Tamang Society of America

Tamang Society of America Founded in 2002, to preserve Tamang culture, heritage, and unite Tamang people living in New York and across the world.
(2)

The Tamang people, an indigenous ethnic group spread across the Himalayan region, are now predominantly inhabitants of Nepal. As proud descendants of our esteemed ancestors, the Tamang community possesses a rich and distinct cultural heritage, deeply rooted in our language, script, folklore, music, and a unique blend of traditional Tamang Buddhism, Bön, and Shamanism (Tambaism). Following the lega

cy of our forebears, we take immense pride in our cultural expressions, particularly the Tamang songs and the melodies of the Damphu and Tungna, which originate from the Tamba tradition and remain an inseparable part of our identity. Historically, the Tamang people have endured systemic discrimination at the hands of aristocratic elites in Nepal, resulting in widespread economic deprivation and social marginalization. For generations, they have been subjected to exploitation within Nepalese society. However, despite persistent oppression and discrimination, the Tamang people have remained resilient, continuously striving to preserve and uphold their unique cultural heritage and traditions. Recognizing the need for collective efforts to safeguard our identity, Tamang Society of America, Inc. was established in March 2002 as a not-for-profit corporation under the laws of the State of New York. The primary mission of this organization is to preserve Tamang culture and heritage while fostering mutual cooperation among Tamang individuals residing in the United States and abroad. The Society actively seeks collaboration with individuals and organizations worldwide that uphold and respect our cultural dignity, with the overarching goal of promoting the socio-cultural and economic development of the Tamang community. Through this collective effort, we envision a future where the Tamang heritage is preserved and celebrated globally. Membership in the Tamang Society of America is open to all individuals of Tamang origin who agree to abide by the organization’s By-Laws and membership policies. Additionally, an Honorary Membership is available for individuals, regardless of ethnicity, who share our values and support the mission of the Society. For more information on our initiatives and membership opportunities, we encourage you to connect with us and join our efforts in preserving the rich legacy of the Tamang people.

नेपाल डे परेड २०२६ यही मे १७ गते, आइतबार New York City मा भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको थियो। उ...
05/20/2026

नेपाल डे परेड २०२६ यही मे १७ गते, आइतबार New York City मा भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा Tamang Society of America (TSA) द्वारा तामाङ समुदायको मौलिक पहिचान झल्किने विशेष सांस्कृतिक झाँकी तथा डम्फू सांस्कृतिक नृत्य आकर्षक रूपमा प्रस्तुत गरिएको थियो। न्यूयोर्कको प्रसिद्ध Manhattan क्षेत्रमा तामाङ समुदायको कला, संस्कृति, भाषा, भेषभूषा तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गरिएको थियो।

यस ऐतिहासिक अवसरमा तामाङ समुदायको भाषा, कला, संस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यका साथ आफ्नो जातीय पोशाकमा सजिएर नेपाल डे परेडमा उत्साहपूर्वक सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूको साथ, सहयोग, समर्पण र योगदान अत्यन्तै प्रशंसनीय तथा महत्वपूर्ण रह्यो। यहाँहरूको उत्साहपूर्ण सहभागिता र एकताले कार्यक्रमलाई अझ भव्य, सभ्य र गौरवमय बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।

हामीले केवल संस्कृति प्रदर्शन मात्र गरेका छैनौं, विश्वसामु नेपाली एकता, आत्मसम्मान, मौलिकता र समुदायको सशक्त सन्देश पनि दिएका छौं। यहाँहरूको अमूल्य साथ, सहयोग र ऐक्यबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। 🙏 🇳🇵🇺🇸

05/15/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏

तामाङ सोसाइटी अफ अमेरिका (TSA) द्वारा हरेक वर्षझैँ यस वर्ष अझ प्रभावकारी र भव्य रूपमा आगामी मे १७, २०२६ (आइतबार) का दिन म्यानहटन, न्यूयोर्कमा आयोजना हुन गइरहेको नेपाल डे परेड २०२६ मा गौरवपूर्ण सहभागिता जनाइने भएको छ।

नेपाल डे परेड हाम्रो नेपाली पहिचान, भाषा, कला, संस्कृति, भेषभूषा तथा सामुदायिक एकतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर हो। विशेषगरी, तामाङ समुदायको मौलिक संस्कृति, डम्फू, म्हेन्दोमाया, परम्परा तथा हाम्रो एकतालाई विश्वसामु प्रस्तुत गर्ने यस ऐतिहासिक कार्यक्रममा यहाँहरू सम्पूर्णलाई उपस्थित भई सक्रिय सहभागिता जनाइदिन हार्दिक एवं विनम्र अनुरोध गर्दछौं।

थुजेछे ! 🇳🇵🙏

📍38TH STREET& MADISON AVE, MANHATTAN, NEW YORK
📅 May 17, 2026
🕚 11:00 AM

Sincerely,
Chandani Lama
General Secretary
Tamang Society of America (TSA)
Co-Convenor
Nepal Day Parade 2026

05/12/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏

तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले आगामी मे १७, २०२६ (आइतबार) का दिन म्यानहटन, न्यूयोर्कमा आयोजना हुन गइरहेको नेपाल डे परेड २०२६ मा सहभागिता जनाउने भएको छ।

यस कार्यक्रममा हाम्रो आफ्नै कला, संस्कृति, पहिचान, मौलिक तामाङ भेषभूषा तथा सामुदायिक एकतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने सुवर्ण अवसर भएकाले यहाँहरू सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक एवं विनम्र अनुरोध गर्दछौं।

थुजेछे !

