NRNA NCC Thailand ข้อมูลการติดต่อ, แผนที่และเส้นทาง,แบบฟอร์มการติดต่อ,เวลาเปิดและปิด, การบริการ,การให้คะแนนความพอใจในการบริการ,รูปภาพทั้งหมด,วิดีโอทั้งหมดและข่าวสารจาก NRNA NCC Thailand, องค์กรไม่แสวงหาผลกำไร, Bangkok Yai.

Official page of NRNA NCC Thailand | Uniting Nepalis in Thailand through service, culture & community.

एनआरएनए एनसीसी थाइल्याण्डको आधिकारिक पेज | सेवामा, संस्कृतिमा र समुदायमा थाइल्याण्डमा रहेका नेपालीहरूलाई एकजुट गर्दै।

🌸 Happy Nepali New Year 2083 🌸NRNA Thailand Extends Warm Greetings to All 🇳🇵🇹🇭
14/04/2026

🌸 Happy Nepali New Year 2083 🌸
NRNA Thailand Extends Warm Greetings to All 🇳🇵🇹🇭

“पवित्र महाशिवरात्रिको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भगवान शिवको आशीर्वादले जीवनमा उज्यालो, स्वास्थ्...
15/02/2026

“पवित्र महाशिवरात्रिको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भगवान शिवको आशीर्वादले जीवनमा उज्यालो, स्वास्थ्य र समृद्धि ल्याओस्।”

🙏 ॐ नमः शिवाय 🙏

महाशिवरात्रि पर्वको पावन अवसरमा NRNA–NCC थाइल्यान्ड का महासचिव श्री सुरज भण्डारी ज्यू,कोषाध्यक्ष श्री सरोज खनाल ज्यू तथा सम्पूर्ण टिमले बैंककस्थित नेपाली–थाई समुदायको आस्थाको केन्द्र श्री त्रिनाथ देवालय मन्दिर मा दर्शन तथा पूजा–अर्चना सम्पन्न गर्नुभएको छ।

यस शुभ अवसरमा मन्दिर व्यवस्थापन तथा स्थानीय समुदायको सेवाका लागि NRNA–NCC थाइल्यान्ड को तर्फबाट केही आर्थिक सहयोगसमेत प्रदान गरिएको छ। प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति तथा स्थानीय मन्दिरको संरक्षणमा हातेमालो गर्न पाएकोमा हामी अत्यन्तै आभारी छौं। हाम्रो सानो सहयोगले मन्दिरको व्यवस्थापनमा टेवा पुग्ने र नेपाली समुदायबीचको एकता अझ मजबुत हुने विश्वास लिएका छौं।

यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना गरी भक्तजनहरूलाई पूजा–अर्चनाको अवसर प्रदान गर्नु भएकोमा मन्दिरका महासचिवज्यू श्री राजु बलामी ज्यू प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।

त्यसैगरी, महापुराण वाचक ब्यास आचार्य गुरु श्री किशोर गौतम ज्यू बाट पावन आशीर्वाद प्राप्त गर्ने अवसर प्रदान गर्नु भएकोमा मन्दिरका अध्यक्षज्यू तथा सम्पूर्ण श्री त्रिनाथ देवालय मन्दिर परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

अन्त्यमा, सबैमा महाशिवरात्रि पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏🇳🇵

– संजय ढकाल
अध्यक्ष
NRNA–NCC थाइल्यान्ड

शोक सूचनाअनुट 46 गल्लीमा बसोबास गर्नु हुने आदरणीय समाजसेवी श्री विष्णु घिमिरे ज्यू को 64 वर्षको उमेरमा मिति 03/02/2026, ...
04/02/2026

शोक सूचना

अनुट 46 गल्लीमा बसोबास गर्नु हुने आदरणीय समाजसेवी श्री विष्णु घिमिरे ज्यू को 64 वर्षको उमेरमा मिति 03/02/2026, राति 9:30 बजे आफ्नै निवासमा स्वर्गवास भएको दुःखद समाचारले NRNA Thailand परिवार अत्यन्तै मर्माहत भएको छ।

