Greater Austin Nepali Society

Greater Austin Nepali Society This is a non-profit community based organization dedicated to the overall welfare of Nepalese origin people living in the Greater Austin, Texas Area.
(1)

GANS Executive Team(2021-2023):

Bhoj Raj Bhatta President
Krishna GC Vice President
Niroj Manandhar Vice President
Bidur Khatiwada General Secretary
Top Dangi Secretary
Sakul Koirala Treasurer
Narayan Rijal Executive Member
Anju Thapa Executive Member
Yuba Raj Acharya Executive Member
Bijaya D. Chand Executive Member
Dr Krishan khanal Execut

ive Member
Dhirendra Yadav Executive Member
Bikram Thapa Executive Member
Tara Bhusal Executive Member
Nanda Raj Joshi Executive Member
Sarala Pathak Executive Member
Binod Dahal Executive Member
Binod Sah Executive Member
Ashok Shahi Executive Member
Roshan Budhathoki Executive Member
Sita Kathayat Executive Member

Immediate past president:
Deva Raj Neupane

09/02/2026

सार्वजनिक सूचना

आदरणीय ग्रेटर अस्टिन नेपाली समुदाय,

नारायण गुरुज्यूसँग भएको छलफल तथा परामर्शअनुसार, नेपालमा हालै भएको दुःखद घटनाप्रति शोक, श्रद्धाञ्जली तथा सम्मान प्रकट गर्दै GANS ले अगस्ट २५, राति १०:१५ बजे (CDS) ( August 26, 2026, बिहान 9:00 बजे NPT ) देखि १३ दिनको शोक अवधि पालना गर्ने निर्णय गरेको छ।

यस अवधिमा, सेप्टेम्बर ७ सम्म, GANS को तर्फबाट कुनै पनि चाडपर्वलाई उत्सवका रूपमा मनाइने छैन।

तर हाम्रो धार्मिक परम्परा र नित्य कर्मअनुसार मन्दिरमा गरिने सम्पूर्ण धार्मिक पूजा, आराधना तथा विधिहरू भने नियमित रूपमा सम्पन्न हुनेछन्।

यस निर्णयको उद्देश्य उत्सव र धार्मिक अनुष्ठानबीचको भिन्नतालाई सम्मान गर्दै, दुःखको यस घडीमा मातृभूमि नेपाल र प्रभावित परिवारहरूप्रति एकता, संवेदना र श्रद्धा प्रकट गर्नु हो।

सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनमा भगवान् श्री पशुपतिनाथले धैर्य र शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं।

ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS)

हार्दिक धन्यवाद !!!   नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्ध...
09/01/2026

हार्दिक धन्यवाद !!!

नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण दिवङ्गत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा दिवङगत आत्मा को सम्मानमा दिप प्रज्वलन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने उद्देश्यले ग्रेटर अस्टिन नेपाली सोसाइटी (GANS) द्वारा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रममा चेम्बर अफ कमर्स–अस्टिन च्याप्टर, सुदूरपश्चिमेली समाज–अस्टिन च्याप्टर, नेवा समाज–अस्टिन च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)–अस्टिन च्याप्टर, लायन्स क्लब–अस्टिन च्याप्टर, सत्सङ्ग अमेरीका –अस्टिन च्याप्टर, इम्प्याक्ट नेपाल–अस्टिन च्याप्टर, न्यू मधेशी समाज–अस्टिन च्याप्टर, राप्ती समाज–अस्टिन च्याप्टर तथा मधेशी समाज–अस्टिन च्याप्टर , नेपाल अमेरीका पत्रकार संघ ( नेजा ) लगायत विभिन्न संघसंस्थाहरुको संयुक्त सहभागि कार्यक्रमका भावपूर्ण क्षणहरूलाई सुन्दर ढङ्गले कैद गरी उत्कृष्ट भिडियो निर्माण एवं प्रसारण गरिदिनुभएकोमा Love of Nepal YouTube Channel का प्रदीप पराजुलीज्यू तथा सम्पूर्ण Love of Nepal परिवारप्रति ग्रेटर अस्टिन नेपाली सोसाइटी हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ।
यहाँहरूको यस प्रशंसनीय योगदानले दिवङ्गत आत्माहरूप्रतिको श्रद्धा, शोकसन्तप्त परिवारजनप्रतिको समवेदना तथा अस्टिनवासी नेपाली समुदायको एकता र मानवीय संवेदनालाई सदैव स्मरणीय बनाएको छ। 🙏🕯️

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

आदरणीय समुदायका सदस्यज्यूहरू,नमस्कार।यस विषम परिस्थितिमा नेपालमा परेको प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि सहयोग गर्...
09/01/2026

आदरणीय समुदायका सदस्यज्यूहरू,

नमस्कार।

यस विषम परिस्थितिमा नेपालमा परेको प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि सहयोग गर्न इच्छुक सहयोगदाताहरूलाई सहयोग गर्ने कार्यमा सहजता प्रदान गर्न तथा प्रोत्साहित गर्ने उद्देश्यले हाम्रो संस्थाले संस्थाको परोपकारी खातामार्फत (कुनै Processing/Service Fee बिना) तथा GoFundMe मार्फत सहयोग गर्ने विकल्पहरू उपलब्ध गराएको हो।

