02/09/2026
🇳🇵 🇳🇵 हार्दिक धन्यवाद | सहयोग रकम विवरण
रसुवा लगायत नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि साथ र योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
हालसम्म संकलित सहयोग रकम NRNA ICC मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
कृपया तल प्रकाशित सूचीमा आफ्नो नाम र सहयोग रकम सही छ कि छैन जाँच गरिदिनुहोस्। कुनै विवरण छुटेको वा गलत भएमा 0734981675 मा सम्पर्क गरी सच्याउन अनुरोध गर्दछौँ।
📌 महत्त्वपूर्ण सूचना:
NRNA NCC Sweden को सहयोग संकलन अभियान बन्द गरिएको छ। अझै पनि सहयोग गर्न इच्छुक महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंक खातामा सिधै सहयोग गर्न सक्नुहुनेछ।
विपद्को यस कठिन घडीमा तपाईंहरूको सहयोग, सद्भाव र एकताले प्रभावित परिवारहरूलाई ठूलो राहत पुग्नेछ।
सहयोग गर्नुहुने सम्पूर्ण मनकारी नेपाली मनहरूमा पुनः हार्दिक धन्यवाद। 🙏
🇳🇵 सहयोग गरौँ, साथ दिऔँ।
NRNA NCC Sweden