Sherpa Association in America “शेर्पा संघ अमेरिका”

Call Directions Website Contact the organization

Sherpa Association in America “शेर्पा संघ अमेरिका” This is the official page of Sherpa Association in America. It created by Sherpa Association in America.

We will post our announcements & activities on this page. This community organization was registered according to the law of USA.

10/08/2026

🌏 ग्लोबल शेर्पा डे–२०२६ को हार्दिक मङ्गलमय शुभकामना 🌏

अक्टोबर ८—ग्लोबल शेर्पा डे।

विश्वका विभिन्न भूगोलमा छरिएर रहनुभएका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूमा ग्लोबल शेर्पा डे–२०२६ को हार्दिक मङ्गलमय शुभकामना।
यो दिन केवल उत्सवको दिन मात्र नभई हाम्रो साझा इतिहास, भाषा, धर्म, संस्कृति, परम्परा, सभ्यता र मौलिक पहिचानलाई स्मरण गर्दै पुर्खाबाट प्राप्त अमूल्य विरासतलाई भावी पुस्तासम्म सुरक्षित र जीवन्त रूपमा हस्तान्तरण गर्ने साझा प्रतिबद्धताको दिन पनि हो।
हिमालको काखदेखि विश्वका विभिन्न कुनासम्म फैलिएको शेर्पा समुदायलाई एकताको सूत्रमा अझ बलियो रूपमा बाँध्दै, आपसी सद्भाव, सहयोग र भाइचारालाई सुदृढ गर्दै हाम्रो मौलिक पहिचान र गौरवलाई पुस्तौँपुस्तासम्म जीवित राख्नु आजको हाम्रो साझा दायित्व हो।
हाम्रो भाषा हाम्रो पहिचान हो,
हाम्रो संस्कृति हाम्रो गौरव हो,
हाम्रो एकता हाम्रो शक्ति हो,
र हाम्रो विरासत भावी पुस्ताको अमूल्य सम्पत्ति हो।
यस पावन अवसरमा विश्वभर रहनुभएका सम्पूर्ण शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि, आपसी एकता, सद्भाव र उज्ज्वल भविष्यको हार्दिक मङ्गलमय शुभकामना।
🙏 टासी देलेक तथा नमस्कार। 🙏

आङ छिरी शेर्पा
कार्यवाहक अध्यक्ष
शेर्पा सङ्घ अमेरिका
Sherpa Association America

📚 आत्मकथा पुस्तक विमोचन समारोहबारे हार्दिक जानकारीशेर्पा संघ अमेरिकाको सल्लाहकार श्री आङ दावा शेर्पा ज्यूको आत्मकथा पुस्...
10/03/2026

📚 आत्मकथा पुस्तक विमोचन समारोहबारे हार्दिक जानकारी

शेर्पा संघ अमेरिकाको सल्लाहकार श्री आङ दावा शेर्पा ज्यूको आत्मकथा पुस्तक विमोचन कार्यक्रम यही अक्टोबर ४, २०२६, आइतबार बेलुका ३:०० बजे शेर्पा किदुक, न्यूयोर्कको सभाहलमा आयोजना हुन गइरहेको जानकारी गराउँदछौँ।

शेर्पा समुदायका अग्रज अभिभावकका श्री आङ दावा शेर्पा ज्यूले आफ्नै गृहजिल्ला सोलुखुम्बुमा लामो समय प्रधानाध्यापकका रूपमा रही असंख्य बालबालिका तथा युवा पुस्तालाई शिक्षा, संस्कार र जीवनदृष्टिको मार्गदर्शन प्रदान गर्नुभएको छ। साथै, लुम्बिनी विकास कोषका पूर्व सदस्य–सचिवका रूपमा राष्ट्र तथा समाजको सेवामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ।
शिक्षा, प्रशासन, सामाजिक सेवा तथा शेर्पा समुदायको उत्थानमा उहाँले पुर्‍याउनुभएको दीर्घकालीन योगदान, समर्पण र अनुभवको यात्रा आफैँमा प्रेरणादायी र अनुकरणीय छ। उहाँको जीवन–अनुभव, संघर्ष, ज्ञान र सामाजिक यात्रालाई समेटिएको यस आत्मकथा कृतिको विमोचनको खबरले हामी सम्पूर्ण शेर्पा समुदायलाई हर्षित र गौरवान्वित बनाएको छ।
उहाँको स्वास्थ्यमा केही समस्या आएको हुँदा उहाँको शीघ्र स्वास्थ्यलाभ, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक कामना गर्दछौँ।

