21/09/2026
🇳🇵 थाई नेपाली सङ्घको आठौँ कार्यकालको दोस्रो त्रैमासिक बैठक हुवाहिन शाखामा भव्य रूपमा सम्पन्न 🇹🇭
“एकता केवल एउटै ठाउँमा भेला हुनु होइन,
एउटै उद्देश्यका लागि एउटै भावनाले अघि बढ्नु हो।”
मिति २० सेप्टेम्बर २०२६, आइतबार थाई नेपाली सङ्घको आठौँ कार्यकालको दोस्रो त्रैमासिक बैठक हुवाहिन शाखामा भव्य रूपमा सम्पन्न भएको छ।
बैठकमा संरक्षक तथा विशेष सल्लाहकारज्यूहरूबाट संस्थाको वर्तमान अवस्था, अनुभव तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण मार्गदर्शन प्रदान गर्नुभयो। साथै, केन्द्रीय विभागहरूको कार्यप्रगति, आगामी योजना, शाखाहरूका गतिविधि तथा विविध प्रस्तावहरू माथि महत्वपूर्ण छलफल गरियो।
उपाध्यक्ष मण्डलबाट निर्माण कार्य, शिक्षा, नेपाली भाषा–साहित्य, पाठ्यक्रम तथा पाठ्यपुस्तक, पिलोक संग्रहालय, संस्थाका नीति–नियम लगायत आगामी योजनाहरूमाथि व्यापक छलफल भएको थियो।
पदभन्दा माथि संस्था, व्यक्तिगत स्वार्थभन्दा माथि समुदाय र वर्तमानभन्दा माथि भावी पुस्ताको भविष्यलाई राखेर अघि बढ्नु नै हाम्रो साझा कर्तव्य हो।
बैठकलाई सफल बनाउन उपस्थित भई महत्वपूर्ण योगदान गर्नुहुने संरक्षकज्यूहरू, विशेष सल्लाहकारज्यूहरू, उपाध्यक्ष मण्डल, विभागीय प्रमुखज्यूहरू, शाखा प्रतिनिधिज्यूहरू तथा सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूमा हार्दिक आभार तथा धन्यवाद।
विशेषतः बैठकको आतिथ्य, व्यवस्थापन तथा सफल आयोजनाका लागि हुवाहिन शाखाप्रति हार्दिक धन्यवाद।
🙏 एकता, सहकार्य र जिम्मेवारीसहित नेपाली समुदायको उज्ज्वल भविष्यका लागि निरन्तर अघि बढौँ।
थाई नेपाली सङ्घ केन्द्र
थाइल्याण्ड 🇹🇭🇳🇵
#नेपालीसमुदाय #एकतासहकार्य #हुवाहिनशाखा #थाईनेपालीसङ्घ