थियो।

२०७४ को स्थानीय निर्वाचनले पनि यही प्रवृत्तिलाई निरन्तरता दियो। राप्रपाका चेरोङ तामाङ गाउँपालिका अध्यक्षमा निर्वाचित भए। उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका रामसिंह तामाङ र नेपाली कांग्रेसका कुलबहादुर गुरुङ थिए। त्यसबेला पनि राप्रपाले आफ्नो राजनीतिक आधार जोगाउन सफल भयो।

तर २०७९ को स्थानीय निर्वाचनले रुवी भ्यालीको राजनीतिमा ऐतिहासिक मोड ल्यायो। गठबन्धनको बल, बदलिँदो जनमत र विकासमुखी अपेक्षाको पृष्ठभूमिमा माओवादी केन्द्रका रामसिंह तामाङ विजयी भए। यससँगै “रुवी भ्याली राप्रपाको अभेद्य किल्ला हो” भन्ने स्थापित भाष्य पहिलो पटक गम्भीर रूपमा चुनौतीमा पर्‍यो। यो केवल सत्ता परिवर्तन थिएन, यो मतदाताको राजनीतिक सोचमा आएको परिवर्तनको संकेत पनि थियो।

आज रुवी भ्यालीको राजनीतिलाई नियाल्दा अर्को महत्वपूर्ण परिवर्तन देखिन्छ। पहिले सीमित राजनीतिक प्रतिस्पर्धा रहेको क्षेत्रमा अहिले बहुदलीय सक्रियता तीव्र रूपमा बढिरहेको छ। विशेषगरी लापा–खादिङ, सेर्तुङ र तिप्लिङ क्षेत्रमा माओवादी, कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले संगठन विस्तार, जनसम्पर्क र राजनीतिक गतिविधि बढाइरहेका छन्। अर्कोतर्फ, बुद्धिमान तामाङको गृहक्षेत्रका रूपमा चिनिने बोराङ क्षेत्रमा भने राप्रपाको परम्परागत प्रभाव अझै उल्लेखनीय रहेको देखिन्छ।

यही कारणले आगामी स्थानीय निर्वाचनमा पनि लापा–खादिङ र बोराङको मत परिणाम निर्धारण गर्ने प्रमुख केन्द्र बन्न सक्ने सम्भावना छ। गाउँपालिका अध्यक्ष जित्ने आकांक्षा राख्ने जुनसुकै उम्मेदवारका लागि यी क्षेत्रको जनमत निर्णायक बन्न सक्छ।

यसैबीच, राप्रपाभित्रको आन्तरिक पुनर्संरचनाले पनि नयाँ राजनीतिक समीकरण जन्माइरहेको छ। बुद्धिमान तामाङसँग पारिवारिक सम्बन्ध रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीतर्फ केही पुराना राप्रपा कार्यकर्ताको आकर्षण देखिएको चर्चा स्थानीय राजनीतिक वृत्तमा हुने गरेको छ। यसले राप्रपाको परम्परागत मताधारमा केही असर पार्न सक्ने आँकलन पनि गरिएको छ।

उता, वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रुवी भ्यालीमा संगठन निर्माणको प्रयास तीव्र बनाइरहेको छ। युवा पुस्तालाई लक्षित गर्दै नयाँ राजनीतिक संस्कृतिको बहस अघि सार्ने प्रयासले भविष्यमा स्थानीय चुनावी समीकरणलाई थप जटिल बनाउन सक्ने संकेत देखिन्छ।

यसरी हेर्दा अब रुवी भ्यालीमा कुनै पनि दलले एक्लै चुनाव जित्ने दाबी सहज रूपमा गर्न सक्ने अवस्था छैन। माओवादीले २०७९ को सफलता दोहोर्याउन संगठनसँगै विश्वास कायम राख्नुपर्नेछ। राप्रपाले आफ्नो ऐतिहासिक आधार पुनर्जीवित गर्न नयाँ रणनीति खोज्नुपर्नेछ। कांग्रेस-एमालेले निर्णायक शक्ति बन्न आफ्नो संगठनात्मक कमजोरी हटाउनुपर्नेछ भने रास्वपाले उत्साहलाई मतमा रूपान्तरण गर्न सक्नुपर्नेछ। त्यसैले आगामी निर्वाचनको सबैभन्दा महत्वपूर्ण प्रश्न उम्मेदवारभन्दा पनि कुन दल कससँग मिल्छ? भन्ने बन्ने सम्भावना बलियो छ।

तर राजनीतिक अंकगणितभन्दा ठूलो परिवर्तन मतदातामा आएको छ। विगतमा पार्टीको झण्डा, विचारधारा वा नेताको प्रभावका आधारमा मतदान गर्ने प्रवृत्ति बलियो थियो। अहिले भने मतदाताले प्रत्यक्ष विकास, सेवा प्रवाह, सुशासन र परिणाम खोज्न थालेका छन्। जनताले अब भाषणभन्दा काम, नाराभन्दा उपलब्धि र आश्वासनभन्दा कार्यान्वयनलाई बढी महत्व दिन थालेका छन्।