यस महत्वपूर्ण अवसरमा सम्पूर्ण सल्लाहकारज्यूहरू, संरक्षकज्यूहरू तथा न्यूयोर्क र आसपासमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई यस साहित्यिक तथा ऐतिहासिक अवसरको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

मिति: अक्टोबर ४, २०२६, आइतबार
समय: बेलुका ३:०० बजे
स्थान: शेर्पा किदुक, न्यूयोर्क

शेर्पा संघ अमेरिका
छिरिङ शेर्पा
महासचिव

💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना💐शेर्पा संघ अमेरिकाका आदरणीय सल्लाहकार श्री छेवाङ लामा शेर्पाज्यूको  बहिनी–ज्वाइँ, श्री...
09/15/2026

💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना💐
शेर्पा संघ अमेरिकाका आदरणीय सल्लाहकार श्री छेवाङ लामा शेर्पाज्यूको बहिनी–ज्वाइँ, श्रीमती कान्छी माया लामा शेर्पाज्यूका श्रीमान् स्वर्गीय मिङ्मार शेर्पाज्यू, स्थायी घर सोलुखुम्बु जिल्ला, दुधकुण्ड नगरपालिका–९, गोराखानी, गुम्बाटोल तथा हाल न्यूयोर्क, क्विन्स निवासी उहाँको सेप्टेम्बर ११, २०२६ मा न्यूयोर्कस्थित अस्पतालमा अल्पायुमै आकस्मिक निधन भएको दुःखद खबरले शेर्पा सङ्घ अमेरिका परिवार मर्माहत भएको छ।
यस दुःखद घडीमा स्वर्गीय मिङ्मार शेर्पाज्यूको दिवंगत आत्माप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त श्रीमती कान्छी माया लामा शेर्पाज्यू, परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् तथा शोकाकुल परिवारलाई यस अकल्पनीय पीडा सहन सक्ने धैर्य र शक्ति प्राप्त होस्।

शेर्पा संघ अमेरिका
कार्यवाहक अध्यक्ष
श्री आङ छिरी शेर्पा

💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना 💐शेर्पा संघ अमेरिकाका संरक्षक श्री लाक्पा देन्डी पिनासा शेर्पाज्यूको पूजनीय सासुआमा, स...
09/12/2026

💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना 💐
शेर्पा संघ अमेरिकाका संरक्षक श्री लाक्पा देन्डी पिनासा शेर्पाज्यूको पूजनीय सासुआमा, सोलुखुम्बु जिल्ला, सोलु–दूधकुण्ड नगरपालिका निवासी आदरणीय याङजी आमाको ८६ वर्षको उमेरमा भएको दुःखद निधनको खबरले शेर्पा संघ अमेरिका परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएको छ।
आमाको माया, स्नेह, आशीर्वाद र उहाँले परिवारलाई प्रदान गर्नुभएको संस्कार जीवनकै अमूल्य सम्पत्ति हुन्।
उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँले छोडेर जानुभएको माया, सद्भाव, असल संस्कार र स्मृतिहरू परिवारजनको हृदयमा सदैव जीवित रहनेछन्।
यस अत्यन्त दुःखद एवं शोकाकुल घडीमा दिवंगत याङजी आमाप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस असह्य पीडा सहन परिवारजनमा धैर्य, साहस र आत्मबल प्राप्त होस् तथा दिवंगत आत्माले चिरशान्ति प्राप्त गर्दै स्वर्गमा वास गरून् भन्ने हार्दिक प्रार्थना गर्दछौँ।

शेर्पा संघ अमेरिका
कार्यवाहक अध्यक्ष
आङ छिरी शेर्पा

🕊️ भावपूर्ण श्रद्धाञ्जली💐शेर्पा संघ अमेरिकाको आर्थिक संकलन तथा भवन खरिद समितिका कोषाध्यक्ष श्री छिरिङ शेर्पाज्यूका आदरणी...
09/09/2026

