NRNA MediHealth Center

Directions Website

NRNA MediHealth Center NRNA MediHealth Center is a joint initiative of Deurali Foundation, committed to providing affordable, accessible and quality healthcare services in Nepal.

Supported by the global Nepali community.

एनआरएनए सजिलो बसाइ समुदायका लागि सहयोगएनआरएनए मेडिहेल्थ सेन्टरले ग्रामीण पर्यटन, स्थानीय समुदाय र सामाजिक सेवाबीच सहकार्...
09/18/2026

एनआरएनए सजिलो बसाइ समुदायका लागि सहयोग
एनआरएनए मेडिहेल्थ सेन्टरले ग्रामीण पर्यटन, स्थानीय समुदाय र सामाजिक सेवाबीच सहकार्य गर्ने उद्देश्यले एनआरएनए सजिलो बसाइको अवधारणा अघि बढाएको छ।
हाम्रो उद्देश्य केवल घुम्न आउने पाहुनालाई बस्ने सुविधा दिनु मात्र होइन। स्थानीय गन्तव्यको प्रचार गर्ने, स्थानीय उत्पादन तथा परिकारको प्रवर्द्धन गर्ने, स्थानीय समुदायको आम्दानी बढाउन सहयोग गर्ने र पर्यटनलाई सामाजिक सेवासँग जोड्ने हाम्रो प्रयास हो।हुवासको प्राकृतिक सौन्दर्य आत्मीय स्थानीय आतिथ्यता स्वादिष्ट स्थानीय परिकार समुदायसँग सहकार्य हुवास अस्पताल पुनः सञ्चालन अभियानमा सहयोग तपाईंको बसाइ, समुदायका लागि योगदान तपाईं हुवास आउनुहोस्, प्रकृतिको आनन्द लिनुहोस्, स्थानीय परिकारको स्वाद लिनुहोस् र आत्मीय आतिथ्यताको अनुभव गर्नुहोस्।
तपाईंको बसाइबाट प्राप्त सहयोगलाई लामो समयदेखि बन्द रहेको हुवास अस्पताल पुनः सञ्चालन गर्ने अभियानमा योगदान पुर्‍याउने उद्देश्यराखिएको छ।
हामी सबै मिलेर एउटा यस्तो वातावरण बनाउन चाहन्छौँ जहाँ पर्यटन बढोस्,स्थानीय रोजगारी बढोस्,स्थानीय आम्दानी बढोस्,समुदाय समृद्ध बनोस्,र हुवासमा स्वास्थ्य सेवा पुनः सञ्चालन होस्।
📍 स्थान: हुवास, पर्वत
💵 प्रति व्यक्ति रु. २,५००
🛏️ बेड, बेलुकाको खाना र बिहानको नास्ता समावेश
👥 बस्ने क्षमता: २०–३० जना
एनआरएनए सजिलो बसाइ बस्न सजिलो। बुक गर्न सजिलो।समुदायका लागि सहयोग गर्न अझ सजिलो। चाँडै सञ्चालनमा आउँदैछ…आउनुहोस्, हुवास घुमौँ।
स्थानीयसँग बसौँ।स्थानीय स्वाद चाखौँ।
र हुवास अस्पताल पुनः सञ्चालनको अभियानमा जोडिऔँ।

आजदेखि एनआरएनए मेडिहेल्थ सेन्टरको प्रवेशद्वार निर्माण सुरु हुँदैछ।वर्षौँदेखि बन्द रहेको अस्पतालमा फेरि स्वास्थ्यको उज्या...
09/10/2026

आजदेखि एनआरएनए मेडिहेल्थ सेन्टरको प्रवेशद्वार निर्माण सुरु हुँदैछ।
वर्षौँदेखि बन्द रहेको अस्पतालमा फेरि स्वास्थ्यको उज्यालो बाल्ने हाम्रो अभियान अब निर्माणको अर्को चरणमा पुगेको छ।यो प्रवेशद्वार केवल इँटा, सिमेन्ट र फलामले बन्ने संरचना होइन। यो बिरामीका लागि आशाको ढोका, गाउँका लागि स्वास्थ्यको ढोका र हाम्रो सामूहिक सेवाभावको प्रतीक हो।
तर यो काम पूरा गर्न तपाईंहरूको साथ चाहिन्छ।
नेपालमा रहनुभएका नेपाली होस् वा विदेशमा रहनुभएका नेपाली आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरौँ।तपाईंको सानो सहयोगले पनि एउटा ठूलो सामाजिक अभियानलाई अगाडि बढाउन सक्छ। आज प्रवेशद्वार बनाऔँ, भोलि अस्पताल सञ्चालन गरौँ। आउनुहोस्, मिलेर स्वास्थ्यको ढोका खोलौँ।
NRNA MEDIHEALTH CENTER
01200501425680000001
Bank Name:Garima Bikas Bank Limited
Bank Branch : Kusma Branch Nepal