रुवी भ्यालीको विकासको केन्द्रबिन्दु आज पनि सडक नै हो। धादिङबेसीदेखि रुवी भ्यालीसम्म वर्षभरि सञ्चालन हुने सुरक्षित सडक निर्माण स्थानीय जनताको सबैभन्दा ठूलो अपेक्षा बनेको छ। चुनावअघि सडकको उद्घाटन गर्ने तर वर्षात् लाग्नासाथ अवरुद्ध हुने अवस्थाले अब जनतालाई सन्तुष्ट पार्न सक्दैन। विकासको वास्तविक मापन अब उद्घाटनका तस्बिरले होइन, वर्षभरि चल्ने पूर्वाधारले हुनेछ।

अर्को महत्वपूर्ण विषय जलविद्युत आयोजना हो। रुवी भ्यालीमा सञ्चालन भइरहेका तथा प्रस्तावित जलविद्युत परियोजनाले स्थानीय समुदायलाई कति लाभ पुर्‍याए? सामाजिक उत्तरदायित्वअन्तर्गत कति लगानी भयो? सार्वजनिक सुनुवाइ, उचित क्षतिपूर्ति, रोजगारी र वातावरणीय संरक्षणका विषय कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन भए? यी प्रश्नको विश्वसनीय उत्तर नदिएसम्म विकासको बहस अधुरो रहनेछ। स्थानीय स्रोतको उपयोगबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ नपाउने हो भने विकासकै नाममा असन्तुष्टि र नयाँ राजनीतिक ध्रुवीकरण बढ्न सक्छ।

अब रुवी भ्यालीको राजनीति व्यक्तिकेन्द्रित विरासत र विकासकेन्द्रित अपेक्षाबीच उभिएको छ। एकातिर बुद्धिमान तामाङको राजनीतिक विरासत जोगाउने चुनौती छ भने अर्कोतर्फ नयाँ पुस्ताले परिणाममुखी राजनीतिमार्फत त्यो विरासतलाई प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ। आगामी चुनावसम्म राप्रपा, माओवादी, कांग्रेस, एमाले र रास्वपाबीच देखिने ‘शीतयुद्ध’ नै रुवी भ्यालीको राजनीतिक बहसको मुख्य विषय बन्ने सम्भावना छ।

अन्ततः प्रश्न एउटै छ, रुवी भ्यालीले अब इतिहासलाई मत दिन्छ कि भविष्यलाई?

जनताले संकेत दिइसकेका छन्। अब उनीहरूलाई दलको झण्डाभन्दा विकासको नक्सा चाहिएको छ। नेताको भाषणभन्दा परिणाम चाहिएको छ। र, राजनीतिक विरासतभन्दा उत्तरदायी नेतृत्व चाहिएको छ। आगामी निर्वाचनमा जित्ने दल त्यो हुनेछ, जसले जनताको विश्वासलाई केवल नाराले होइन, कामले जित्न सक्नेछ।

https://www.facebook.com/share/p/14onacNZvuD/?mibextid=wwXIfr
07/15/2026

https://www.facebook.com/share/p/14onacNZvuD/?mibextid=wwXIfr

“लापा–खादिङ” अब ‘भोट बैंक’ मात्र होइन, नेतृत्वको दाबी गर्नेछ” -शान्त बहादुर तामाङ

उत्तरी धादिङको दुर्गम भूभाग रुवी भ्याली अहिले राजनीतिक रूपमा नयाँ मोडमा प्रवेश गर्दैछ। लामो समयदेखि केही सीमित अनुहार र शक्ति केन्द्रमा घुमिरहेको स्थानीय राजनीति अब परिवर्तनको संकेत देखाउन थालेको छ। यस परिवर्तनको केन्द्रमा उभिएका छन्, राप्रपा धादिङका जिल्ला सचिव तथा सक्रिय समाजसेवी शान्त बहादुर तामाङ।

सामाजिक सेवा र राजनीतिक चेतनालाई सँगसँगै अघि बढाउँदै आएका तामाङले रुवी भ्यालीमा प्रतिनिधित्व, न्याय र विकासको नयाँ बहस सुरु गरेका छन्। विशेषतः लापा–खादिङ क्षेत्रलाई केवल ‘भोट बैंक’ को रूपमा प्रयोग गरिँदै आएको प्रवृत्तिविरुद्ध उनको स्पष्ट र दृढ आवाजले स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।

लापा–खादिङ क्षेत्रको उपेक्षा, बढ्दो जनचेतना र नेतृत्वको आवश्यकता जस्ता विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:

प्रश्न: रुवी भ्यालीको राजनीति लामो समयदेखि सीमित समूहमा केन्द्रित छ। तपाईं यसलाई कसरी हेर्नुहुन्छ?