🕊️ भावपूर्ण श्रद्धाञ्जली💐
शेर्पा संघ अमेरिकाको आर्थिक संकलन तथा भवन खरिद समितिका कोषाध्यक्ष श्री छिरिङ शेर्पाज्यूका आदरणीय बुबाको ७० वर्षको उमेरमा भएको दुःखद् निधनको खबरले हामी सम्पूर्ण शेर्पा समुदाय तथा शेर्पा संघ अमेरिका परिवारलाई अत्यन्त मर्माहत बनाएको छ।
यस अत्यन्त दुःखद् घडीमा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त छिरिङ शेर्पाज्यू, उहाँको परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। यस अपूरणीय क्षतिको घडीमा शोकाकुल परिवारसँग शेर्पा संघ अमेरिका परिवार भावनात्मक रूपमा साथमा रहेको छ। दिवङ्गत आत्माको पुण्य स्मृति सदैव जीवित रहोस् र परिवारजनमा यो असह्य पीडा सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त होस्।
दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।
ॐ मणि पद्मे हुँ। 🙏

कार्यवाहक अध्यक्ष
आङछिरी शेर्पा
शेर्पा संघ अमेरिका

08/27/2026
💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना💐शेर्पा संघ अमेरिकाका संरक्षक आङ दावा शेर्पाज्यूकी आदरणीय आमाको दुःखद निधनप्रति शेर्पा ...
08/16/2026

💐हार्दिक श्रद्धाञ्जली तथा समवेदना💐
शेर्पा संघ अमेरिकाका संरक्षक आङ दावा शेर्पाज्यूकी आदरणीय आमाको दुःखद निधनप्रति शेर्पा संघ अमेरिका परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ। आमाको निधनले परिवारमा परेको यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने कामना गर्दछौँ।
दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शेर्पा संघ अमेरिका परिवारको तर्फबाट हार्दिक हार्दिक समवेदना व्यक्त गर्दछौँ।

शेर्पा संघ अमेरिकाको तर्फबाट सम्पूर्ण आदिवासी जनजाति समुदायमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ को हार्दिक शुभकामना व्यक्त गर...
08/11/2026

शेर्पा संघ अमेरिकाको तर्फबाट सम्पूर्ण आदिवासी जनजाति समुदायमा ३२औँ विश्व आदिवासी दिवस–२०२६ को हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाको आयोजनामा न्यूयोर्कमा आयोजित कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। हजारौँको सहभागिता, विविध समुदायका झाँकी, मौलिक भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिले हाम्रो भाषा, संस्कृति, पहिचान र एकताको सुन्दर सन्देश प्रस्तुत गरेको छ।
पहिचान हाम्रो गौरव, संस्कृति हाम्रो सम्पदा र एकता हाम्रो शक्ति हो।

शेर्पा संघ अमेरिका
महासचिव – छिरिङ शेर्पा

टाशिदेले सम्पूर्ण आदरणीय शेर्पा संघ अमेरिकाका  संरक्षक, सल्लाहकार साथै सदस्यज्यूहरू मा ।।।।आदिवासी जनजाति महासंघ अमेरिका...
08/07/2026

टाशिदेले सम्पूर्ण आदरणीय शेर्पा संघ अमेरिकाका संरक्षक, सल्लाहकार साथै सदस्यज्यूहरू मा ।।।।

आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आयोजनामा संयुक्त रास्ट्रसंघको घोषणा अनुसार सन 1994 देखि प्रत्येक वर्ष August 9 तारिखलाई विश्व आदिवासी दिवस ( world Indigenous Day ) को रुपमा यस वर्ष पनि August 9, 2026 आइतवार ३२ औं विश्व आदिवासी दिवस न्युयोर्क क्विन्स ज्याक्सन हाइटमा भब्यका साथ मनाउने भएकोले उक्त कार्यक्रमलाई सभ्य र भव्यका साथ सफल पार्न तपाइँ हामी सबै उक्त कार्यक्रममा सहभागी हुनको लागि आफ्नो मौलिक झल्किनी भेषभुषामा सजाएर अनिवार्य रूपमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

धन्यवाद

मिति :- Aug 9, 2026, आइतवार

झाँकी र्‍याली भेला हुने स्थान :- 76th St (40-08) 76th St Elmhurst, NY 11373

समय:- बिहान १० बजे

शेर्पा संघ अमेरिका
महासचिव
छिरिङ शेर्पा

Address

New York, NY

Alerts

Be the first to know and let us send you an email when Sherpa Association in America “शेर्पा संघ अमेरिका” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sherpa Association in America “शेर्पा संघ अमेरिका”:

Shortcuts

Share