समाजप्रति समर्पित जीवन, निःस्वार्थ सेवाभाव, सरलता र मानवताले उहाँले समाजमा अमूल्य योगदान पुर्‍याउनु भएको थियो। उहाँको असामयिक अवसानले नेपाली समुदायले एक प्रेरणादायी अभिभावक तथा समाजसेवी व्यक्तित्व गुमाएको छ। उहाँका सत्कर्म, आदर्श र सेवाभाव सधैँ हाम्रो स्मृतिमा अमर रहनेछन्।

दिवङ्गत आत्माको अन्तिम संस्कार मिति 04/02/2026, दिउँसो 2:00 बजे, कादिन विष्णु मन्दिरमा सम्पन्न हुने जानकारी गराइन्छ।

यस गहिरो शोकको क्षणमा शोकसन्तप्त परिवारजनप्रति NRNA Thailand का तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौँ।
दिवङ्गत आत्माले परमधाममा वास पाऊन्, ईश्वरले परिवारजनलाई धैर्य, शक्ति र साहस प्रदान गरून् भनी कामना गर्दछौँ। 🙏

ॐ शान्तिः शान्तिः शान्तिः


NRNA Thailand Family

7th steering meeting
20/01/2026

7th steering meeting

URGENT APPEAL FOR SUPPORT — SOUTHERN THAILAND FLOOD RELIEFDear respected members, community friends, and well-wishers,De...
26/11/2025

URGENT APPEAL FOR SUPPORT — SOUTHERN THAILAND FLOOD RELIEF

Dear respected members, community friends, and well-wishers,
Dear NRNA NCC Thailand Team, SRCC Team, and CRCC Team,

The current situation in Southern Thailand, especially in Songkhla Province, has become extremely critical due to massive flooding. Many families have been displaced, essential supplies are scarce, and communities are struggling to survive.

People urgently need:
• Life jackets
• Boats
• Food & drinking water
• Medicine & medical care
• And many other essential relief materials

Therefore, with due humility, we request your immediate attention, support, and kindness to help the affected families during this difficult time.

NRNA Thailand kindly appeals to all members, well-wishers, and the Nepali community to support the Flood Relief & Rehabilitation Campaign through financial or material contributions.



💳 Donation Details

NRNA NCC Thailand Account:
Account Holders: Sanjaya Dhakal / Saroj Khanel
Account Number: 217-143-3277
Bank: Kasikorn Bank

“We are proud to be Nepali.”

Your generosity during this humanitarian crisis is not only a contribution—it is our shared responsibility and collective duty to support those in need.
We look forward to your active participation and heartfelt support.

NRNA NCC Thailand
President: Sanjaya Dhakal

“For Nepali, By Nepali, With Humanity.”

💐 Heartfelt Condolence | हार्दिक श्रद्धाञ्जली 💐Late Mrs. Dev Kumari Dhakal (Age 83)Beloved mother of Mr. Sanjaya Dhakal,...
04/11/2025

💐 Heartfelt Condolence | हार्दिक श्रद्धाञ्जली 💐

Late Mrs. Dev Kumari Dhakal (Age 83)
Beloved mother of Mr. Sanjaya Dhakal, President of NRNA NCC Thailand

🕊
NRNA NCC Thailand expresses its deepest sorrow on the passing away of Late Mrs. Dev Kumari Dhakal (Age 83), beloved mother of President Mr. Sanjaya Dhakal.
She passed away on 3rd November 2025 at 3:00 PM in Kathmandu while undergoing treatment at the hospital.

Our heartfelt condolences and prayers are with President Dhakal and his family during this time of grief.
May her noble soul rest in eternal peace. 🙏
Om Shanti 🕊

🇳🇵
एनआरएनए एनसीसी थाइल्याण्डका अध्यक्ष श्री सञ्जय ढकाल की आमा
स्व. देवकुमारी ढकाल (उमेर ८३ वर्ष)
को निधनप्रति हार्दिक श्रद्धाञ्जली।

३ नोभेम्बर २०२५ का दिन दिउँसो ३ बजे काठमाडौंमा उपचारको क्रममा उहाँको निधन भएको हो।
शोकको यस घडीमा अध्यक्ष ढकाल र सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
उहाँको आत्माले चिरशान्ति पाओस्। 🙏
ॐ शान्तिः 🕊

