Gulmi Samaj Houston

Gulmi Samaj Houston Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi Samaj Houston, Community Organization, Houston, TX.

09/08/2026
नमस्कार 🙏हाल नेपालमा आएको विनाशकारी बाढी–पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै गुल्मी समाज ह्युस्टनले आय...
08/28/2026

नमस्कार 🙏

हाल नेपालमा आएको विनाशकारी बाढी–पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै गुल्मी समाज ह्युस्टनले आयोजना गर्न लागेको यस वर्षको तीज कार्यक्रम रद्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ।

नेपालमा भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। यस दुःखको घडीमा हाम्रो प्राथमिकता उत्सवभन्दा पनि मातृभूमि र पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्धता जनाउनु हो।

कार्यक्रमका लागि सहयोग, साथ र समय दिनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा नेपाली समुदायप्रति गुल्मी समाज परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

🙏 गुल्मी समाज ह्युस्टन परिवार

08/27/2026

हार्दिक श्रद्धाञ्जली, गहिरो समवेदना तथा सहयोगको अपिल🙏🙏

नेपालमा हिजो आएको विनाशकारी बाढी–पहिरो तथा प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिको दुःखद खबरले गुल्मी समाज ह्युस्टन परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ।

यस अकल्पनीय विपत्तिमा परी आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

आफ्ना प्रियजन, घरबार र सम्पत्ति गुमाउनु भएका परिवारहरूको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन। यो दुःख पीडित परिवारको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा हो। यस्तो कठिन समयमा हामी सबै नेपाली एकजुट भएर पीडित परिवार तथा प्रभावित समुदायको साथमा उभिनु आवश्यक छ।

गुल्मी समाज ह्युस्टन परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछ—आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक सहयोग गरौ ,हाम्रो सानो सहयोगले पनि पीडित परिवारको दुःखमा ठूलो अर्थ राख्न सक्छ।

यस दुःखद घडीमा जात, क्षेत्र, संस्था वा व्यक्तिगत भिन्नताभन्दा माथि उठेर “दुःखमा परेका नेपालीका लागि सबै नेपाली एकजुट” हुने भावनाका साथ सहयोगको हात अगाडि बढाऔँ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

रामकृष्ण सापकोटा
अध्यक्ष
गुल्मी समाज ह्युस्टन, टेक्सास

तथा
गुल्मी समाज ह्युस्टन परिवार

07/04/2026

Happy 4th of July 🇺🇸

05/10/2026

Happy Mother’s Day to all the wonderful mothers .
Your love, sacrifice, care, and strength are the foundation of every happy family and a strong society. On behalf of our entire community, I extend my heartfelt respect and gratitude to all mothers.

May your lives always be filled with happiness, good health, peace, and love.
Wishing you all a very Happy Mother’s.day
🙏🙏🙏

समाजका गतिविधिहरुलाई  समाचारको माध्यमवाट धेरैको माझ पूर्याउन  सहयोग  गर्नु भएकोमाँ हिमालय खबर परिबार /बिशेषत सुजन जी लाई...
04/16/2026

समाजका गतिविधिहरुलाई समाचारको माध्यमवाट धेरैको माझ पूर्याउन सहयोग गर्नु भएकोमाँ हिमालय खबर परिबार /बिशेषत सुजन जी लाई हार्दिक आभार🙏🙏🙏

टेक्ससको ह्युस्टनस्थित नेपालीहरुको संस्था गुल्मी समाज, ह्युस्टनले नयाँ नेतृत्व पाएको छ। नेपालमा गुल्मी जिल्ला ...

सुन्दर फोटोको लागि Gris photography  का प्रोप्राइटर प्रिय   ग्रिस जी लाई हार्दिक आभार 🙏🙏💕💕
04/16/2026

सुन्दर फोटोको लागि Gris photography का प्रोप्राइटर प्रिय ग्रिस जी लाई हार्दिक आभार 🙏🙏
💕💕

नेपाली नयाबर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण  बुवाआमा,दाजु-भाइ दिदीबहिनी ,इस्टमित्र,  सा...
04/15/2026

नेपाली नयाबर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण बुवाआमा,दाजु-भाइ दिदीबहिनी ,इस्टमित्र, साथीभाई लगाएत मान्यबर सबैमा गुल्मी समाज हुस्टनको तर्फबाट शुख,शान्ति, सम्वृद्धि तथा सु-स्वास्थ्य एवं दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ !सबैको लागि यो बर्ष खुसीको बहार ल्याउने शुभ बर्ष बनोस💐💐💐🙏🙏

बिनित
अध्यक्ष रामकृष्ण सापकोटा एब समस्त कार्यसमिति परिवार गुल्मी समाज ह्यूस्टन!

Address

Houston, TX

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Samaj Houston posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share