08/10/2026
आजको यस पवित्र तथा महत्वपूर्ण फाग्निङ पर्वको अवसरमा खुम्बु पासाङल्हामु शेर्पा समाज USA को तर्फबाट यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।
फाग्निङ पर्व हाम्रो शेर्पा संस्कृति, परम्परा, मौलिक पहिचान र पुर्खाहरूको विरासतसँग जोडिएको महत्वपूर्ण पर्व हो। विदेशमा रहेर पनि आफ्ना भाषा, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आज हामी सबै एकै ठाउँमा भेला भएका छौँ। यसले हाम्रो समुदायबीचको एकता, आपसी सद्भाव र भाइचारालाई अझ बलियो बनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आयोजक समिति, स्वयंसेवकहरू, प्रायोजकहरू, सहयोगी दाताहरू तथा शुभेच्छुकहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। यहाँहरूको समय, श्रम, सहयोग र समर्पणबिना आजको कार्यक्रम सफल हुने थिएन।
त्यसैगरी, आफ्नो अमूल्य समय दिएर गीत, संगीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमार्फत कार्यक्रमलाई अझ मनोरञ्जनात्मक र जीवन्त बनाउनुहुने सम्पूर्ण कलाकार तथा प्रस्तोताहरूलाई पनि हार्दिक धन्यवाद।
हाम्रा आदरणीय ज्येष्ठ पुस्ताले जोगाएर राख्नुभएको संस्कृति र परम्परालाई नयाँ पुस्ताले सिक्नु र अगाडि बढाउनु आजको महत्वपूर्ण आवश्यकता हो। त्यसैले हामी सबैले मिलेर हाम्रा बालबालिका तथा युवापुस्तालाई शेर्पा भाषा, संस्कृति, संस्कार, इतिहास र परम्परासँग जोड्दै लैजानुपर्ने जिम्मेवारी छ।
अन्त्यमा, आजको कार्यक्रममा आफ्नो व्यस्त समयका बाबजुद उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्ण महानुभावहरूलाई फेरि एकपटक खुम्बु पासाङल्हामु शेर्पा समाज USA को तर्फबाट हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्दछु।