06/08/2026
झोर्ले / नमस्कार 🙏
मगर संघ अमेरिका, टेक्सास च्याप्टर द्वारा आयोजित “वनभोज तथा सांस्कृतिक कार्यक्रम २०२६” लाई भव्य, सभ्य र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग तथा सहभागिता जनाउनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
यहाँहरूको उत्साहजनक सहभागिता, अमूल्य सहयोग, माया, सद्भाव र एकताले कार्यक्रमलाई अझ विशेष, रमाइलो तथा अविस्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
विशेष धन्यवाद सम्पूर्ण सहभागी परिवार, स्वयंसेवक, कलाकार, प्रायोजक (स्पोन्सर), खेलाडी, विद्यार्थी, सञ्चारकर्मी (मिडिया) तथा सहयोगी हातहरूलाई। यहाँहरूको अथक सहयोग र समर्पणबिना कार्यक्रमको सफलता सम्भव हुने थिएन।
हामी सबैको एकता, संस्कृति, परम्परा र भाइचाराले हाम्रो समुदायलाई अझ सुदृढ, संगठित र सबल बनाएको छ।
उपस्थित सम्पूर्ण महानुभावहरूलाई पुनः एकपटक कार्यक्रम सफल पार्न दिनुभएको अमूल्य योगदानका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏
धन्यवाद!
मगर संघ अमेरिका, टेक्सास च्याप्टर
Part 3 (Photo Gallery)