Kirat Community Organization Of Akron, Ohio, Inc

Kirat Community Organization Of Akron, Ohio, Inc जबसम्म माङ (ईश्वरको) सेवा गर्छौ तबसम्म एक्लै छु भनी नठान्नु।महागुरु फाल्गुनन्द लिङ्देन।

06/16/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
११औं किरात राष्ट्रिय अधिबेशन 2026 को हृदयदेखि हार्दिक निमन्त्रणा

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| आज June 14, 2026 , आइतबारका दिन सम्पन्न मासिक सेवाको पावन अवसरमा “Handbook of Learnin...
06/15/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
आज June 14, 2026 , आइतबारका दिन सम्पन्न मासिक सेवाको पावन अवसरमा “Handbook of Learning Kirat Alphabet, Words and Numbers” नामक किताबको औपचारिक रूपमा विमोचन (याम नारा पेहन) गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौ।
यस “Handbook of Learning Kirat Alphabet, Words and Numbers” को प्रकाशन तथा विमोचन किरात भाषा, लिपि र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले गरिएको हो। यसले किरात लिपि अध्ययन तथा शिक्षण–सिकाइ प्रक्रियालाई अझ व्यवस्थित, सरल र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौ।
यसैगरी, Handbook of Learning Kirat Alphabet, Words and Numbers को अवधारणा, तयारी, सम्पादन तथा प्रकाशन प्रक्रियाको पहिलो चरणदेखि नै निरन्तर रूपमा अथक मेहनत, समय र बौद्धिक योगदान पुर्‍याउनुहुने हाम्रो समाजका आदरणीय अग्रज व्यक्तित्वहरू ध्रुव बायुङ, अभिर सिंह माबो, डा. नरेश लाउती, आशबहादुर आङ्देम्बे तथा शिक्षा विभागका सम्योजक धन फागोज्यू प्रति समाजको तर्फबाट हार्दिक कृतज्ञता तथा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ।
उहाँहरूको दूरदर्शिता, समर्पण र निरन्तर प्रयासकै फलस्वरूप किरात भाषा, लिपिको संरक्षण तथा भावी पुस्तामा यसको ज्ञान हस्तान्तरण गर्ने महत्वपूर्ण उद्देश्यसहित यो ह्यान्डबुक प्रकाशन गर्न सम्भव भएको हो। उहाँहरूले पुर्‍याउनुभएको योगदान समुदायका लागि प्रेरणादायी र दीर्घकालीन महत्वको रहनेछ।
उहाँहरू सबैप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै मार्गदर्शन, सहयोग र योगदान प्राप्त भइरहोस् भन्ने अपेक्षासहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौ॥ नोगेन 🙏

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| यो जुन महिनाको सेवाको उपलक्ष्यमा गत 24 may 2026 मा सम्पन्न KBC CUP 2026 मा सहभागी सम्...
06/15/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
यो जुन महिनाको सेवाको उपलक्ष्यमा गत 24 may 2026 मा सम्पन्न KBC CUP 2026 मा सहभागी सम्पूर्ण नानीहरूलाई आज सम्मानपूर्वक सम्मानपत्र वितरण गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजयी हुनुहुने खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। साथै, प्रतियोगितामा सहभागिता जनाई खेलकुद भावना, अनुशासन र उत्साह प्रदर्शन गर्नुहुने सम्पूर्ण सहभागी नानीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौ।
हाम्रा यी प्रतिभाशाली नानीहरू नै समुदायका भविष्यका कर्णधार हुन्। उहाँहरूको उज्ज्वल भविष्य, उत्कृष्ट शिक्षा, सुस्वास्थ्य तथा खेलकुद क्षेत्रमा निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

साथै, किरात KBC CUP 2026 लाई सफलतापूर्वक सम्पन्न गर्न अथक मेहनत, समर्पण र नेतृत्व प्रदान गर्नुहुने हाम्रो आदरणीय कोच रनध्वज पन्धाक र रमेस पन्घाकज्यू लगायत उहाँको सम्पूर्ण कोर टिमप्रति हार्दिक कृतज्ञता तथा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

उहाँहरूको निरन्तर प्रयास, समय, ऊर्जा र समर्पणकै कारण प्रतियोगिता व्यवस्थित, सफल र प्रेरणादायी रूपमा सम्पन्न हुन सकेको हो। समुदायका नानीहरूमा खेलकुदप्रतिको रुचि, आत्मविश्वास र अनुशासन विकास गर्न उहाँहरूले पुर्‍याउनुभएको योगदान अत्यन्त प्रशंसनीय छ।

उहाँहरू सबैको आगामी दिनहरू अझ सफल, सिर्जनशील र उपलब्धिमूलक रहोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौ॥

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ|| सम्पूर्ण किरात धर्मावलम्बीहरूमा आसेवारो 🙏आज तदनुसार जुन १४, २०२६ June 14 (आइतबार) का ...
06/15/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
सम्पूर्ण किरात धर्मावलम्बीहरूमा आसेवारो 🙏
आज तदनुसार जुन १४, २०२६ June 14 (आइतबार) का दिन आयोजना भएको मासिक सेवा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउदाछौ ।
यस पवित्र सेवामा मुन्धुम वाचन गरि धार्मिक सेवा सम्पन्न गरिदिनुहुने साङ्दानगेन वारुमसाबा माङ्सेवासाबा तथा माङ्सेवा सामाहरू प्रति हार्दिक कृतज्ञता तथा विशेष धन्यवाद व्यक्त गर्दछौ॥
साथै, सेवा सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा समय, श्रम र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा स्वयंसेविकाहरू, तथा उपस्थित सम्पूर्ण धर्मावलम्बीहरू प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
यहाँहरूको अमूल्य सहयोग, समर्पण र सहभागिताले नै धार्मिक तथा सामुदायिक गतिविधिहरूलाई अझ सशक्त र प्रभावकारी बनाएको छ। आगामी दिनहरूमा पनि यसै गरि एक भएर हामी सेवा गरि रहने छौ ।
नोगेन 🙏

06/14/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
2026 को June महिनाको मासिक सेवा आईतबार 🙏

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||  ग्रेटर एक्रोनमा अवस्थित एकमात्र किरात धार्मिक संस्था KCOAO को 2026 सालको Jun-13-2026...
06/14/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
ग्रेटर एक्रोनमा अवस्थित एकमात्र किरात धार्मिक संस्था KCOAO को 2026 सालको Jun-13-2026 तारिक सनिबारको दिन मासिक चुम्लुङ सफलतापूर्वक सम्पन्न भएको सम्पूर्ण किराँत धर्मावलम्बीहरूलाई जानकारी गराउन चाहन्छौं।
चुम्लुङ्मा उपस्थित भई सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। KCOAO.
नोगेन🙏

06/11/2026

ᤀᤥᤳ ᤋᤠᤃᤧᤖᤠ ᤏᤡᤱᤘᤠᤓᤢ ᤔᤠᤱᤅᤣ ᤛᤣᤘᤠ ᤖᤥ||
🙏💐हार्दिक निमन्त्रणा 💐🙏
मासिक सेवाबारे महत्वपूर्ण जानकारी

Address

1480 Brittain Road
Akron, OH
44310

Alerts

Be the first to know and let us send you an email when Kirat Community Organization Of Akron, Ohio, Inc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirat Community Organization Of Akron, Ohio, Inc:

Share