12/09/2026
हार्दिक विदाई तथा शुभकामना !
Ijam
साउदी अरबमा आफ्नो २ वर्षे बसाइ सफलतापूर्वक सम्पन्न गरी बेलायत प्रस्थान गर्न लाग्नुभएका यस परिवारिक समाज का सदस्य श्रि चैतन्य इजाम लिम्बु ज्यू, श्रि रन्जु इजाम लिम्बु ज्यू तथा छोरी प्रिस्टिन इजाम लिम्बु ज्यू लाई हार्दिक विदाई तथा आगामी यात्राका लागि शुभकामना।
बेलायतका नागरिक भए पनि नेपाली समुदायप्रतिको उहाँहरूको माया, अपनत्व र आत्मीयता सधैं प्रशंसनीय रह्यो।
रियादमा रहँदा विभिन्न नेपाली समुदाय तथा संघ–संस्थासँग नजिक रहनुका साथै परिवारिक समाज नेपाल–साउदी अरबको एक प्रभावशाली तथा आत्मीय सदस्यका रूपमा उहाँहरूले दिनुभएको साथ र योगदान हामी सधैं सम्झिरहनेछौं।
नयाँ देश, नयाँ यात्रा र नयाँ अध्यायको सुरुवातसँगै तपाईंहरूको आगामी बेलायत बसाइ सुखद, सफल, स्वस्थ र समृद्ध रहोस्।
Goodbye is not the end, it is simply a new beginning.
Wishing you and your family a beautiful and successful journey ahead!
परिवारिक समाज नेपाल साउदी अरब ।