📍 Manhattan, New York
📅 May 17, 2026
🕚 11:00 AM onwards

Sincerely,

Tul Bahadur Tamang
President,
Tamang Society of America
तामाङ समाज अमेरिका
Advisor
Nepal Day Parade 2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले आगामी मे १७, २०२६ (आइतबार) का दिन म्यानहटन, न्यूयोर्कमा ...
05/11/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏

तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले आगामी मे १७, २०२६ (आइतबार) का दिन म्यानहटन, न्यूयोर्कमा आयोजना हुन गइरहेको नेपाल डे परेड २०२६ मा सहभागिता जनाउने भएको छ।

यस कार्यक्रममा हाम्रो आफ्नै कला, संस्कृति, पहिचान, मौलिक तामाङ भेषभूषा तथा सामुदायिक एकतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने सुवर्ण अवसर भएकाले यहाँहरू सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिन हार्दिक एवं विनम्र अनुरोध गर्दछौं।

थुजेछे !

📍 Manhattan, New York�📅 May 17, 2026�🕚 11:00 AM onwards

Tamang Society of America
तामाङ समाज अमेरिका (TSA)

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏यस वर्ष आयोजना हुन गइरहेको 🇳🇵नेपाल डे परेड २०२६ 🇳🇵 मा तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले पन...
05/07/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा 🙏

यस वर्ष आयोजना हुन गइरहेको 🇳🇵नेपाल डे परेड २०२६ 🇳🇵 मा तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले पनि गौरवका साथ सहभागिता जनाउने भएको हुँदा सम्पूर्णमा औपचारिक रूपमा जानकारी गराउन चाहन्छौं।

तामाङ सोसाइटी अफ अमेरिका (TSA) का अध्यक्ष तुल बहादुर तामाङ नेपाल डे परेड २०२६ को सल्लाहकार (Advisor) तथा महासचिव चाँदनी लामा नेपाल डे परेड २०२६ को सह–संयोजक (Co-Convenor) को रूपमा प्रतिनिधित्व गर्दै, संस्थाले आफ्नो कला, संस्कृति, पहिचान तथा मौलिक तामाङ भेषभूषासहित सहभागिता जनाउनेछ।

आगामी मे १७, २०२६ (आइतबार) का दिन म्यानहटन, न्यूयोर्कमा आयोजना हुने उक्त कार्यक्रममा सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो मौलिक तामाङ पोशाकमा उपस्थित भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

यस विशेष कार्यक्रममा नेपाली कला, संस्कृति, भाषा, परम्परा तथा सामुदायिक एकताको प्रदर्शन गरिनेछ। आउनुहोस्, हामी सबै एकजुट भई हाम्रो तामाङ पहिचान, संस्कृति तथा गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा गर्वका साथ प्रस्तुत गरौं।

📍 म्यानहटन, न्यूयोर्क
📅 मे १७, २०२६ (आइतबार)
🕚 बिहान ११:०० बजे

थुजेछे !🙏🏻

Tamang Society of America
तामाङ समाज अमेरिका (TSA)

ल्हासो फ्याफुल्ला सम्पूर्णमा॥🙏 २५७० औं बुद्ध जयन्तिको पावन अवसरमा  सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको काम...
05/01/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा॥🙏

२५७० औं बुद्ध जयन्तिको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा र अहिंसाको सन्देशले हामी सबैलाई सद्भाव, एकता र मानवताको मार्गमा अघि बढ्न निरन्तर प्रेरणा दिइरहोस्।

थुजेछे!!!🙏

तुल बहादुर तामाङ
अध्यक्ष
Tamang Society of America
तामाङ समाज अमेरिका

ल्हासो फ्याफुल्ला सम्पूर्णमा!!!🙏मञ्जुश्री संवत् २८६२ (ता–ल्हो) को पावन अवसरमा Tamang Society of America द्वारा आयोजना गर...
03/26/2026

ल्हासो फ्याफुल्ला सम्पूर्णमा!!!🙏

मञ्जुश्री संवत् २८६२ (ता–ल्हो) को पावन अवसरमा Tamang Society of America द्वारा आयोजना गरिएको सोनाम ल्होछार पूजा तथा सांस्कृतिक कार्यक्रम २०२६ (७ फेब्रुअरी २०२६, शनिबार) सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त हर्षित छौं।

यस कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन सहयोग, साथ तथा अमूल्य योगदान पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरू प्रति विशेष कृतज्ञता व्यक्त गर्दै हाम्रो संस्था (TSA) हार्दिक आभार व्यक्त गर्दछ।

यस सन्दर्भमा, तल प्रस्तुत वित्तीय विवरणमा सोनाम ल्होछार २०२६ कार्यक्रमका क्रममा संकलित योगदान, प्राप्त प्रायोजन, पूजाका लागि संकलित सहयोग रकम, साथै कुल आम्दानी (Income) र खर्च (Expenses) सम्बन्धी विस्तृत विवरण समावेश गरिएको छ।

हामी तपाईंको निरन्तर सहयोग र सद्भावको उच्च मूल्याङ्कन गर्दछौं र आगामी कार्यक्रमहरूमा पनि यस्तै सहभागिता रहिरहने विश्वास गर्दछौं।

थुजेछे !🙏🏻

तामाङ सोसाइटी अफ अमेरिका
Tamang Society of America

Address

Elmhurst, NY

Alerts

Be the first to know and let us send you an email when Tamang Society of America posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamang Society of America:

Share