‪

09/07/2026

२५ वर्षदेखि बन्द रहेको संरचनामा फेरि आशाको उज्यालो!
ईंटा–ढुंगा मात्र मर्मत भइरहेको छैन,पर्वतका जनताको स्वास्थ्य सेवाको एउटा सपना पुनःनिर्माण हुँदैछ।
मर्मत तथा निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। NRNA MediHealth Center, हुवास , पर्वत
आज हामी संरचना बनाउँदैछौँ,भोलि यही ठाउँबाट स्वास्थ्य सेवा र आशा बाँड्नेछौँ।यो अभियानमा साथ, सहयोग र शुभेच्छा दिनुहुने सबैप्रति हार्दिक आभार।
बन्द अस्पताललाई पुनःजीवन दिने अभियान जारी छ।

08/19/2026

सूचना
एनआरएनए मेडिहेल्थ सेन्टरको आधिकारिक वेबसाइट केही समयका लागि बन्द रहनेछ।
वेबसाइटमा आवश्यक प्राविधिक सुधार, सामग्री अद्यावधिक तथा संस्थागत पुनसंरचना गर्नुपर्ने भएकाले केही समयका लागि वेबसाइट अस्थायी रूपमा बन्द राखिने जानकारी गराइन्छ।
यस अवधिमा वेबसाइटमा रहेका विवरणहरू पुनरावलोकन तथा आवश्यक सामग्रीहरू अद्यावधिक गर्ने कार्य गरिनेछ।वेबसाइट पुनः सञ्चालनमा आएपछि सम्बन्धित सबैलाई जानकारी गराइनेछ।
यसबाट पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ।
धन्यवाद।
एनआरएनए मेडिहेल्थ सेन्टर
“स्वस्थ जीवन, सुरक्षित भविष्य”

