10/18/2024
प्रिय दाताहरु, सदस्यहरु, शुभेच्छुकहरु, नेपालीभाषी संघसस्थाका प्रतीनीथी तथा बुद्दीजिबी महानुभाबहरु,
बिगतका बर्षहरुमा जस्तै यो बर्षपनी हामी तपाईँलाई दीपावली (तिहार) तथा देउसी भैलो कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा दिन चाहन्छौं।
यस विशेष अवसरमा हाम्रो समुदायका सबैजनासँग मिलेर गीत, नाच, देउसी भैलो, र रमाइलो गर्ने योजना छ। तपाईंको उपस्थितिले यो अवसरलाई झनै यादगार बनाउनेछ भन्ने हामीले अपेक्षा गरेका छौं।सँगै मिलेर देउसी भैलो खेल्दै, आफ्नो संस्कृतिलाई जगेर्ना गर्दै, नयाँ पुस्तालाई पनि सन्देश दिन हामीलाई साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।
तपाईँहरुको उपस्थिति हामीलाई गौरव प्रदान गर्नेछ, साथै हामीले यस विशेष कार्यक्रममा सहभागी भई हाम्रो समुदायको एकता र सद्भाव बढाउनको लागि तपाईँलाई हार्दिक अनुरोध गर्दछौँ ।
मिति: शुक्रबार, नोभेम्बर १, २०२४
स्थान: नेपाली घर, वेस्टमिन्स्टर, कोलोराडो र 2350 S Chambers Road, Aurora, CO 80014
समय: साँझ ५:०० बजेबाट
स्मरण रहोस्, यो निमन्त्रणा डेनभर मेट्रो क्षेत्र वरपर बसोबास गर्ने सबै नेपालीभाषी समुदायको लागि हो।
आशा छ, हामी सबै मिलेर तिहारको रौनक थप बढाउनसक्छौं।
धन्यवाद।