Batha islamic center नेपाली

Batha islamic center नेपाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Batha islamic center नेपाली, Nonprofit Organization, Riyadh.

07/05/2026
07/05/2026

हाम्रो दिलका गुप्त गुनाहहरू.......

जब हामी “गुनाह (पाप)” को कुरा गर्छौं, प्रायः हाम्रो ध्यान केवल बाहिर देखिने शारीरिक गुनाहहरूतिर जान्छ—जस्तै झूट बोल्नु, चोरी गर्नु, हराम काम गर्नु।
तर धेरैजसो हामी त्यो भन्दा पनि खतरनाक कुरा बिर्सिन्छौं… दिलका गुनाहहरू (रोगहरू) 💔

📌 जस्तै:
• शिर्क (अल्लाहसँग साझेदार ठहराउनु)
• निफाक (कपट/दोहोरापन)
• रिया (देखावा)
• हसद (डाह/इर्ष्या)
• तकब्बुर (घमण्ड)
• बदगुमानी (अरूको बारेमा नराम्रो सोच्नु)
• अल्लाहको रहमतबाट निराश हुनु

⚠️ यी गुनाहहरू धेरै पटक बाहिरी गुनाहभन्दा पनि अझ खतरनाक र ठूलो हुन्छन्।

📖 महान् आलिम **ابن القيم رَحِمَهُ اللّٰہ भन्नुभएको छ:

“दिलका फर्ज (कर्तव्यहरू) शरीरका फर्जभन्दा पनि बढी महत्वपूर्ण छन्।
तर धेरै मानिसहरूका लागि यो मानौँ दीनको फर्ज होइन, केवल राम्रो काम (नफ्ल) जस्तो लाग्छ।
तपाईं देख्नुहुन्छ—मानिस साना हराम कामबाट बच्न खोज्छ,
तर दिलका ठूला हरामहरूमा फसिसकेको हुन्छ,
जुन अझ बढी हराम र ठूलो गुनाह हो।”

📚 (إغاثة اللهفان 2/924)

🌿 त्यसैले, हामीले केवल बाहिरी अमल होइन,
आफ्नो दिललाई पनि सफा राख्नुपर्छ।

🤲 दुआ:
اللهم أصلح فساد قلوبنا وأعمالنا
“हे अल्लाह! हाम्रो दिल र हाम्रो कर्मलाई सुधारिदिनुहोस्।”

🌺 अल्लाह हामी सबैलाई सही बुझ, तौबा गर्ने तौफीक र सफा दिल प्रदान गरून्… آمین 🌺

05/05/2026

अस्सलामु आलैकुम व रहम्तुल्लाही व बर्कातुहु
आशा छ सम्पूर्ण दाजुभाइ साथिहरु आरामै हुनुहुन्छ होला यो म्यासेज सम्पूर्ण नयाँ मुस्लिम दाजुभाइ हरुको लागी हो जो रियाध या रियाध बाहिर बस्नु हुन्छ उहाको लागी
यो हप्ताको बिहीबार र शुक्रवार पढाई हुनेछ धेरै भन्दा धेरै संख्या मा उपस्थिति भै यस पढाई बाटा फाइदा उठाउन हुन् अनुरोध गर्दैछौं
पढाई हुने समय :
बिहीबार मगरिब को नामाज पछि देखी 9:00 बजे राती सम्म
शुक्रवार बिहान 9:00 बजे देखी दिउसो 2:00 बजे सम्म
खाना पिना बास बस्ने सुबिधा समेत को ब्यवस्था छ
पढाई हुने विषय हरु :
नमाज र पबित्रतको विधि
अकिदा
हदिस
फिक्कह
कुर्आन
अरबिक बोलचाल भासा
इस्लामिक सवाल जवाफ
जुमा खुतुबा अनुवाद नेपाली भासामा
(धेरै भन्दा धेरै सख्या मा तपाईंहरू उपस्थिति हुनु होला )
जजाकुमुल्लाह खैरन
स्थान : नेपाली Market को पछाडि को मस्जिद पहिलाको हाम्रो ठाउँ नेपाली बिभाग

Alhamdulillah umrah New Muslim Nepali and Indian
21/10/2025

Alhamdulillah umrah New Muslim Nepali and Indian

अल्हम्दुलिल्लाह दावाह तथा तालीम
13/09/2025

अल्हम्दुलिल्लाह दावाह तथा तालीम

New Muslim
06/08/2025

New Muslim

नयाँ मुस्लिम दाजुभाइहरुलाइ इस्लामिक तालीम दिदै Quran हदिस र जुम्माको खुतुवा तर्जुमा शुक्रबारको दिन बत्था इस्लामिक सेन्टर...
23/05/2025

नयाँ मुस्लिम दाजुभाइहरुलाइ इस्लामिक तालीम दिदै Quran हदिस र जुम्माको खुतुवा तर्जुमा शुक्रबारको दिन बत्था इस्लामिक सेन्टर नेपाली बिभागमा

08/03/2025

इफ्तारी कार्यक्रम बत्था इस्लामिक सेन्टर शैख अब्दुररब ज्यु बाटा दर्श

Address

Riyadh

Website

Alerts

Be the first to know and let us send you an email when Batha islamic center नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share