10/05/2026
🏐 हार्दिक बधाई तथा धन्यवाद!
एनआरएनए न्युयोर्क च्याप्टरद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेलमा रिजवुड नेपाली सोसाइटी र बागलुङ स्पोर्ट क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बागलुङ स्पोर्ट क्लबलाई पराजित गर्दै रिजवुड नेपाली सोसाइटी च्याम्पियन बन्न सफल भएको छ।
च्याम्पियन रिजवुड नेपाली सोसाइटी तथा प्रथम उपविजेता बागलुङ स्पोर्ट क्लबलाई एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट हार्दिक बधाई तथा आगामी खेल यात्राको सफलताको शुभकामना व्यक्त गर्दछौँ।
यस प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक, नैतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजक, सहयोगदाता, सामाजिक तथा राजनीतिक संघसंस्था, स्वयंसेवक र दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, सहभागी सम्पूर्ण टोलीका खेलाडी, कप्तान, प्रशिक्षक, व्यवस्थापक तथा रेफ्रीहरूलाई धेरै–धेरै धन्यवाद ज्ञापन गर्दछौँ।
आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ।
एनआरएनए न्युयोर्क च्याप्टर
स्पोर्ट कोडिनेटर
गंगा सुनार
रबिन बीड़ारी 🙏🙏