The Gurung (Tamu) Society Inc., New York

The Gurung (Tamu) Society Inc., New York Gurungs Chairperson : Toran Gurung
Vice Chairperson :Shanti Gurung
Secretary: Alisha Gurung
Treasurer : Om Gurung
Asst.

Secretary: bikky Gurung
Asst.Treasurer : Anzeet Gurung
Board Members : Bhakta gurung, Gyan gurung, Bobbie Gurung, Bijaya gurung, basundhara gurung, Ashok gurung, Lil gurung, Hema gurung, yavindra gurung,

https://www.nycnepalnews.com/news/1003
10/05/2026

https://www.nycnepalnews.com/news/1003

सोसाईटीको अक्टोबर ३ मा ज्याक्सन हाइट्समा भएको १३ औं अधिवेशनले अलिशा देवी गुरुङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्....

10/05/2026

द गुरुङ (तमु) सोसाइटी इंक. यु.एस.ए.को १३औँ अधिवेशन तथा वार्षिक साधारणसभामा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै

छ्याजालो / हार्दिक नमस्कार! 🙏द गुरुङ (तमु) सोसाईटी इंक. यु.एस.ए. को १३औँ अधिवेशन तथा साधारणसभा २०२६ सफलतापूर्वक सम्पन्न ...
10/04/2026

छ्याजालो / हार्दिक नमस्कार! 🙏

द गुरुङ (तमु) सोसाईटी इंक. यु.एस.ए. को १३औँ अधिवेशन तथा साधारणसभा २०२६ सफलतापूर्वक सम्पन्न गर्न उपस्थित भई आफ्नो अमूल्य समय, साथ, सुझाव र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण आजीवन सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, बोर्ड तथा कार्यसमिति सदस्यज्यूहरू, आमा टोली, गुरुङ/तमु विद्यार्थी क्लब, युवा भाइबहिनीहरू तथा नयाँ पुस्ता लगायत सम्पूर्ण शुभेच्छुकज्यूहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

समाजका हरेक कार्यक्रम र गतिविधिलाई सफल बनाउन निरन्तर साथ, समय र ऊर्जा प्रदान गर्नुहुने सम्पूर्ण कार्यसमिति सदस्यज्यूहरू तथा सल्लाहकारज्यूहरू प्रति विशेष कृतज्ञता व्यक्त गर्दछौँ। साथै, गुरुङ/तमु विद्यार्थी क्लब, युवा पुस्ता र नयाँ पुस्ताका भाइबहिनीहरूलेदेखाउनुभएको उत्साह, सक्रिय सहभागिता र सहयोगले समाजको भविष्यप्रति अझ ठूलो आशा र विश्वास जगाएको छ।

निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समितिका सदस्यज्यूहरू—डा. रस गुरुङज्यू, सिद्धार्थ गुरुङज्यू र हरकजुङ गुरुङज्यू—प्रति हार्दिक सम्मान तथा विशेष धन्यवाद।
नवनिर्वाचित अध्यक्ष श्रीमती अलिशा गुरुङज्यू तथा सम्पूर्ण नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना! नयाँ नेतृत्वले समाजलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ संकल्पका साथ अघि बढाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यस अवसरमा सन् २०२३–२०२६ का अध्यक्ष श्री ओम गुरुङज्यू, उहाँको नेतृत्वमा रहेको सम्पूर्ण कार्यसमिति तथा सम्पूर्ण सल्लाहकारज्यूहरूलाई तीन वर्षको कार्यकालमा समाजलाई सफलतापूर्वक अघि बढाउन पुर्‍याउनुभएको समर्पण, योगदान, समय र सेवाका लागि हृदयदेखि नै धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

हामी जहाँ छौँ, त्यहीँ हाम्रो वर्तमान छ; तर हाम्रो जरा जहाँ छ, त्यहीँ हाम्रो पहिचान छ। त्यही जरा, पहिचान, भाषा, संस्कृति र विरासतलाई जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्न हामी सबै एकजुट भएर अघि बढौँ।

Let’s Rise. Let’s Unite. Let’s Build a Stronger Society Together.

उठौँ, एकजुट बनौँ र सँगै बलियो समाज निर्माण गरौँ।
नयाँ नेतृत्व एकता, सहकार्य र साझा संकल्पका साथ अघि बढोस्, र हाम्रो समाज अझ बलियो, समृद्ध र एकताबद्ध बन्दै जाओस् भन्ने हार्दिक शुभकामना।

भवदीय,
मच्छे गुरुङ
निवर्तमान महासचिव
द गुरुङ (तमु) सोसाईटी इंक. यु.एस.ए. 🙏

10/03/2026

The Gurung (Tamu) Society Inc 13th Convention and Annual General Meeting

10/03/2026

Address

41-66 72nd Street
New York, NY
11377

Alerts

Be the first to know and let us send you an email when The Gurung (Tamu) Society Inc., New York posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Gurung (Tamu) Society Inc., New York:

Shortcuts

Share