Nepali American Community Center

Directions Website Contact the organization

Nepali American Community Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali American Community Center, Community Center, 10501 Balls Ford Road, Manassas, VA.
(1)

Nepali American Community Center (NACC) is established by DC Metro community members, organizations and friends around the world on the year 2019 as a US non-profit and tax-exempt organization under section 501(c)(3) of the IRS.

10/25/2026
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!आदरणीय नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) का सदस्यज्यू,नेपालीहरूको महान पर्व बड...
10/20/2026

विजयादशमीको हार्दिक मंगलमय शुभकामना!

आदरणीय नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) का सदस्यज्यू,
नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

मान्यजनको आशीर्वाद, निधारमा रातो टीका, शिरमा जमरा र आफन्तजनको न्यानो स्नेहले यस पर्वलाई विशेष बनाउँछ। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक दशैंले हामी सबैमा सद्भाव, करुणा, आपसी सम्मान र एकताको भावना अझ प्रगाढ बनाओस्। माता दुर्गाको आशीर्वादले हरेक घरमा खुसी छाओस्, हरेक मनमा आशा जागोस् र हरेक परिवारमा प्रेम तथा मेलमिलाप बढोस्।

जन्मभूमिबाट टाढा रहे पनि हाम्रो भाषा, संस्कृति र परम्पराले हामीलाई एउटै परिवारका रूपमा जोडिरहेका छन्। यही आत्मीय सम्बन्धलाई बलियो बनाउँदै नयाँ पुस्तासम्म नेपाली पहिचान र संस्कार पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो। NACC लाई माया, साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, दाता, स्वयंसेवक तथा शुभेच्छुकहरूप्रति यस अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

यस दशैंमा आफ्ना खुसी बाँडौं, टाढा रहेका प्रियजनलाई सम्झौं र दुःख वा कठिनाइमा रहेका परिवारहरूप्रति सहयोगको हात बढाऔं। हाम्रो सामुदायिक एकता र सेवाभाव नै हामी सबैको साझा शक्ति बनोस्।

यहाँहरू सबैको दशैं प्रेम, आशीर्वाद र अविस्मरणीय पारिवारिक क्षणहरूले भरिपूर्ण रहोस्।

सादर,
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) परिवार

जमरा वितरणसम्बन्धी सूचना !!!बडा दशैंको उपलक्ष्यमा जमराका लागि अनुरोध फाराम बुझाउनुभएका सम्पूर्ण महानुभावहरूलाई निम्न मित...
10/19/2026

जमरा वितरणसम्बन्धी सूचना !!!

बडा दशैंको उपलक्ष्यमा जमराका लागि अनुरोध फाराम बुझाउनुभएका सम्पूर्ण महानुभावहरूलाई निम्न मिति र समयमा जमरा लिन आउनुहुन हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: मंगलबार, अक्टोबर २०, २०२६
🕖 बिहान: ७:०० देखि ९:०० बजेसम्म
🕔 साँझ: ५:०० देखि ७:०० बजेसम्म
Location: 10501 Balls Ford Rd, Manassas, VA

अनुरोध फाराम नभर्नुभएका तर जमरा लिन इच्छुक महानुभावहरूलाई, अनुरोध गर्नुभएका सबैले जमरा लगिसकेपछि बाँकी उपलब्धताका आधारमा वितरण गरिनेछ।

📞 थप जानकारीका लागि:
खिलराज पण्डित — 240-889-9331

बडा दशैंको हार्दिक मंगलमय शुभकामना!

बडा दशैं २०२६ को हार्दिक मंगलमय शुभकामना!बडा दशैंको पावन अवसरमा नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) द्वारा आयोजित फू...
10/17/2026

बडा दशैं २०२६ को हार्दिक मंगलमय शुभकामना!

बडा दशैंको पावन अवसरमा नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) द्वारा आयोजित फूलपाती पूजा आराधना तथा भजन कीर्तन कार्यक्रममा यहाँहरूलाई सपरिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

कार्यक्रमको विवरण:
मिति: शनिबार, अक्टोबर १७, २०२६
समय: साँझ ५ बजेदेखि ८ बजेसम्म
स्थान: 4501 Pleasant Valley Rd, Chantilly, VA 20151

आउनुहोस्, एकै ठाउँमा भेला भएर माता दुर्गाको पूजा आराधना गरौं, भजन कीर्तनमा सहभागी बनौं र आपसमा दशैंको शुभकामना साटासाट गरौं।

यहाँहरूको उपस्थितिले यस धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई अझ उत्साहपूर्ण र स्मरणीय बनाउनेछ।

धन्यवाद।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC)

जमराको लागी request गर्ने आज अन्तिम दिन
10/10/2026

जमराको लागी request गर्ने आज अन्तिम दिन

--- न्याक (NACC) ले जमरा बितरण गर्ने ----

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले विगतका वर्षहरूमाझैँ यस वर्ष पनि बडा दशैंको उपलक्ष्यमा जमरा वितरण गर्दैछ। यदि यहाँहरुलाई जमराको आवश्यकता छ भने आगामी अक्टोबर १० सम्म यो जमरा request फर्म भर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

https://form.jotform.com/262756072736161

जमरा सम्बन्धी थप जानकारीका लागि खिलराज पण्डित (Phone: 240-889-9331) अथवा अरुण रूपाखेती (Phone: 703-909-7123) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

--- न्याक (NACC) ले जमरा बितरण गर्ने ----नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले विगतका वर्षहरूमाझैँ यस वर्ष पनि बडा ...
10/03/2026

--- न्याक (NACC) ले जमरा बितरण गर्ने ----

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले विगतका वर्षहरूमाझैँ यस वर्ष पनि बडा दशैंको उपलक्ष्यमा जमरा वितरण गर्दैछ। यदि यहाँहरुलाई जमराको आवश्यकता छ भने आगामी अक्टोबर १० सम्म यो जमरा request फर्म भर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

https://form.jotform.com/262756072736161

जमरा सम्बन्धी थप जानकारीका लागि खिलराज पण्डित (Phone: 240-889-9331) अथवा अरुण रूपाखेती (Phone: 703-909-7123) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

नेपाली अमेरिकन सामुदायिक केन्द्रले यस वर्षको तीज पर्वमा आफ्नै प्राङ्गणमा भव्य रूपमा तीज पूजाको आयोजना गरेको थियो। उक्त त...
09/16/2026

नेपाली अमेरिकन सामुदायिक केन्द्रले यस वर्षको तीज पर्वमा आफ्नै प्राङ्गणमा भव्य रूपमा तीज पूजाको आयोजना गरेको थियो। उक्त तीज पूजामा सहभागी महिला दिदीबहिनीहरूको सामूहिक पूजा सफलतापूर्वक सम्पन्न भयो।

सोही अवसरमा खिचिएका केही तस्बिरहरू।

Address

10501 Balls Ford Road
Manassas, VA
20109

Alerts

Be the first to know and let us send you an email when Nepali American Community Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali American Community Center:

Shortcuts

Share