08/16/2026

प्रेस विज्ञप्ति
श्री सन्तोष पहारीलाई एनआरएनए मेडिहेल्थ सेन्टरको जिम्मेवारीबाट हटाइएको सम्बन्धमा
एनआरएनए मेडिहेल्थ सेन्टर लामो समयदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालन गरी सर्वसाधारण तथा स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र सामाजिक तथा मानवीय उद्देश्यका साथ अघि बढाइएको गैरराजनीतिक अभियान हो।
यस अभियानलाई संस्थागत रूपमा प्रभावकारी, पारदर्शी र जिम्मेवार ढंगले सञ्चालन गर्न पदाधिकारी तथा सदस्यहरूलाई स्पष्ट जिम्मेवारी प्रदान गरिएको छ। जिम्मेवारी प्राप्त गर्ने प्रत्येक व्यक्तिबाट संस्थाको उद्देश्यप्रति पूर्ण प्रतिबद्धता, नियमित सम्पर्क तथा समन्वय, सक्रिय सहभागिता, संस्थागत अनुशासन र गैरराजनीतिक आचरण अपेक्षित हुन्छ।
एनआरएनए मेडिहेल्थ सेन्टरको वरिष्ठ उपाध्यक्ष तथा विभागीय प्रमुखको जिम्मेवारीमा रहनुभएका श्री सन्तोष पहारीज्यूसँग संस्थागत विषयमा आवश्यक समन्वय तथा सम्पर्क कायम गर्ने पटक–पटक प्रयास गरिएको भए पनि पछिल्लो समय अपेक्षित रूपमा सम्पर्क, समन्वय र सक्रिय सहभागिता हुन नसकेको अवस्था देखिएको छ। महत्वपूर्ण जिम्मेवारीमा रहेर संस्थागत गतिविधिमा आवश्यक समय र सक्रियता उपलब्ध हुन नसक्नु संस्थाको कार्यसम्पादनका दृष्टिले गम्भीर विषय हो।
यसैबीच, श्री पहारीज्यूले नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको जानकारी प्राप्त भएको छ। नेपाली जनसम्पर्क समिति राजनीतिक प्रकृतिको संगठन भएकाले त्यस्तो राजनीतिक संगठनको निर्वाचनमा उम्मेदवार रहँदा एनआरएनए मेडिहेल्थ सेन्टरको गैरराजनीतिक चरित्र, संस्थागत निष्पक्षता र सार्वजनिक विश्वासमा अनावश्यक प्रश्न उठ्न सक्ने अवस्था सिर्जना भएको छ।
एनआरएनए मेडिहेल्थ सेन्टर कुनै राजनीतिक संगठन वा राजनीतिक प्रतिस्पर्धाको मञ्च होइन। यो २५ वर्षदेखि बन्द रहेको अस्पताल पुनः सञ्चालन गर्ने, स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सेवा पुर्‍याउने र सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियान हो। त्यसैले संस्थाको नेतृत्व तथा जिम्मेवारीमा रहने व्यक्तिले व्यक्तिगत, राजनीतिक वा अन्य प्राथमिकताभन्दा संस्थाको उद्देश्य र जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
जिम्मेवारीबाट मुक्त गर्ने निर्णय उपरोक्त सम्पूर्ण परिस्थितिको समीक्षा तथा संस्थागत हितलाई मध्यनजर गर्दै मिति १४ अगस्ट २०२६ देखि श्री सन्तोष पहारीज्यूलाई एनआरएनए मेडिहेल्थ सेन्टर कमिटीको वरिष्ठ उपाध्यक्ष तथा विभागीय प्रमुखलगायत उहाँलाई प्रदान गरिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।
यो निर्णय कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह, राजनीतिक प्रतिशोध वा व्यक्तिविशेषप्रतिको असहमतिको आधारमा गरिएको होइन। संस्थाको गैरराजनीतिक चरित्र, संस्थागत अनुशासन, जिम्मेवारीप्रतिको उत्तरदायित्व, पारदर्शिता तथा अस्पताल पुनः सञ्चालन अभियानको मूल उद्देश्यलाई संरक्षण गर्ने संस्थागत आवश्यकताका आधारमा यो निर्णय गरिएको हो।
श्री पहारीज्यूको जिम्मामा रहेका एनआरएनए मेडिहेल्थ सेन्टरसँग सम्बन्धित कागजात, सूचना, सम्पर्क विवरण, डिजिटल सामग्री, संस्थागत अभिलेख वा अन्य कुनै सामग्री भएमा सम्बन्धित जिम्मेवार पदाधिकारीलाई यथाशीघ्र हस्तान्तरण गरी संस्थागत प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।
एनआरएनए मेडिहेल्थ सेन्टर सबै सहयोगी, शुभेच्छुक, दाता, सामाजिक अभियन्ता तथा सम्बन्धित संस्थाहरूलाई कुनै पनि व्यक्तिगत वा राजनीतिक विवादभन्दा माथि उठेर “बन्द अस्पताल पुनः सञ्चालन—समुदायका लागि स्वास्थ्य सेवा” भन्ने मूल उद्देश्यमा एकजुट हुन हार्दिक आह्वान गर्दछ।
संस्था व्यक्तिभन्दा ठूलो हुन्छ, उद्देश्य पदभन्दा ठूलो हुन्छ, र सामाजिक सेवा कुनै राजनीतिक प्रतिस्पर्धाभन्दा माथि हुन्छ।
धन्यवाद।
माधव मरासिनी
अध्यक्ष
एनआरएनए मेडिहेल्थ सेन्टर

एकै वचन… अनि मनै छुने सहयोग! केही मानिसहरू धेरै कुरा गर्छन्, धेरै प्रतिबद्धता व्यक्त गर्छन्।तर केही यस्ता मनकारी व्यक्ति...
08/12/2026