📍 NRNA NCC Thailand Family

💐 हार्दिक श्रद्धाञ्जली 💐एनआरएनए एनसीसी थाइल्याण्डका अध्यक्षश्री संजय ढकालज्यूकी आदरणीय माताजीको निधन भएको दुःखद समाचारले...
04/11/2025

💐 हार्दिक श्रद्धाञ्जली 💐

एनआरएनए एनसीसी थाइल्याण्डका अध्यक्ष
श्री संजय ढकालज्यूकी आदरणीय माताजीको निधन भएको दुःखद समाचारले
हामी सम्पूर्ण एनआरएनए परिवार अत्यन्तै स्तब्ध र दुःखी भएका छौं।

उहाँको आत्माको चीर शान्तिको लागि ईश्वरसमक्ष हार्दिक प्रार्थना गर्दछौं।
शोकाकुल ढकाल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै
प्रभुबाट यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं। 🙏

अनादिनिधनो देव शंख चक्र गदाधर।
अक्षय पुण्डरीकाक्ष्य प्रेतमुक्तिप्रदो भव।।

ॐ शान्तिः शान्तिः शान्तिः ॐ

एनआरएनए एनसीसी थाइल्याण्ड परिवार तर्फबाट
हार्दिक श्रद्धाञ्जली।

26/10/2025

🇳🇵 प्रेस विज्ञप्ति

मिति: २१ अक्टोबर २०२५, मंगलबार
स्थान: बैंकक, थाईल्यान्ड

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्यान्डका अध्यक्ष श्री सञ्जय ढकाल हाल नेपाल भ्रमणमा रहेका भए पनि, संघका अन्य पदाधिकारीहरूले नेपाल दूतावास बैंककमा पुगेर देउसी–भैंलो कार्यक्रम २०२५ मा सक्रिय सहभागिता जनाएका छन्।

यस अवसरमा महिला उपाध्यक्ष श्रीमती मीना थापा लामा, महासचिव श्री सुरज भण्डारी, कोषाध्यक्ष श्री सरोज खनाल, सीआरसीसी संयोजक श्री कृष्ण खरेल, प्रवक्ता श्री अकल थापा, र युवा संयोजक श्री आयुष सापकोटा उपस्थित थिए।

प्रतिनिधि टोलीले एनआरएनए थाईल्यान्डको तर्फबाट नेपाल दूतावासलाई फलफूलको टोकरी, जुस, सेल रोटी, अचार र तरकारी हस्तान्तरण गर्दै शुभकामना आदान–प्रदान गरेको थियो। नेपालका महामहिम राजदूत श्री धनबहादुर ओलीले उपस्थित प्रतिनिधिहरूलाई स्वागत गर्दै थाईल्यान्डस्थित नेपाली समुदायले सांस्कृतिक र सामाजिक कार्यमार्फत प्रवासी नेपालीबीच एकताको सन्देश फैलाइरहेको उल्लेख गर्नुभयो।

प्रतिनिधि टोलीले त्यसै दिन त्रिनाथ देवलाय मन्दिर (सिरीपोर्ट, बैंकक) समूहद्वारा आयोजित देउसी–भैंलो कार्यक्रम पनि अवलोकन गरी नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आफ्नो ऐक्यबद्धता जनाएको थियो।

एनआरएनए थाईल्यान्डले विदेशमा रहेका नेपालीहरूबीच सांस्कृतिक सम्बन्ध सुदृढ पार्दै नेपालको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

जारीकर्ता: गैरआवासीय नेपाली संघ (एनआरएनए) थाईल्यान्ड
सम्पर्क: [email protected]

🪔 देउसी–भैंलो २०२५ — हाम्रो संस्कृति, हाम्रो गौरव 🇳🇵

NRNA NCC Thailand expresses profound sorrow and remembrance of Her Majesty Queen Sirikit, The Queen Mother
25/10/2025

NRNA NCC Thailand expresses profound sorrow and remembrance of Her Majesty Queen Sirikit, The Queen Mother

Heartfelt Condolences | हार्दिक समवेदनाMay their souls rest in peace. दिवंगत आत्माको चीरशान्तिको कामना।
09/10/2025

Heartfelt Condolences | हार्दिक समवेदना
May their souls rest in peace. दिवंगत आत्माको चीरशान्तिको कामना।

ที่อยู่

Bangkok Yai

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ NRNA NCC Thailandผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

แชร์