सहयोग गर्न चाहँदाचाहँदै पनि कुन माध्यमबाट र कसरी सहयोग गर्ने भन्ने अन्योलका कारण कोही पनि आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्नबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यस पहलको भावनालाई बुझिदिनुहुन सम्पूर्ण समुदायमा हार्दिक अनुरोध गर्दछौं।

ग्यान्स एक विश्वसनीय सामुदायिक संस्था हो। ग्यान्स मार्फत सहयोग गर्न चाहनुहुने सम्पूर्ण सहयोगदाताहरूलाई हामी स्पष्ट रूपमा विश्वास दिलाउन चाहन्छौं कि संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा नेपाल सरकारको Prime Minister’s Disaster Relief Fund मा पठाइनेछ।

यस कठिन परिस्थितिमा नेपाल र नेपाली जनताका लागि आफ्नो इच्छा, क्षमता र सहजताअनुसार जुनसुकै माध्यमबाट भए पनि सकारात्मक सहयोग र मानवीय साथ प्रदान गरिदिनुहुन सम्पूर्ण समुदायमा हार्दिक अनुरोध गर्दछौं।

नेपालका लागि एकजुट होऔं। सहयोग गरौं।

धन्यवाद।

सादर,
सुर्य कार्की
महासचिव
ग्यान्स कार्यकारी समिति

नेपालमा बाढी पीडितहरूलाई सहयोग गरौं अगस्ट २६, २०२६ मा हिमपहिरोका कारण आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पु...
08/31/2026

नेपालमा बाढी पीडितहरूलाई सहयोग गरौं
अगस्ट २६, २०२६ मा हिमपहिरोका कारण आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

हजारौ परिवार घर बिहीन हुनुहुन्छ, खाने खाना छैन, लगाउने कपडा छैन, आवश्य औषधी छैन। कुनै पनि सहयोग सानो हुदैन। सकेको आर्थीक सहयोग गर्न मन ठुलो पारौ। तपाईको सानो सहयोगले कसैको छाक टर्न सक्छ॥

आर्थीक सहयोग नसके कम्तीमा लिंक सेयर गरेर भए पनि सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ।

As of August 29, 2026, Nepal is facing one of the most devast… Greater Austin Nepali Society needs your support for Help Nepal’s Flood Survivors Rebuild Their Lives

08/31/2026

आदर्णीय अष्टिनबासी दाजुभाई, दिदीबहिनी, आमाबुवा तथा सहयोगी मनहरु,

नमस्कार

नेपालमा हाल बाढीबाट प्रभावित परिवारहरू अत्यन्त कठिन अवस्थामा हुनुहुन्छ। उहाँहरूलाई खाना, आश्रय, कपडा, औषधि र अत्यावश्यक सामग्रीको तत्काल आवश्यकता परेको छ। यस कठिन घडीमा हामी सबैको सानो-सानो सहयोगले पनि ठूलो फरक पार्न सक्छ।

हामी सबैलाई विनम्र अनुरोध गर्दछौं, कृपया यस सहयोग अभियानमा सहभागी भई सहयोगी हातहरु अगाडि बढाउनुहोस। साथै, यो सन्देशलाई सकेसम्म धेरैजनासम्म फैलाएर बाढी प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन मद्दत गरिदिनु होला।

हामीले नेपाली लगाएत अन्य समुदायले चाहेको र सकेको आर्थीक सहयोग गर्न सहजीकरणका लागी GoFundMe मार्फत ब्यवस्था मिलाएका छौ भने अर्को विकल्पको रुपमा हामीले ग्यान्स परोपकारी खाता मार्फत सजिलो र सुरक्षित जेल (Zelle) भुक्तानीको व्यवस्था मिलाउँदै छौं। यो व्यवस्था सोमबारसम्म तयार हुने अपेक्षा गरिएको छ। बैंकबाट आवश्यक जानकारी प्राप्त हुनासाथ हामी तुरुन्तै भुक्तानी विवरण उपलब्ध गराउनेछौं।

संकलन भएको सम्पुर्ण सहयोग रकम प्रधान मन्त्रीको दैवी प्रकोप कोषमा जम्मा गरिने जानकारी गराउदछौ।

कृपया यस अभियानमा सामेल भई बाढी प्रभावित परिवारहरूलाई सक्दो आर्थिक सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। हजुरहुरको सानो सहयोगले पनि उहाँहरूको जीवनमा ठूलो मद्दत पुर्याउन सक्छ।
gofundme को लिंकः
https://gofund.me/007f7eaad

सहयोगका लागि तयार हृदयहरू पर्ति नमन।

धन्यवाद।
ग्यान्स मुल समिती

08/31/2026

Address

Austin, TX

Telephone

5125543961

Alerts

Be the first to know and let us send you an email when Greater Austin Nepali Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Greater Austin Nepali Society:

Shortcuts

Share