एकै वचन… अनि मनै छुने सहयोग!
केही मानिसहरू धेरै कुरा गर्छन्, धेरै प्रतिबद्धता व्यक्त गर्छन्।तर केही यस्ता मनकारी व्यक्तित्वहरू पनि हुन्छन्, जसले कुरा होइन, काम गरेर आफ्नो मनको उदारता देखाउनुहुन्छ।एनआरएनए मेडिहेल्थ सेन्टरको अभियानबारे जानकारी पाएपछि एकै वचनमा डोनर सदस्य बन्न स्वीकार गर्नुभएका श्री सन्तोष लम्सालज्यूप्रति हामी हृदयदेखि नै नतमस्तक छौँ। तपाईंको यो सहयोग रकमभन्दा धेरै ठूलो छ। यो विश्वास हो, माया हो, जिम्मेवारी हो र स्वदेशप्रतिको एउटा सुन्दर ऋण तिर्ने भावना हो।
वर्षौँदेखि बन्द रहेको अस्पतालको ढोका फेरि खुलोस्,दुर्गम गाउँका बिरामीले उपचारका लागि घण्टौँ हिँड्न नपरोस्,आमाले आफ्नै गाउँमा सुरक्षित उपचार पाऊन्,बालबालिकाले समयमै स्वास्थ्य सेवा पाऊन्। यही सपनालाई साकार पार्ने यात्रामा तपाईंको साथ जोडिएको छ।
सन्तोष लम्सालज्यू,तपाईंले एकै वचनमा दिनुभएको साथले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ। साँचो मन भएको मानिसलाई लामो भाषण चाहिँदैन, एउटा निर्णय नै पर्याप्त हुन्छ।
तपाईंको यो अमूल्य साथले हामीलाई अझ दृढ भएर अघि बढ्ने साहस दिएको छ।डोनर सदस्य बन्नुभएकोमा हार्दिक बधाई तथा हृदयको गहिराइदेखि धन्यवाद!
आज तपाईंले दिएको साथभोलि कसैको जीवन बचाउने आधार बन्न सक्छ।
एनआरएनए मेडिहेल्थ सेन्टर परिवार
“विदेशमा बसेका नेपालीको योगदान, स्वदेशको स्वास्थ्यको उत्थान।”

एउटा सदस्यता होइन, एउटा सुन्दर प्रतिबद्धता कहिलेकाहीँ एउटा सानो सहयोगले ठूलो सपना साकार पार्ने बाटो खोलिदिन्छ। आज पुष्पा...
08/12/2026

एउटा सदस्यता होइन, एउटा सुन्दर प्रतिबद्धता
कहिलेकाहीँ एउटा सानो सहयोगले ठूलो सपना साकार पार्ने बाटो खोलिदिन्छ। आज पुष्पा खनालज्यूले एनआरएनए मेडिहेल्थ सेन्टरको डोनर रजत सदस्यता ग्रहण गर्नुभएको क्षण हाम्रो संस्थाका लागि अत्यन्तै खुशी क्षण हो।
यो प्रमाणपत्र केवल कागजको एउटा पाना होइन। यो वर्षौँदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालन गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो अभियानप्रतिको विश्वास, माया र ऐक्यबद्धताको प्रतीक हो।
पुष्पा खनालज्यू, तपाईंको यो योगदानले केवल एउटा संस्थालाई सहयोग गरेको छैन यसले भोलि उपचारको अभावमा टाढा जानुपर्ने आमा, बुबा, बालबालिका तथा असहाय परिवारका आँखामा आशाको ज्योति बाल्ने अभियानलाई साथ दिएको छ।
तपाईंको विश्वास र सहयोगले हामीलाई अझ दृढ भएर अगाडि बढ्ने हौसला दिएको छ।तपाईंको योगदानप्रति हामी हृदयदेखि नै आभारी छौँ।
आउनुहोस्, हामी सबै मिलेर एउटा यस्तो स्वास्थ्य केन्द्र निर्माण गरौँ, जहाँ पैसाको अभावमा कसैले उपचारबाट वञ्चित हुन नपरोस्।
तपाईंको एउटा सहयोग कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। पुष्पा खनालज्यूलाई रजत सदस्यता प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा हृदयदेखि नै धन्यवाद।

एनआरएनए मेडिहेल्थ सेन्टर परिवार
“विदेशमा बसेका नेपालीको योगदान, स्वदेशको स्वास्थ्यको उत्थान।”

