Nepal America Ekata Samaj

Nepal America Ekata Samaj Hence, we created Nepal America Ekata Samaj in 2009 to fulfill this goal within the boundary of the United States federal and state rules and regulations.
(1)

A non profit organization established to protect Nepali culture, tradition, aspiration, and create an environment full of confidence and cooperation among Nepali living in Southern California. We felt necessary to protect Nepalese cultures and traditions, bond Nepalese feelings and aspirations, and create an environment full of confidence and cooperation among Nepalese living here in California.

आदरणीय प्रमुख अतिथि,विभिन्न संघ–संस्था तथा संगठनका प्रतिनिधिज्यूहरू,आदरणीय पत्रकार महानुभावहरू,सम्माननीय सामाजिक अभियन्त...
01/22/2026

आदरणीय प्रमुख अतिथि,
विभिन्न संघ–संस्था तथा संगठनका प्रतिनिधिज्यूहरू,
आदरणीय पत्रकार महानुभावहरू,
सम्माननीय सामाजिक अभियन्ताहरू,
तथा यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू,

नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा (AGM) मा आफ्नो बहुमूल्य समय निकालेर यहाँ उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा म, समाजको तर्फबाट तथा व्यक्तिगत रूपमा, यहाँ उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिज्यूहरू, आदरणीय पत्रकार मित्रहरू तथा सबै सम्माननीय महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु!

यहाँहरूको उपस्थितिले मात्र होइन, यहाँहरूले दिनु भएको सद्भाव, सुझाव, सहकार्य र उत्साहले हाम्रो संस्थालाई अझ जिम्मेवार, संगठित र उद्देश्यप्रति प्रतिबद्ध बनाएको छ। विशेष गरी लस एन्जलस क्षेत्रका विभिन्न संघ–संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको साथ र समर्थनले नेपाल अमेरिका एकता समाजलाई समुदायप्रति अझ प्रभावकारी रूपमा काम गर्न ठूलो प्रेरणा मिलेको छ।

यस अवसरमा, आजको कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण कार्यसमिति सदस्यहरू तथा शुभेच्छुकहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

साथै, आजको गरिमामय कार्यक्रम आयोजना गर्नका लागि सुन्दर र व्यवस्थित स्थान उपलब्ध गराइदिनु भएको तथा सबैलाई स्वादिष्ट भोजनको व्यवस्था गरेर कार्यक्रमलाई अझ स्मरणीय बनाइदिनु भएकोमा हिमालयन ग्रिल, हन्टिङ्टन बीचका सञ्चालक आदरणीय अमृत महतोज्यूलाई नेपाल अमेरिका एकता समाजको तर्फबाट विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। उहाँको उदारता, आतिथ्यता र सहयोगले हाम्रो कार्यक्रमलाई अत्यन्त सफल र सुखद बनाएको छ।

हामी आगामी दिनहरूमा पनि यहाँहरूसँगको सहकार्य, सद्भाव र मार्गदर्शन निरन्तर रहने अपेक्षा गर्दछौं। नेपाल अमेरिका एकता समाज सधैंजसो नेपाली समुदायको हित, एकता र सेवाका लागि समर्पित रहने प्रतिबद्धता यसै अवसरमा पुनः व्यक्त गर्न चाहन्छु।

अन्त्यमा, आजको यस गरिमामय कार्यक्रममा सहभागी भई हामीलाई उत्साह, ऊर्जा र मार्गदर्शन प्रदान गर्नु भएकोमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै, यहाँहरू सबैको उत्तरोत्तर प्रगति, स्वास्थ्य र सफलताको कामना गर्दछु।

धन्यवाद।

— अजित बाबु घिमिरे
महासचिव
नेपाल अमेरिका एकता समाज
लस एन्जलस, क्यालिफोर्निया

hardik shrandajali
01/08/2026

hardik shrandajali

Hardik Shrandajali
01/08/2026

Hardik Shrandajali

Merry Christmas & Happy New Year 2026
12/25/2025

Merry Christmas & Happy New Year 2026

Address

11457 Jenkins Street
Artesia, CA
90701

Alerts

Be the first to know and let us send you an email when Nepal America Ekata Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share