शान्त बहादुर तामाङ:
यो हाम्रो लागि तितो यथार्थ हो। राजनीतिमा विचार, नीति र जनहितभन्दा पनि ‘व्यक्तिगत प्रभाव’ हाबी हुनु दुर्भाग्यपूर्ण कुरा हो। दुर्गम भेगका जनताको आवाजलाई बेवास्ता गर्दै सीमित शक्ति केन्द्रले निर्णय लिँदा रुवी भ्याली अपेक्षित विकासबाट पछाडि परेको छ। म स्वयं यस अवस्थाको साक्षी मात्र होइन, भुक्तभोगी पनि हुँ।

अब परिवर्तन अपरिहार्य छ, राजनीति केही व्यक्तिको स्वामित्व होइन, सामूहिक सहभागिताको माध्यम हो भन्ने कुरा स्थापित गर्नैपर्छ।

प्रश्न: लापा–खादिङ क्षेत्रलाई ‘किङ मेकर’ मात्र मान्ने तर नेतृत्वमा नल्याउने प्रवृत्ति किन देखिन्छ?

शान्त बहादुर तामाङ:
यो सबै दलहरूको गम्भीर कमजोरी हो। चुनावका बेला भोट माग्ने, तर नेतृत्व र निर्णयको तहमा पुग्दा ‘योग्य व्यक्ति छैन’ भन्ने बहाना बनाउने प्रवृत्तिले जनतामा असन्तोष बढाएको छ।

वास्तवमा, लापा–खादिङमा सक्षम युवा र अनुभवी नेतृत्वको कुनै कमी छैन। उनीहरूलाई अवसर नदिनु भनेको रुवी भ्यालीको मेरुदण्डलाई कमजोर बनाउनु हो। अब यो सोच परिवर्तन हुनैपर्छ।

प्रश्न: समाजसेवा र राजनीतिलाई सँगै अघि बढाउँदा जनताबाट कस्तो अपेक्षा पाउनुहुन्छ?

शान्त बहादुर तामाङ:
म राजनीतिभन्दा अघि समाजसेवालाई प्राथमिकता दिन्छु। गाउँ–गाउँमा पुग्दा एउटै प्रश्न सुनिन्छ—“हाम्रो दुःखमा नेता किन देखिँदैनन्?”

जनता अब सचेत छन्। उनीहरूलाई केवल चुनावी वाचा होइन, शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत आवश्यकता चाहिएको छ।सबैभन्दा महत्त्वपूर्ण कुरा, जनताले अब आफ्नो गाउँको वास्तविकता बुझ्ने, उनीहरूको दुःखमा साथ दिने नेतृत्व खोजिरहेका छन्। म त्यही आवाजलाई मूलधारको राजनीतिमा स्थापित गर्न चाहन्छु।

प्रश्न: नेतृत्वको अवसर प्राप्त भएमा तपाईंका प्राथमिक एजेन्डा के हुनेछन्?

शान्त बहादुर तामाङ:
मेरो पहिलो प्राथमिकता हुनेछ, सीमान्तकृत क्षेत्रको समानुपातिक प्रतिनिधित्व। लापा–खादिङजस्ता क्षेत्रलाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनुपर्छ।

दोस्रो, रुवी भ्यालीको आर्थिक विकासका लागि यहाँको पर्यटन, जडीबुटी र स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा जोड्न आवश्यक छ।

मेरो दृष्टिमा ‘को जित्छ’ भन्दा ‘कसले प्रतिनिधित्व गर्छ’ भन्ने कुरा बढी महत्त्वपूर्ण छ। नेतृत्व त्यस्तो हुनुपर्छ, जसले हरेक नागरिकलाई आफ्नो अस्तित्वको अनुभूति गराओस्।

प्रश्न: अन्त्यमा, रुवी भ्यालीका जनतालाई तपाईंको सन्देश के छ?

शान्त बहादुर तामाङ:
अन्ध समर्थनको समय समाप्त भइसकेको छ। अब प्रश्न गर्ने, जवाफ माग्ने र आफ्नो अधिकार प्रयोग गर्ने समय आएको छ।

म जनतालाई भन्न चाहन्छु, तपाईंहरू कसैका ‘भोट बैंक’ होइन, लोकतन्त्रका वास्तविक मालिक हुनुहुन्छ। आफ्नो मतको सही उपयोग गर्नुहोस् र नेतृत्वमा आफ्नो सहभागिता सुनिश्चित गर्नुहोस्।

मेरो संघर्ष रुवी भ्यालीको सम्मान, पहिचान र न्यायका लागि हो। जनताको साथ लिएर यो पुरानो संरचना परिवर्तन गर्न म प्रतिबद्ध छु।

Address

Woodside
New York, NY
07003

Website

Alerts

Be the first to know and let us send you an email when Mhendo Maya Society of America posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share