हार्दिक बधाई तथा सम्मान  श्री रवीन्द्र उप्रेतीज्यूएनआरएनए मेडिहेल्थ सेन्टर परिवारका तर्फबाट श्री रवीन्द्र उप्रेतीज्यूलाई...
08/10/2026

हार्दिक बधाई तथा सम्मान
श्री रवीन्द्र उप्रेतीज्यू
एनआरएनए मेडिहेल्थ सेन्टर परिवारका तर्फबाट श्री रवीन्द्र उप्रेतीज्यूलाई स्वर्ण सदस्य बन्नुभएकोमा हार्दिक बधाई तथा सम्मान व्यक्त गर्दछौँ।२५ वर्षदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउने पवित्र अभियानमा रवीन्द्र उप्रेतीज्यूले पुर्‍याउनुभएको योगदान अत्यन्तै महत्वपूर्ण र प्रशंसनीय छ। विशेषगरी एनआरएनए मेडिहेल्थ सेन्टर कमिटी अमेरिकाको कोष तथा आर्थिक व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उहाँले संस्थाप्रति देखाउनुभएको इमानदारी, पारदर्शिता, जिम्मेवारीबोध र निरन्तर समर्पण हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ।
कोषको जिम्मेवारी सम्हाल्नु भनेको केवल आय–व्ययको हिसाब राख्नु मात्र होइन, समुदायले विश्वास गरेर दिएको प्रत्येक सहयोगको संरक्षण गर्नु र संस्थाप्रति गरिएको विश्वासलाई कायम राख्नु पनि हो। उहाँले यस जिम्मेवारीलाई अत्यन्त गम्भीरताका साथ निर्वाह गर्दै आउनुभएको छ।
यस अभियानमा उहाँको योगदान आर्थिक व्यवस्थापनमा मात्र सीमित छैन। समय, श्रम, विचार, साथ र विश्वासका साथ अभियानलाई अघि बढाउन उहाँले दिनुभएको निरन्तर सहयोग वास्तवमै प्रशंसनीय छ।आज प्रदान गरिएको स्वर्ण सदस्यताको प्रमाणपत्र उहाँको योगदानप्रतिको संस्थागत सम्मान हो। तर उहाँले यस अभियानका लागि गर्नुभएको योगदानको वास्तविक मूल्य कुनै प्रमाणपत्रले मात्र मापन गर्न सक्दैन।रवीन्द्र उप्रेतीज्यू, तपाईंको योगदानले हाम्रो अभियानलाई बल दिएको छ, तपाईंको जिम्मेवारीबोधले संस्थाको विश्वास बढाएको छ र तपाईंको समर्पणले अरूलाई पनि सेवाको बाटोमा अघि बढ्न प्रेरणा दिएको छ।
२५ वर्षदेखि बन्द अस्पतालको ढोका पुनः खोल्ने हाम्रो साझा सपना पूरा हुँदा, त्यस यात्रामा तपाईंले पुर्‍याउनुभएको योगदान पनि इतिहासको एउटा महत्वपूर्ण पृष्ठका रूपमा सम्झिइनेछ।श्री रवीन्द्र उप्रेतीज्यूलाई हार्दिक बधाई, उच्च सम्मान तथा हृदयदेखि नै धन्यवाद।
“विदेशमा बसेका नेपालीको योगदान, स्वदेशको स्वास्थ्यको उत्थान।”
एनआरएनए मेडिहेल्थ सेन्टर परिवार

हार्दिक बधाई तथा कृतज्ञता एनआरएनए मेडिहेल्थ सेन्टर परिवारको तर्फबाट आदरणीय शोभ थापा ज्यूलाई स्वर्ण सदस्य बन्नुभएकोमा हार...
08/10/2026

हार्दिक बधाई तथा कृतज्ञता
एनआरएनए मेडिहेल्थ सेन्टर परिवारको तर्फबाट आदरणीय शोभ थापा ज्यूलाई स्वर्ण सदस्य बन्नुभएकोमा हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछौँ। यो स्वर्ण सदस्यताको प्रमाणपत्र केवल एउटा कागजको प्रमाणपत्र होइन।यो मानवीय सेवाप्रतिको समर्पण, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको मायाको सम्मान हो।२५ वर्षदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउने हाम्रो अभियान एउटा अस्पतालको भवन खोल्ने प्रयास मात्र होइन। यो त
गाउँका आमाबुबाले उपचारका लागि टाढा जान नपरोस्,गर्भवती आमाले समयमै स्वास्थ्य सेवा पाऊन्,बालबालिकाले आफ्नै ठाउँमा उपचार पाऊन्,र आर्थिक अभावका कारण कसैले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने एउटा साझा सपना हो।
यही पवित्र अभियानमा शोभ थापा ज्यूले आफ्नो विश्वास, साथ र योगदान जोड्नुभएको छ। उहाँको यो सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौँ।
कहिलेकाहीँ ठूलो परिवर्तन ठूलो भाषणबाट होइन,एउटा असल मनले गरेको एउटा असल निर्णयबाट सुरु हुन्छ।आज तपाईंले गर्नुभएको योगदान त्यही परिवर्तनको एउटा महत्वपूर्ण पाइला हो।तपाईंको सहयोगले अस्पतालको ढोका मात्र खोल्ने छैन,कसैको जीवन बचाउने ढोका खोल्नेछ।कसैको पीडा कम गर्नेछ।कुनै आमाको आँखाबाट चिन्ताको आँसु हटाउनेछ।र कुनै परिवारमा आशाको उज्यालो ल्याउनेछ। आदरणीय शोभ थापा ज्यू,यस ऐतिहासिक मानवीय अभियानमा तपाईंलाई सहयात्रीका रूपमा पाउनु हाम्रो लागि गौरवको विषय हो।
तपाईंको विश्वास, सद्भाव र अमूल्य योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै सफल सामाजिक सेवाको यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
विदेशमा बसेका नेपालीको योगदान,स्वदेशको स्वास्थ्यको उत्थान।

एनआरएनए मेडिहेल्थ सेन्टर परिवार

“दिगो स्वास्थ्य, सुरक्षित भविष्य”

08/09/2026

२५ वर्षदेखि बन्द अस्पताल अब फेरि खुल्ने आशामा...
२५ वर्षसम्म बन्द रहेको पर्वत जिल्लाको अस्पताल पुनः सञ्चालनमा ल्याउने अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ।
२५ वर्ष भनेको केवल समय होइन । यो एउटा पुस्ताको समय हो।यस अवधिमा कति आमाले उपचारका लागि टाढा जानुपर्‍यो होला, कति बुबाले बिरामी सन्तान बोकेर दौडिनुपर्‍यो होला, कति गर्भवती महिलाले स्वास्थ्य सेवाको अभाव झेल्नुपर्‍यो होला।
अब हामी त्यो अवस्था परिवर्तन गर्न चाहन्छौँ।
यो केवल एउटा अस्पतालको पुनः सञ्चालन होइन।यो आफ्नै गाउँमा स्वास्थ्य सेवा पाउने अधिकार पुनःस्थापित गर्ने अभियान हो।यो आमाको आँसु पुछ्ने अभियान हो।यो बिरामीको जीवन बचाउने अभियान हो।यो हाम्रो जन्मभूमिप्रतिको जिम्मेवारी पूरा गर्ने अभियान हो।
हामीले यो अभियानलाई सफल बनाउन देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र सहयोगको अपेक्षा गरेका छौँ।
सहयोगको रकम ठूलो वा सानो हुँदैन—भावना ठूलो हुन्छ।तपाईंको सानो सहयोगले पनि २५ वर्षदेखि बन्द रहेको अस्पतालको ढोका खोल्ने अभियानमा ठूलो अर्थ राख्नेछ।
🏥 NRNA MEDIHEALTH CENTER
Bank: Garima Bikas Bank Limited
Branch: Kusma Branch, Parbat, Nepal
Account No.: 01200501425680000001
📞 सम्पर्क: +977 985-1139743
आउनुहोस्, हामी सबै मिलेर २५ वर्षदेखि बन्द अस्पतालमा फेरि जीवनको उज्यालो बालौँ।
जन्मभूमिको स्वास्थ्यका लागि—हाम्रो साझा अभियान।तपाईंको सहयोग, कसैको जीवनको आशा बन्न सक्छ।

Address

NRNA MediHealth Center Paiyun Rural Municipality, Ward No. 4, Besithok, Parbat, Gandaki Province
Fairfax, VA
33400

Alerts

Be the first to know and let us send you an email when NRNA MediHealth Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share